Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कसरी अघि बढ्दैछिन् सभामुख ? यस्तो छ योजना

\"\"काठमाडौं, १७ पुस । एक महिनाभन्दा बढी समयदेखि ब्यवस्थापिका संसदको बैठक चल्न नसकेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक जसरी पनि सञ्चालन गर्ने तयारी गरेकी छन् । पटक पटक दलहरुसँग द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय छलफल गरी सहमतिको पहल गरेपनि सहमति नजुटेपछि सभामुखले संसदको प्रक्रियालाई जसरी पनि अघि बढाउने योजना बनाएकी हुन् । सरकारले गत मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो । संशोधन विधेयक दर्ता भएपछि संशोधन प्रस्ताव संसदको कार्यसूचिमा राख्दै मंसिर १६ गते बैठक बोलाइएको थियो । तर नेकपा एमालेसहितका ८ विपक्षी दलले संशोधन विधेयक कार्यसूचिमै प्रवेश गर्न नदिएर संसद अवरुद्ध गराए । त्यसपछि अर्को एक दल पनि थपिएर संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी नौ दलले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । विपक्षी दलको विरोधकाबीच सहमति जुटाउन चार दिने समय दिँदै सभामुख घर्ती दुवई गएकी थिइन् । त्यसबीचमा पनि सहमति नजुटेपछि दलहरुको छलफल बोलाएर सहमतिको पहल गरेकी थिइन् । पटक पटक तीन दलको बैठक तथा संसदमा प्रतिनिधित्व गर्ने ठूला सात दलको बैठक बोलाएर सभामुखले सहमतिको प्रयास गरिन् । सहमतिमा मात्रै आफू अघि बढ्ने र प्रमुख तीन दलबीच सहमति नभई संशोधन विधेयक कार्यसूचिमै नराख्नेसमेत सभामुख घर्तीले प्रमुख तीन दलका नेतासँग प्रतिवद्धता गरेकी थिइन् । सरकारले संशोधन विधेयक फिर्ता नलिने र विपक्षी दलले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्नै नदिने विपक्षीको अडानपछि पछिल्लो पटक सभामुख घर्ती विहीबार तीन दिनमा सहमति जुटाउन दलहरुलाई अल्टिमेटम दिएकी छन् । सभामुखले दिएको अल्टिमेटम आइतबार सकिँदैछ । तीन दिने अल्टिमेटममा पनि सहमति नजुटे सोमबार पटक पटक वैठक बोलाउने र त्यसपछिको बैठकमा विरोधका बाबजुद प्रक्रिया अघि बढाउने सभामुखको योजना छ । निर्वाचनको मिति घोषणा गर्ने गरी प्रमुख तीन दलबीच सहमति भएपछि मधेसी मोर्चाले स्वीकार नगर्ने बताएपछि मधेसी मोर्चासँग सरकारले संशोधन टेवल गर्ने र निर्वाचन घोषणा गर्ने सहमति गरेको छ । तर संशोधन प्रस्ताव टेवल हुनै नदिने एमालेको अडानले दलहरुबीच संसदमा मुठभेड हुन सक्ने संकेत देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending