Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कसरी अघि बढ्दैछिन् सभामुख ? यस्तो छ योजना

\"\"काठमाडौं, १७ पुस । एक महिनाभन्दा बढी समयदेखि ब्यवस्थापिका संसदको बैठक चल्न नसकेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक जसरी पनि सञ्चालन गर्ने तयारी गरेकी छन् । पटक पटक दलहरुसँग द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय छलफल गरी सहमतिको पहल गरेपनि सहमति नजुटेपछि सभामुखले संसदको प्रक्रियालाई जसरी पनि अघि बढाउने योजना बनाएकी हुन् । सरकारले गत मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो । संशोधन विधेयक दर्ता भएपछि संशोधन प्रस्ताव संसदको कार्यसूचिमा राख्दै मंसिर १६ गते बैठक बोलाइएको थियो । तर नेकपा एमालेसहितका ८ विपक्षी दलले संशोधन विधेयक कार्यसूचिमै प्रवेश गर्न नदिएर संसद अवरुद्ध गराए । त्यसपछि अर्को एक दल पनि थपिएर संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी नौ दलले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । विपक्षी दलको विरोधकाबीच सहमति जुटाउन चार दिने समय दिँदै सभामुख घर्ती दुवई गएकी थिइन् । त्यसबीचमा पनि सहमति नजुटेपछि दलहरुको छलफल बोलाएर सहमतिको पहल गरेकी थिइन् । पटक पटक तीन दलको बैठक तथा संसदमा प्रतिनिधित्व गर्ने ठूला सात दलको बैठक बोलाएर सभामुखले सहमतिको प्रयास गरिन् । सहमतिमा मात्रै आफू अघि बढ्ने र प्रमुख तीन दलबीच सहमति नभई संशोधन विधेयक कार्यसूचिमै नराख्नेसमेत सभामुख घर्तीले प्रमुख तीन दलका नेतासँग प्रतिवद्धता गरेकी थिइन् । सरकारले संशोधन विधेयक फिर्ता नलिने र विपक्षी दलले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्नै नदिने विपक्षीको अडानपछि पछिल्लो पटक सभामुख घर्ती विहीबार तीन दिनमा सहमति जुटाउन दलहरुलाई अल्टिमेटम दिएकी छन् । सभामुखले दिएको अल्टिमेटम आइतबार सकिँदैछ । तीन दिने अल्टिमेटममा पनि सहमति नजुटे सोमबार पटक पटक वैठक बोलाउने र त्यसपछिको बैठकमा विरोधका बाबजुद प्रक्रिया अघि बढाउने सभामुखको योजना छ । निर्वाचनको मिति घोषणा गर्ने गरी प्रमुख तीन दलबीच सहमति भएपछि मधेसी मोर्चाले स्वीकार नगर्ने बताएपछि मधेसी मोर्चासँग सरकारले संशोधन टेवल गर्ने र निर्वाचन घोषणा गर्ने सहमति गरेको छ । तर संशोधन प्रस्ताव टेवल हुनै नदिने एमालेको अडानले दलहरुबीच संसदमा मुठभेड हुन सक्ने संकेत देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: