Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दुई कम्युनिष्ट पार्टीबीच एकताको घोषणा

\"\" काठमाडौं, १७ पुस । नेकपा (माओवादी क्रान्तिकारी) ले कुनै अस्तित्वमा नरहेको कम्युनिस्ट न्युक्लियस नेपालसँग आइतबार पार्टी एकताको घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा आइतबार पार्टी एकता घोषणा कार्यक्रम गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माअोवादी)का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरेका छन् । तत्कालिन एनेकपा माओवादीबाट कारबाहीमा परेपछि कम्युनिष्ट न्युक्लियस पार्टी बनाएका हेमन्तप्रकाश ओली सुदर्शन विप्लव माओवादीमा ध्रुवीकृत भएपछि न्याैपानेले न्यूक्लियसको नेतृत्व गर्दै आएका थिए । पार्टी एकता घोषणा कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिस्ट शक्तिको एकताको खाँचो औँल्याए । उनले मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए । क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल प्रतिकले मुलुक प्रतिगमनको दिशातिर गइरहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाए । यस्तै, क्रान्तिकारी माओवादीका अर्का परि थापाले विभिन्न वामपन्थी पार्टीका शीर्ष नेतृत्वमा कम्युनिस्ट सिद्धान्तप्रति विचलन आएकाले जनतामा कम्युनिस्ट आदर्श र विचारप्रति भ्रम सिर्जना हुँदै बताए । कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नका लागि आफूहरु एकतामा आएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending