Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

यस्तो छ पुरोहित परियारको धार्मिक दैनिकी

मोरङ, १७ पुस । परमहंस स्वामी निखिलेश्वरानन्दबाट २०५२ सालमा गायत्री मन्त्रको दीक्षा लिएपछि यज्ञोपवीत धारण गर्न थालेका धराने ठूल्दाइ अर्थात् रामबहादुर परियारको दिनचर्या नै फेरिएको छ। उनी जातले दर्जी हुन् र पुरोहितले चिनिन्छन्। मोरङ रमाइलोका परियारलाई अचेल निमेष भर फुर्सद छैन। परम्परागत पेसा चलाउनैपर्यो । कर्मकाण्डमा परियारको जतिको दख्खल झापा, मोरङ र सुनसरीमा अरू एक दुई जना मात्रै छन्। गुरु परियारसँग सीप मात्र होइन शैक्षिक ज्ञान पनि छ। उनले २०२८ सालमा धरानको पिण्डेश्वर क्याम्पसबाट पूर्वमध्यमासम्मको अध्ययन गरे। उसबेलाको छुवाछूतवादी हिन्दू संस्कारमा मुस्किलले संस्कृत अध्ययन गरेका परियार आफ्नो अध्ययनको श्रेय सुधारवादी पं छविलाल पोख्रेललाई दिन्छन्। त्यस युगमा दमाईँका छोरालाई ब्राह्मणसँगै राखेर संस्कृतको कौमुदी व्याकरण पढाउने छविलाल गुरु तथा उनका समकक्षी टीकाप्रसाद बस्ती र नारायणप्रसाद कट्टेलको परियार मुक्तकण्ठले प्रशंसा गर्छन्। विसं २०३० देखि कर्मकाण्ड र सिलाइको काम गर्दै आएका ५६ वर्षीय परियार हिन्दू धर्मका कुनै पनि उपनिषद्, पुराण, उपपुराण र मनुस्मृतिमा जातीय विभेद नभएको बताउँछन्। आदिकालमा छुवाछूत नभएको र मानिसले धेरैपछि चलाएको छुवाछूतको चलन अशिक्षा र गरिबीसँग जोडिएको परियारको भनाइ छ। मान्छेसँग खाने अन्न र घर चलाउने प्रशस्त पैसा नभएसम्म छुवाछूत र जातिवाद रहन्छ। आरक्षणका पक्षपाती परियार भन्छन्–दलितलाई समृद्ध बनाउनका लागि आरक्षण आवश्यक छ। दलितलाई पैसा होइन, सीप र शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्छ। शिक्षा सबैको पहँचमा नपुगेसम्म छुवाछूत रहिरहने परियारको धारणा छ। झट्ट देख्ने कसैले पनि परियारलाई दर्जी भन्दैनन्। काँधमा सेतो जनै र घाँटीमा रुद्राक्ष माला धारण गर्ने परियारको नित्यकर्म पनि कुनै नियमी पण्डितको भन्दा कम छैन। दैनिक स्नान, पूजापाठ, गीता पाठ, गायत्री जप गर्दै आएका परियार धूमपान र मद्यपान गर्दैनन्, न त माछामासु नै खान्छन्। तान्त्रिक योगाभ्यासमा पनि उनी पोख्त छन्। उनी भन्छन्–तान्त्रिक योग अभ्यासबाट धेरै रोग निको हुन्छन्। निखिलेश्वरानन्द स्वामीका अनुयायी परियारले मोरङको बयरवनमा कैलाशेश्वर वृद्धाश्रम सेवा समिति खडा गरे। हाल सो समितिका सदस्य परियार भन्छन्–संस्था दर्ता भइसकेको छ। वृद्धाश्रम निर्माणको काम धमाधम भइरहेको छ। सिद्धाश्रम संस्थाको विशिष्ट सल्लाहकार, सनातन धर्म सेवा समिति बयरवनका उपाध्यक्ष र नेपाली काँग्रेस क्षेत्र नं २ मोरङका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी सम्हाल्न पनि मैले भ्याएको छु । ईश्वरले तिमी आँट म पुर्याइदिन्छु भन्छन् रे, अहिलेसम्म त्यस्तै भएको छ। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending