Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

तातोपानीमा समाजवादी लेखन सम्बन्धी प्रशिक्षण

\"\" काठमाडौं, १७ पुस । अखिल नेपाल लेखक संघ केन्द्रीय समितिको आयोजनामा सिन्धुपाल्चोकको तातोपानीमा दुईदिने समाजवादी लेखन विषयक गोष्ठी सम्पन्न भएको छ। पुस १५ र १६ गते दुईदिनसम्म चलेको गोष्ठीमा काठमाडौंबाट गएका प्रशिक्षकहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए। जसमा ‘नेपालको सन्दर्भमा समाजवादी लेखन’सम्बन्धमा साहित्यकार आहुतिले प्रस्तुति दिएका थिए भने ‘साहित्यका विविध धारा र समाजवादी यथार्थवाद’सम्बन्धमा प्रा.डा. ताराकान्त पाण्डेयले प्रशिक्षण दिएका थिए। विभिन्न जिल्लाका करिब ५० जना कवि तथा लेखकहरुको उपस्थिति रहेको गोष्ठीमा ‘आजको काव्य लेखन’सम्बन्धमा प्रा. रमेशप्रसाद भट्टराई र उप प्रा.विष्णु ज्ञवालीले संयुक्त रुपमा प्रशिक्षण दिएका थिए। त्यसैगरी ‘आजको आख्यान लेखन’विषयमा उप प्रा.डा. धनप्रसाद सुवेदीले प्रशिक्षण दिएका थिए। प्रशिक्षण दिँदै साहित्यकार आहुतिले अबको लेखन समाजवादी लेखन हुनुपर्नेमा जोड दिए। उनले नेपाल पाँच महा सभ्यताको संगमस्थल भएकाले ती सभ्यताहरुले विकास गरेका कला साहित्यलाई समान ढंगले विकास गर्नुपर्ने बताए। प्रशिक्षणका क्रममा उनले साहित्यमा पहिचानको मुद्धालाई कला साहित्यका विषय बनाउनु पर्नेमा जोड दिँदै प्रकृति र पर्यावरणसम्बन्धमा पनि कविहरुले सिर्जना गर्नुपर्नेमा जोड दिए। समाजवादी यथार्थवादसम्बन्धमा प्रशिक्षण दिँदै प्रा.डा. ताराकान्त पाण्डेयले समाजवादी यर्थाथवादी साहित्यले मात्र श्रमजीवी वर्गको हित गर्ने बताए। सन् १९३४ मा रसियन क्रान्तिको सन्दर्भमा म्याक्सिम गोर्कीले विकास गरेको समाजवादी यथार्थवाद आजपनि उत्तिकै सान्र्दभिक भएको उल्लेख गर्दै नयाँ मान्छे निर्माणमा समाजवादी यथार्थवादी साहित्य कलाले भूमिका खेल्नुपर्ने बताए। प्रशिक्षण दिँदै प्रा. रमेश भट्टराईले प्रगतिवादी साहित्यकारहरुले स्वैरकल्पनालाई नकार्न नमिल्ने बताए। तर यथार्थबाट विमुख स्वैरकल्पनाले समाजको हित नगर्ने उनले बताए। त्यस्तै उप.प्रा.डा.धनप्रसाद सुवेदीले उपन्यास इतिहासको कलात्मक दस्तावेज भएको भन्दै इतिहासलाई उदात्तिकरण गर्नुपर्नेमा जोड दिए। उप प्रा.डा. सुवेदीले साहित्यले समाजमा भएका समस्याहरुको उचित सम्बोधन नगरेको तर्फ संकेत गर्दै उनले भने, ‘कणार्लीको दुःख साहित्यकारहरुले बेचिरहेका छन्। थारु महिलाको दुःख साहित्यकारहरुले बेचिरहेका छन्। तिमीहरु आत्महत्या गर्नमात्र लायक छौ भनिरहेका छन्। यसले समाजको वास्तविक चित्रण हुँदैन र यसले समाजको हित पनि गर्दैन।’ आजको काव्य लेखन विषयमा प्रशिक्षण दिँदै उप प्रा. विष्णु ज्ञवालीले २०६५ सालपछि काव्य लेखनमा ३ वटा धाराको विकास भएको बताए। जसमा पुरातनपन्थी धारा, संशोधनवादी धारा र प्रगतिवादी धारा साहित्यका देखिएको उनले भने।  साथै उनले आजको काव्य लेखनमा प्रतिक कमजोर र बिम्ब शक्तिशाली भएर आएको बताए। कार्यक्रममा सहभागी कवि रावतले प्रतिक्षण कार्यक्रमले साहित्य लेखनमा निकै सहयोग पुग्ने बताए। त्यस्तै अर्का सहभागी कवि स्वप्निल स्मृतिले प्रशिक्षण कार्यक्रम निकै राम्रो भएको प्रतिक्रिया दिए। आयोजक समितिका अध्यक्ष कवि तथा आख्यानकार विष्णु भण्डारीले प्रगतिवादी साहित्यको विकासका लागि सो कार्यक्रमको आयोजना गरिएको बताए। उनले आगामी दिनहरुमा समेत सोही प्रकृतिका कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending