Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

एमाले–माओवादी सहमति : मंसिरभित्र तीनवटै चुनाव

\"\"काठमाडौं, १८ पुस । सत्ता घटक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले नेताबीच मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ । नयाँ बानेश्वरको एक निजी घरमा दुवै दलका दोस्रो तहका नेताबीच आइतबार राति ९ बजेसम्म बसेको बैठकले उक्त सहमति गरेको हो । आजको कान्तिपुरमा खबर छ– संविधान संशोधन प्रस्तावको विषयलाई लिएर अवरुद्ध संसद खुलाउन र विधेयक अघि बढाउने उपाय खोजी गर्न पर्याप्त लचकता अपनाउनेबारे शीर्ष नेतृत्वसँग एकपल्ट फेरि कुरा गर्ने उनीहरुले निर्णय गरेका छन् । सोमबार बिहान १० बजे प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा फेरि बैठक बस्ने समेत सोही छलफल क्रममा टुंगो लागेको छ । ‘संसद अवरोध कसरी खुलाउन सकिन्छ भन्नेबारे घनीभूत कुराकानी भयो, तत्कालै कुनै टुंगोमा नपुगे पनि अब संविधान कार्यान्वयनका लागि अर्को वर्ष माघ अगाडि नै चुनाव गर्नेमा दुई दलबीच अलमल छैन,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘समयको चापलाई व्यवस्थापन गर्न मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ ।’ सहभागी अर्का नेताले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्ताव, पछिल्लो अवधि बढ्दै गएको ‘दक्षिणपन्थी चलखेल’ लगायत विषयमा लामै कुराकानी भएको सुनाए । एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी पक्षसँग सकारात्मक कोणबाट छलफल भएको भन्दै निर्वाचनमा जाने समझदारी भएको पुष्टि गरे । तत्कालै संसद खोल्नेबारे भने शीर्ष तहमै कुराकानी आवश्यक रहेको उनको भनाई थियो । ‘हामीले यो बीचमा कहाँनेर कमजोरी भयो भनेर समीक्षा गर्‍यौं, संविधान संशोधन प्रस्तावमा रहेका समस्याबारे पनि खुलेरै कुराकानी भयो,’ उनले भने, ‘तर निर्वाचनमा जानेबारे कुनै अलमल छैन ।’आइतबार बिहान माइतीघरस्थित माओवादीका एक शुभेच्छुकको घरमा प्रधानमन्त्री दाहाल र नेता श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसँग दुई घण्टा लामो कुराकानी गरेका थिए । उक्त भेटमा गत्यावरोध खुलाउन सकिने सम्भावनाको बारेमा थुप्रै कोणबाट कुराकानी भएको उच्च स्रोतले खुलायो ।‘संशोधन विधेयक र निर्वाचन विधेयकजस्ता विषय अब कसरी हल गर्ने भन्नेमा दुई शीर्ष नेताले जमेरै छलफल गर्नुभयो,’ ती नेताले भने, ‘कुनै सकारात्मक नतीजा निस्कन सक्छ । भोलि बिहानसम्म कुरौं ।’ आइतबार रातिको गोप्य बैठकमा ओलीनिकट मानिने एमाले नेताहरु विष्णु पौडेल, ज्ञवाली र शंकर पोखरेल सहभागी थिए । माओवादी केन्द्रबाट श्रेष्ठसहित शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सहभागी थिए । माओवादीबाट श्रेष्ठ र एमालेबाट ज्ञवालीले दुईपक्षीय वार्तालाई पछिल्ला दुई सातायता तीव्रता दिएका हुन् । सोमबार संसदमा संविधान संशोधन विधेयक पेश हुने चर्चा चल्दै गर्दा दुई विपरीत ध्रुवमा उभिएका सत्ता प्रतिपक्षीको एकै दिन दुईपल्ट भएका गोप्य छलफलहरुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy