Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

दक्षिण एसियाकै अग्लो झरनाको अस्तित्व संकटमा

[caption id=\"attachment_110594\" align=\"alignleft\" width=\"560\"] ह्यात्रुङ झरना[/caption] तेह्रथुम, १८ पुस । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरनामा पानीको मात्रा निकै कम हुन्छ । झरनाको आसपासमा भएको पानी पनि स्थानीयवासीले अलैँची बगान तथा खेतबारी सिँचाइका लागि कुलोमा लगेका छन् । झरनाको शिरबाट सडक निर्माण भएपछि झरनामा पानी सुक्दै गएको स्थानीयवासी बताउँछन् । झरनाको करिब चार किलोमिटर माथिबाट म्याङलुङ–सक्रान्ति सडक निर्माण भएको छ । गतवर्ष झरनासम्म पुग्न सडक सुविधाका लागि ट्र्याक खोलिएको थियो । झरनासम्म पुग्न सकिने गोरेटो बाटोको समेत मर्मतसम्भार हुन सकेको छैन । झरना झरेको खोल्सीमा आधा मात्रै झरना देखिन्छ, बाँकी झाडी र रुख बुट्यानले छोपेको छ । झरनामाथिबाट सडक खनिएपछि सुक्दै गएको मुहानको समेत संरक्षण गरिएको छैन । पछिल्लो वर्ष स्थानीयवासीको मागबमोजिम जिल्ला विकास समितिको बजेटले झरना नियाल्न सकिने पुल निर्माण गरिएको छ । तर झरनामा पानी नै सुक्न थालेपछि हेर्न आउने आगन्तुक निराश भएर फर्कने गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारीस्तरबाट संरक्षण र प्रचारप्रसारमा ध्यान नहुँदा झरना ओझेलमा परेको स्थानीय बासिन्दाको गुनासो छ । तेह्रथुमका इसिवु र सम्दु गाविसको सीमा क्षेत्रमा अवस्थित ३६५ मिटर अग्लो स्थानबाट झरेको मनोरम यो झरना दक्षिण एसियाकै सबैभन्दा अग्लो झरना हो । निजी तथा सरकारीस्तरबाट समेत कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको झरना ओझेलमा परेको स्थानीयवासी नवीन चोङवाङले बताए । प्राकृतिक रुपमा बनेको यो झरनामा प्रत्येक दिनजसो सप्तरङ्गी इन्द्रेणीको दृश्य देखिन्छ । मौसम सफा रहेको र पारिलो घाम लागेको समयमा अग्लो स्थानबाट झरेको झरनामा लागेको इन्द्रेणीको दृष्य अझ मनोरम देखिने स्थानीय इसिबु उच्च माविका प्रधानाध्यापक रामप्रसाद तिमिल्सिनाले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: