Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

नयाँ रणनीति बनाउन एमाले नेताहरु बालकोटमा

\"\"काठमाडौं, १९ पुस । संविधान संशोधन विधेयकबारेमा सर्वोच्चको आदेशपछि नयाँ रणनीति बनाउन एमाले नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा जम्मा भएका छन् । सर्वोच्चको आदेशपछि संसदमा अब कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्नका लागि अध्यक्ष ओलीले स्थायी समितिको बैठक बोलाएका हुन् । संविधान संशोधनबारे सर्वोच्चमा रिट परेकाले त्यसको फैसलापछि मात्रै संशोधन अघि बढाउनुपर्ने तर्क गर्दै आएको एमालेले सर्वोच्चले संविधान संशोधनको अधिकार संसदमै भएको भन्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने सुनाएपछि एमाले नयाँ रणनीति बनाउन कस्सिएको हो । एक महिनाभन्दा बढी समयदेखि संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी समितिको मंगलबार विहानदेखि ओली निवास बालकोटमा बसिरहेको छ । सर्वोच्च अदालतले संशोधन विधेयक सम्बन्धमा व्यवस्थापिका संसदमा छलफल गर्न बाटो खुला गरेपनि एमाले नेताहरुले भने सीमांकनको संशोधन गर्न नहुने सर्वोच्चको आदेशले स्पष्ट गरेकाले विधेयक टेबुल गर्नु र नगर्नुको तुक नभएको तर्क गरेका छन् । संविधान संशोधन राष्ट्रहितविरुद्व भएको भन्दै आन्दोलन गर्दै आएको एमालेलाई सर्वोच्चको निर्णयपछि प्रदेशबाहेक अन्य विषयमा संशोधनका लागि संसदमै छलफल गर्न थप दबाब परेको छ । संशोधनमा प्रस्तावित ५ नम्बर प्रदेशको सिमांकनबाहेकको अन्य प्रस्तावहरुका सम्बन्धमा के गर्ने र संसदको जारी अवरोधबारे के गर्ने भन्नेबारेमा एमाले स्थायी समितिले आफ्नो धारणा तय गर्नेछ । सरकारले अदालतको आदेश कार्यान्वयन गरेमा संसदको अवरोध हटाउने निर्णय गरिने एमालेका एक नेताले बताए । अदालतको आदेशअनुसार सीमांकन सम्बन्धि संशोधनको बुँदा हटाएर विधेयक पेश गरिएमा सदनको अवरोध हटाएर छलफल गर्न एमाले तयार रहने ती नेताले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: