Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

शिशु जन्मिएपछि कति दिनपछि यौनसम्पर्क गर्ने ?

\"\"शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित हुन्छ भन्छन्।
विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो।
त्यसैले पति-पत्नीले आफ्ना मनमा भएका दुःख तथा अप्ठयाराहरूलाई खुलस्त रूपमा एक-अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरेर समाधान खोज्नुपर्छ। यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा त्यसका लागि दुवैले केही समय निकाल्नुपर्छ। कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन्। तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन।
के-कस्ता कुराले यौन क्रियाकलाप सहज बनाउन सहयोग गर्ला ? सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन्। योनि सुख्खा भएको अनुभव छ भने, प्-थ् वभििथ वा अन्य कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ। केगेल कसरत लाभदायक हुन्छ। यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ। यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन। कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ। स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सक्नुहुन्छ। असजिलो भएमा बन्द गर्ने, राति नै वा बेस्सरी थाकेको बेला यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन।
थकान पक्कै यौन क्रियाकलापमा संलग्न हुन वाधक हुनसक्छ। राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ। थाक्नुभन्दा पहिले नै शिशु सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ। नवजात शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ। हल्का र थोरै तर पटक-पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ। शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गर्दा पनि सहयोग नै पुग्छ। यस्तो अवस्थामा पोषणमा विशेष ध्यान पुर्‍याउनुपर्छ।
के गर्भ रहला ? शिशुलाई स्तनपान नगराउने धेरैजसो महिला शिशु जन्मिएको यस्तै ४ देखि ६ हप्तामा महिनावारी र्फकन सक्छन्, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ। त्यसपछिका महिनावारीमा ढिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शूक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना बढ्छ। शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ।
तर अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ। मुख्य कुरा के भने, गर्भको भयका कारण यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना अहिले छैन। गर्भावस्थादेखि नै आफ्नो परिवारको योजना गर्न सकिए सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ। स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई -डिपो) प्रयोग गर्न सकिन्छ। कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने भयो। 
साप्ताहिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending