Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

अघि बढ्यो कोटेश्वर–कलङ्की सडक निर्माण

\"\" ललितपुर, १९ पुस । केही समयदेखि सुस्त रहेको कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण कार्य एक वर्षभित्रमै सकिने गरी काम अगाडी बढाएको छ । बाँकी पाँच दशमलव ३९ किलोमिटर सडक अबको दुई वर्ष भित्रमा सम्पन्न हुने लक्ष्य योजना लिएको छ । सडक निर्माणको काम निरन्तर भइरहेको छ, योजनामा कार्यरत इन्जिनियर रमेश दृष्टिले भने, “सडकमा रहेका बिजुलीका पोल, ढल हटाउने लगायतका काम सकिएकाले अब अवरोध कम देखिएका छन् ।” कलङ्की चोकबाट खसीबजारसम्म निर्माण हुन लागेको ‘अन्डर पास’ निर्माणको कामसमेत यही वर्ष सकिनेछ । यो वर्ष कोटेश्वरबाट एकान्तकुनासम्म सडक पक्की हुनेछ । अर्काे वर्षमा एकान्तकुनाबाट कलङ्कीसम्मको सडकको निर्माण सकिनेछ । कोटेश्वर–एकान्तकुना सडकमा माटो परिवर्तनको काम भइरहेको उनको भनार्इ छ । बालकुमारी लगायतका स्थानमा गत वर्ष माटोको जाँच गर्दा त्यहाँ रहेको माटोमा भारवाहन क्षमता कम पाइएको थियो, उनले भने, “चिनिँया कम्पनीले जगदेखि नै बलियो बनाउनका लागि गुणस्तरीय माटो हालिरहेका छन् ।” निर्माणाधीन सडक चौडा बनाउने काम गत वर्ष नै सकिएको हो । त्यसपछि सडक छेउमा पर्खाल लगाउने, पुलको निर्माणलगायत पूर्वाधार विकासको काम भइरहेको छ, इन्जिनियर दृष्टिले भने – कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारी गरेर चार स्थानमा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माणका क्रममा खानेपानी, विद्युत् पोल, ढल, टेलिफोनका पोल लगायत सार्नुपर्ने उनले भने । यी निकायले समयमा काम गर्दा मात्रै सडकको काम अघि बढ्न सक्छ । योजनाले प्रत्येक साता सरोकार भएका निकायसँग समन्वयका लागि बैठक गर्दै आएको छ । अधिकांश ठाउँमा बिजुलीका पोल हटिसकेका छन् । बाँकी भएका ठाउँमा समेत विद्युत् प्राधिकरणसँग कुरा भइरहेको छ । “एक वर्षयता दूरसञ्चार सँगको सहकार्यमा काम भइरहेकाले पनि समस्या छैन ।” ढलको काम धेरै निकायबाट हुने भएकाले कुनसँग समन्वय गरेर काम गर्ने समस्या रहेको इन्जिनियर दृष्टिले बताए । आठ लेनमध्ये चार लेन मुख्य सडक र चार लेन (मुख्य लेनको दुवैतिर दुई÷दुई लेन) सहायक लेन हुनेछ । सहायक लेनमा प्रवेश गर्नका लागि ‘सर्भिस ट्र्याक’ बनाउने प्रयास भइरहेको बताउँदै उहाँले सर्भिस ट्र्याक बनेमा सडक छिमेकी (सडकसँगैका घरधनी)ले पहिले सर्भिस ट्र्याकमा निस्कनुपर्छ । चोकमा पुगेपछि मात्रै उनीहरुले सहायक वा मुख्य सडकमा प्रवेश गर्न पाउँछन् । चिनिँया सहयोगमा निर्माणाधीन यो सडक प्रयोगमा आउँदा काठमाडौँमा देखिएको सडक जाम समस्यामा कमि आउने विश्वास योजनाको छ । नेपालमा पहिलोपटक आठ लेन र अन्डर पास निर्माण हुन लागेको हो । सन् २०१८ सम्म सम्पन्न हुने सडकको कुल लागत तीन सय १२ मिलियन युयान रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending