Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

श्रीपेच त कुच्चिएछ सरकार

\"\"काठमाडौं, २० पुस । राणाहरुको दृष्टान्त पेश गर्दै ज्ञानेन्द्र शाहले ‘राजा’ को रुपमा नारायणहिटीबाट बहिर्गमनपूर्व आफ्नो वंशले पहिरिएको श्रीपेच साथमा लैजाने इच्छा व्यक्त गरेका थिए । तर, तत्कालिन सरकारले उनको इच्छा पूरा गरेन । अहिले ज्ञानेन्द्रलाई लैजान नदिइएको त्यही श्रीपेचको कथा सुन्यो भने इतिहास र सम्पदालाई माया गर्नेहरु धुरुधुरु रुनेछन् । जनआस्था साप्ताहिकमा खबर छ– शाहवंशीय श्रीपेचलाई बुलेटप्रुफ सिसाभित्र हालेर प्रदर्शन गर्ने गरी ०६९ सालमै एउटा प्रतिवेदन पेश भएको थियो । राजदरबारबाट ‘दरबार संग्रहालय’मा परिणत भएपछि संस्कृति मन्त्रालयका सहसचिव नारायण रेग्मीसहित त्यहाँका प्रमुखको रुपमा काम गरेका लेखबहादुर कार्कीहरुले तत्कालिन सचिव सुशील घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनअनुसार सार्वजनिक प्रदर्शनीको व्यवस्था मिलाउनुको सट्टा चरम लापरवाही गरिँदा श्रीपेच हेर्नै नुहने हालतमा पुगेको हो । ०६९ भदौमा रुपन्देही र सुर्खेत कक्षका झ्यालको पुरानो सिसा विस्थापित गरी बुलेटप्रुफ सिसा जडान गरेर श्रीपेच राखिएको थियो । तर, अहिले त्यो त्यहीँको सैलुनमा छ । ज्ञानेन्द्रले दरबार छाड्नासाथ सेनाको एउटा टुकुडीले पहरा दिएर श्रीपेच सुरक्षित राखेको थियो । सैनिक पहरा त अहिले पनि छ, तर सेनाका तीन जवानमात्र खटिएका छन् । उक्त श्रीपेचमा सात सय ५० वटा हिराका टुक्रा छन् । टायरामा दुई हजार सात सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने कल्की बर्ड अफ प्याराडाइज नामको चराको पुच्छर हो, जुन संसारमै दुर्लभ मानिन्छ । कल्कीबाहेकका भागमा हीरा मोती, मणिक, नवरत्न, सुन जडित छन् । राजदण्ड र चमरमा पनि सुनजडित छन् । त्यसमा चाँदीको मात्रा बढी रहेको बताइन्छ । श्रीपेचलाई एक विशेष किसिमको तेल लगाएर नियमित रुपमा सफा गरेन भने चमक घट्दै जान्छ । सरकारले सुरक्षा त दिएको छ, तर सरसफाई भएको छैन । त्यसमाथि अहिले नारायणहिटी संग्रालय प्रमुखको जिम्मेवारीमा रहेका रोहित ढुंगानाले बताएअनुसार गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त भएको श्रीपेच पुनः निर्माणको बजेट अहिलेसम्म सरकारले निकासा गरेको छैन । कति र कस्तो क्षति भएको हो ? यसबारे ढुंगानाले केही बताएनन् । अचम्मको कुरा त के भने, हजार डिग्री तापक्रमले पनि नबिगार्ने डिजिटल पासवर्ड प्रणालीको अत्याधुनिक दराजमा राखिएको उक्त श्रीपेचमाथि भूकम्पले क्षति पु¥यायो कसरी ? वा, ०६९ सालमै त्यति जतन गरेर राखिएको श्रीपेच पछि किन त्यस्तो भवनमा सारियो ? यसको जवाफ दिने अधिकारी भेटिएनन् । नारायणहिटी स्रोत भन्छ, भूकम्पले सैलुनको छाना थिचिँदा श्रीपेच कुच्चिएको छ । त्यसमा रहेका केही मोति दाना चुँडिएका छन् । थाहा छैन, त्यसमा जडित सुन पहिलाकै नम्बरी छ कि, त्यसमा कुनै बदमासी भइसक्यो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending