Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

पुन:निर्माण प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवाली बर्खास्त

\"\"काठमाडौं, २१ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको हो। ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले गत हप्ता उनीसँग स्पष्टीकरण सोधेको थियो। ज्ञवालीले बुधबार १२ पृष्ठ स्पष्टीकरण बुझाउँदै आफूले काम गरेको तर अन्य मन्त्रालयको असहयोगका कारण पुनर्निर्माण ढिलाइ भएको बताएका थिए। ज्ञवालीले आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै सरकाले स्पष्टीकरण सोध्न आधार नै नभएको दाबी गरेका थिए । पुनर्निर्माणको काममा सन्तोषजनक नगरेको र सरकारलाई नै असहयोग गरेको भन्दै उनलाई बर्खास्त गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएलगत्तै ४५ दिनभित्र भूकम्प पीडितलाई पहिलो किस्ता उपलब्ध गराउने बताएका थिए । तर अपेक्षाकृत काम नभएपछि प्रचण्ड सीईओ ज्ञवालीप्रति सन्तुष्ट थिएनन् । ज्ञवालीलाई हटाउनकै लागि सरकारले उनको कामप्रति असन्तुष्टी जनाउँदै केही दिनअघि लिखित स्पष्टीकरणमा मागेको थियो । सरकारले स्पष्टीकरण माग्नु नै हटाउने प्रक्रियाअनुसार कै योजना भएको अड्कल भइसकेको थियो । सीईओलाई हटाउनका लागि स्पष्टिकरण लिनुपर्ने प्राधिकरण ऐनमै उल्लेख भएकाले स्पष्टीकरण माथिएको थियो । विकल्पका रुपमा काँग्रेसले यसअघिकै सिइओ गोविन्दराज पोखरेलको नाम अनौपचारिक छलफलहरुमा प्रस्ताव गरेको थियो । पुनर्निर्माण प्राधिकरण ऐन–०७२, को ११ औं दफादामा प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था गरिएको छ । सो दफाको उपदफा (३) अनुसार सीईओको अवधि ५ वर्षको हुनेछ । आवश्यक पर्दा अरु १ वर्ष थप गर्न सक्ने व्यवस्था पनि छ । तर उपदफा (४) अनुसार कार्यकारी अधिकृतको काममा सन्तुष्ट हुन नसक्दा प्रधानमन्त्रीले जुनसुकै बेला पनि हटाउन सक्ने व्यवस्था छ । सिइओलाई सिधै हटाउँदा उक्त विषय सर्वोच्च अदालतमा जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै ज्ञवालीलाई काजमा प्रधानमन्त्रीको कार्यालय वा अन्त कतै तान्न सकिने बारेमा पनि सत्ता साझेदार दलका केही नेताहरुबीच छलफलसमेत भएको थियो । २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले १४ वटा जिल्लामा ठूलो क्षति पुर्याएपछि बढी प्रभावित ती जिल्लामा सरकारले राहत तथा पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण बनाएको थियो । प्रमुख राजनीतिक दलहरुबीच सहमति नजुट्दा भने २०७२ साउन २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेका थिए । तर उनले कानुनको अभावमा सक्रियतापूर्वक काम गर्न भने पाएनन् । केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले ०७२ पुस १० गते सुशील ज्ञवालीलाई नयाँ सीईओमा नियुक्त गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending