Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

डेढ लाख कार्यकर्ता उतार्ने यस्तो छ एमालेको तयारी

काठमाण्डौं, २१ पुस । प्रमुख प्रतिपक्ष नेकपा एमाले सहितका ९ राजनीतिक दलको आयोजनामा भोली काठमाण्डौंमा हुने शक्ति प्रदर्शनको तयारी तिब्र पारेको छ । भोलिको जनप्रदर्शनलाई व्यवस्थित गर्न पाँच सय स्वयम्सेवक परिचालन गरिने बताईएको छ । उनीहरुले डेढ लाख जनता उतारेर संशोधन प्रस्ताव फेल गराउनको निम्ति शक्ति प्रर्दशन गर्दैछन् । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा बिरोध गर्दै आएका प्रतिपक्षि दल एमालेलगायतले भोली खुल्लामञ्चमा शक्ति प्रर्दशन गर्दैछन् । बिहान एमाले पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष बामदेब गौतमले स्वयम्सेवकका लागि निर्देशन दिदैं भने ‘अनुशासित र चनाखो भएर काम गर्नुस् । अभद्र तथा उश्रृखल गतिविधिहरूमाथि निगरानी पनि राख्नुस् ।’ भोलीको जनप्रदर्शनलाई सभ्य र भव्य बनाउन स्वयमसेबकहरुलाई गौतमले आग्रह पनि गरेका छन् । एमाले जीवित रहँदासम्म नेपाललाई विखण्डन हुन नदिने र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेहरूलाई सफल हुन नदिने उद्घोष पनि गौतमले गरे । शक्ति प्रर्दशनको लागि मोटरसाइकल ¥याली भोलिको शक्ति प्रदर्शनको प्रचार–प्रसारका लागि आजे अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंमा मोटरसाइकल ¥याली आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले खबरडबलीलाई जानकारी दिए । प्रर्दशनीमार्गबाट सुरु गरेर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजारहुँदै रत्नपार्कमा पुगेर माटेसाइकल ¥याली समापन हुने प्रमुख भट्टराईद्धारा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । शक्ति प्रर्दशन यस्तो हुनेछ शक्ति प्रर्दशन अपरान्ह १ बजे रत्नपार्कबाट सुरु हुने बताईएको छ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउने जनाएको छ । जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुने एमालेले जनाएको छ । यी ठाउँहरुका सडक प्रभावित हुने निश्चित छ । नौ दलका प्रमुखहरूले सम्बोधन शक्ति ९ राजनीतिक दलका नेता कार्यकर्ता उपस्थित हुनेछन् । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, चुरे भावरलगायत नौ दलका प्रमुखहरूले सम्बोधन गर्नेछन् । उनीहरुले प्रत्येक जिल्लाबाट कार्यकर्तालाई काठमाण्डौं आउन ह्वीप नै जारी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending