Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादी केन्द्रको बैठकमा संगठनात्मक कार्यविधिमा विवाद भएपछि विनानिष्कर्ष टुङ्गियो

\"\"काठमाडौं, पुस २१ । पार्टीको सांगठनिक कार्यविधि मिलाउन बसेको माओवादी केन्द्रको कार्यालय बैठक विना निष्कर्ष टुङ्गिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को नीजि निवास लाजिम्पाटमा बसेको बैठकमा पार्टीको संगठनात्मक कार्यविधिबारे निर्णय गर्न बसेको भएपनि कुनै निष्कर्ष बिनै सकिएको हो । आन्तरिक संगठन मिलाउन बैठक बसेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने–‘पार्टीको आन्तरिक सांगठनिक संरचना बनाउन बैठक बसेपनि आज कुनै निष्कर्षमा पुगिएन, फेरि भोली बैठक बेसर छलफल गर्ने कुरा भएको छ’ । आगामी महाधिवेशनलाई लक्षित गरी समावेशी सिदान्तका आधारमा कार्यविधि तयार पार्ने नेता सापकोटाको भनाई छ । आन्तरिक निर्वाचनलाई निश्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट अगाडि बढाउने तयारी गरेको माओवादी केन्द्रले केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यको कोटा समेत निर्धारण गर्ने गरी छलफल थालेको हो । माओवादी केन्द्रको सांगठनिक कार्यविधि नहुँदा जिल्ला जिल्लामा अधिवेशन रोकिएका छन् । विवादकै कारण केन्द्रीय सदस्यको संख्या बढेको बढ्यै छ । राम बहादुर थापा ‘बादल’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकता गरेर माओवादी केन्द्र बनेपछि पार्टीको संगठन बनाउन सकेको छैन । संगठनात्मक कार्यविधि बारेमा छलफल गर्न बसेको बैठक कुनै निष्कर्षमा नपुगेको नेकपा (माअ‍ोवादी) केन्द्रका कार्यालय सदस्य मणि थापाले जानकारी दिए । संगठनलाई कसरी चुन्ने ? जिल्ला समितिको संख्या निर्धारण, पार्टीको पोलिटव्युरो, स्थायी कमिटि र केन्द्रीय समितिको संख्या बारेमा कार्यविधि बनाउन खोजिएको थियो तर, आज टुङ्गिएन ।’उनले भने । संशोधन विधेयक प्रक्रियामा लैजाने सत्ता नेतृत्वकर्ता समेत रहेको माओवादी केन्द्रले संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको छ । विधेयकबारे सत्तापक्ष र प्रतिपक्षी दलले आ–आफ्नै ब्याख्या गरिरहेका समय माओवादी केन्द्रले सर्वोच्चको आदेशपछि विधेयक अगाडि बढाउने बाटो खोलेको निश्कर्ष निकालेको हो । केन्द्रको हेडक्वाटर बैठकले विधेयक पारितका लागि दलीय छलफललाई तिब्र बनाउने निर्णय गरेको नेता अग्नी सापकोटाले जानकारी दिए । विधेयकको बिरोधमा रहेको प्रमुख प्रतिपक्षी एमाले सहितका प्रतिपक्षी दलसँग छलफल गरी सवैलाई मान्य हुने गरी विधेयक अगाडि बढाउने बारे दलीय छलफल केन्द्रित गर्ने माओवादी केन्द्रको निश्कर्ष छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending