Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

राजनीतिक सहमति छिट्टै जुटेर निर्वाचन घोषणा हुन्छ : मन्त्री पाण्डे

\"\"चितवन, २१ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सर्वोच्च अदालतको आदेशबाट छिट्टै राजनीतिक सहमति जुटेर संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको बाटो खुल्ने बताएका छन् । सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवनस्थित क्षेत्रीय एकाइ कार्यालय भवन उद्घाटन एवम् सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको विवरण पुस्तक बिहीबार सार्वजनिक गर्दै उनले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजान निर्वाचनको विकल्प नरहेको बताए । सीमा क्षेत्रमा रहेका जनताले सीमाको रक्षा र राष्ट्रिय स्वाधीनताका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन भएको छ भन्दै मन्त्री पाण्डेले सिमानामा नै जोडिएका वडा प्रत्यक्ष लाभान्वित हुने गरी तीनै वडामा विकास निर्माणका लागि सीमा क्षेत्र विकास कार्यक्रम अघि बढेको बताए । गत आवमा आठ वटा जिल्लाबाट सुरु गरिएको सो कार्यक्रम यस वर्ष थप १२ जिल्लामा लागू गरिएको उनले जानकारी दिए । दक्षिणी सिमानामा अरु बढी गरिबी र अव्यवस्था रहेको भन्दै उनले राष्ट्रिय स्वाधीनताको भावना जगाउन विदेशी सहयोग नलिई आफ्नै लगानीमा कार्यक्रम अघि बढाइएको यो कार्यक्रम अन्तर्गत बीस जिल्लालाई तीन भागमा विभाजन गरेर विराटनगर, चितवन र दाङमा क्षेत्रीय कार्यालय स्थापना गरिएको बताए । चितवनको माडी नगरपालिकाको आठ वडामा विकास निर्माण र क्षमता अभिवृद्धिका लागि यस कार्यक्रमअन्तर्गत रु ७६ लाख खर्च गरिँदै छ । मन्त्रालयको निर्देशनअनुरुप सामाजिक सुरक्षा भत्ताको रकम पारदर्शी बनाउन सो पुस्तक प्रकाशित गरिएको हो । चितवनमा गत आवमा ३५ हजार ५९५ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए । गत वर्ष १७ हजार १४६ ज्येष्ठ नागरिक, दुई हजार ५९३ जना दलित ज्येष्ठ नागरिक, ११ हजार ४१४ एकल बिधवा, ५२१ पूर्ण अपाङ्ग, ७२३ आंशिक अपाङ्ग र तीन हजार १९८ दलित बच्चाले सामाजिक सुरक्षा भत्ताबापत रु ३० करोड ६३ लाख २४ हजार बुझेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले बताए । भत्ता रकम दोब्बर भएसँगै ७० वर्ष कटेका ज्येष्ठ नागरिकले दुई हजार, ६० वर्ष नाघेका ज्येष्ठ नागरिक दलितले एक हजार, एकल बिधवाले रु एक हजार, पूर्ण अपाङ्गले दुई हजार, आंशिक अपाङ्गले रु ६०० र दलित बच्चाले रु ४०० पाउने भएका छन् । मृत्यु, स्थानान्तरण भएका र थपिनेको सङ्ख्या उस्तैउस्तै हुने हँुदा यस आवमा करिब रु ६१ करोड सामाजिक सुरक्षा भत्ता खर्च हुने जिल्ला विकास समितिको अनुमान छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुने गुनासो बढिरहेका बेला नामसहित पुस्तक सार्वजनिक गरिएको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending