Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

सरकार-मोर्चा बैठक : संशोधन प्रस्ताव अगाडि बढाउने सहमति

\"\" काठमाडौँ, २१ पुस । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको त्रिपक्षीय बैठकमा यही पुस २४ गते आइतबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव अगाडि बढाउने सहमति भएको हो । संविधान संशोधन प्रस्ताव टेबल गर्ने र स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने पूर्व सहमतिअनुसार उक्त प्रस्ताव अगाडि बढाउने निर्णय भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । सर्वोच्च अदालतको फैसलापछि संशोधन प्रक्रिया अगाडि बढाउन सहज भएको निष्कर्ष निकाल्दै बैठकले सकेसम्म प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० लगायतका दलको सहमतिमा नै संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने निर्णय भएको उनले जानकारी दिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन प्रस्ताव टेबल हुनेमा आशंका नगर्न मोर्चा आवद्ध दललाई आश्वासन दिँदै सकेसम्म प्रमुख प्रतिपक्षीको समेत सहमति लिइने र उनीहरुलाई पनि सहमतिमा ल्याइने बताएका थिए । सो अवसरमा प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव आइतबार बस्ने संसदको बैठकमा टेवल गर्ने र प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पु¥याउन सबै राजनीतिक दलले सक्रियता जनाउनुपर्ने र समग्र राजनीतिक वातावरण बनाउनुपर्ने बताएका थिए । उपप्रधानमन्त्री निधिले भने ‘‘आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने त्रिपक्षीय सहमति भएको छ । सर्वोच्चको फैसलापछि एमालेले सदन अवरोध गर्ने विषय राजनीतिक र संवैधानिक हिसाबले पनि मिल्दैन । हामी एमालेलाई पनि सदन अवरोध नगर्न आग्रह गर्दछौँ ।’’ यस अघि अदालतले संशोधन प्रस्तावमाथि छलफल गर्ने क्षेत्राधिकार संसदको भएको फैसला गरेको थियो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संशोधन प्रस्ताव टेवल गरेपछि मोर्चाले संशोधन परिमार्जन गर्न थप संशोधन प्रस्ताव दर्ता गराउने प्रतिक्रिया दिनुभयो । उहाँले संविधान संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ पु¥याउन मधेसी मोर्चा पनि सक्रिय हुने बताए । सरकारले आजै स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन बुझ्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending