Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पाँच दलका शीर्ष नेतालार्इ बोलाएर राष्ट्रपतिले भनिन्, 'निर्वाचनको वातावरण बनाउन लागि पर्नुस्'

\"\" काठमाडौँ, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेतासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छन् । राष्ट्रपति कार्यालयमा बिहीबार साँझ भएको भेटमा राष्ट्रपतिले संविधान संशोधन, निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गरेकी राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । विसं २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यतालाई दृष्टिगत गर्दै सबैलाई समेटेर त्यसको तयारी गर्न दलहरुलाई आग्रह  गरेकी थिइन् । बैठकमा सहभागी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता रामजनम चौधरीका अनुसार भेटको सुरुमै राष्ट्रपतिले निर्वाचनको वातावरण नबनेको भन्दै वातावरण बनाउन सरकार र प्रतिपक्षी दलको ध्यानाकर्षण गराएकी थिइन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरुद्ध हुँदा संविधान संशोधन विधेयक र निर्वाचन विधेयक अलपत्र पर्दा निर्वाचनको विषय ओझेलमा परेको स्पष्ट पार्दै सोमबारका लागि डाकिएको संसद् सञ्चालन भए निर्वाचन घोषणा गर्न सरकार तयार रहेको जानकारी गराएका थिए । प्रधानमन्त्रीले सरकार जेठमा निर्वाचन गर्ने तयारीमा रहेको बैठकमा जानकारी गराउनुभएको नेता चौधरीले बताए । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको भनाइमा सहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् खुलाउनुपर्ने बताएका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन विधेयक अगाडि बढाए संसद् सञ्चालन गर्न आफ्नो दल तयार रहेको धारणा राखेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शिराबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए । बैठकमा फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेश बनाएर जानुपर्ने आफ्नो पार्टीको प्रस्ताव कार्यान्वयनमा ल्याए समस्या समाधान हुने बताउनुभएको नेता चौधरीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: