Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

पाँच दलका शीर्ष नेतालार्इ बोलाएर राष्ट्रपतिले भनिन्, 'निर्वाचनको वातावरण बनाउन लागि पर्नुस्'

\"\" काठमाडौँ, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेतासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छन् । राष्ट्रपति कार्यालयमा बिहीबार साँझ भएको भेटमा राष्ट्रपतिले संविधान संशोधन, निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गरेकी राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । विसं २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यतालाई दृष्टिगत गर्दै सबैलाई समेटेर त्यसको तयारी गर्न दलहरुलाई आग्रह  गरेकी थिइन् । बैठकमा सहभागी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता रामजनम चौधरीका अनुसार भेटको सुरुमै राष्ट्रपतिले निर्वाचनको वातावरण नबनेको भन्दै वातावरण बनाउन सरकार र प्रतिपक्षी दलको ध्यानाकर्षण गराएकी थिइन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरुद्ध हुँदा संविधान संशोधन विधेयक र निर्वाचन विधेयक अलपत्र पर्दा निर्वाचनको विषय ओझेलमा परेको स्पष्ट पार्दै सोमबारका लागि डाकिएको संसद् सञ्चालन भए निर्वाचन घोषणा गर्न सरकार तयार रहेको जानकारी गराएका थिए । प्रधानमन्त्रीले सरकार जेठमा निर्वाचन गर्ने तयारीमा रहेको बैठकमा जानकारी गराउनुभएको नेता चौधरीले बताए । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको भनाइमा सहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् खुलाउनुपर्ने बताएका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन विधेयक अगाडि बढाए संसद् सञ्चालन गर्न आफ्नो दल तयार रहेको धारणा राखेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शिराबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए । बैठकमा फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेश बनाएर जानुपर्ने आफ्नो पार्टीको प्रस्ताव कार्यान्वयनमा ल्याए समस्या समाधान हुने बताउनुभएको नेता चौधरीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending