Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

लैनचौरको नूनमा राष्ट्रवादको बर्को

हामी नेपालीहरु विगत बिर्सन्छाैं, वर्तमानको भावनामा वहकन्छाैं र भविस्यको लेखाजोखा गर्दैनौं । हाम्रो यही कमजोरी कसैको लागि भने वरदान भएको छ। यहि भएर होला हामीलाई सबैले प्रयोग गरे काम सकेपछि मिल्काए ,हिँडे र त्यसैलाई कुल्चे । त्यसैले त भाग्यलाई दोष दिदै अभिषापकाे भुमरीमा रुमल्लिन बाध्य छौं , हामी विवश छौं । अझै कतिन्जेल यस्तै वहन गर्नुपर्ने हो कुनै पत्तो छैन । फेरि अहिले हामीलाई रास्ट्रवाद र राष्टियताको नाममा प्रयोग गरिदै छ। प्रयोग मात्र होईन विखण्डनको बीजारोपण गरिदै छ। समुदाय समुदायलाई भिडाएर साम्प्रदायिक दन्द्द तिर देशलाई लैजान अमुक पार्टी र तिनका नेताहरु कम्मर कसेर लागि परिरहेका छन् । त्यही भएर उनिहरु मधेसी जनता जो सिमाका पिल्लर हुन् उनीहरुलाई भारतिय भन्दैछन् ,जनजाति लाई मान्छे गन्दैनन। हजारौं जनताको आन्दोलन जुन विरता सग गासिएको छ , त्यसलाई ताण्डव भन्दैछन् ।
खोक्रो रास्ट्रवादले देश बन्दैन,बरु सबै जातजाति भाषाभाषि र धर्म सस्कृतिका इन्द्रभुषि फुलहरु फुल्न थालेपछी देशको अग्रगती सम्भव छ
संघीयताले देश टुक्राटुक्रा हुन्छ भनी भ्रमको खेती गरेर आफ्नो बुद्धि विलासिताको भद्दा प्रहसन गर्दै छन् । र यो समग्र पश्चगामी विचारको पक्षपातिको रक्षा कवचको रुपमा एमालेले आफुलाई उभ्याएको छ। नेपाल भित्र मधेस नदेख्ने एमालेले आफुलाइ सिमित पहाडिया एलिट वर्गको पार्टीको रुपमा केही समय देखि आफुलाई उभ्याउदै आएको छ। [caption id=\"attachment_111331\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] जनताको बहुदलीय जनवाद बाट धनवाद हुँदै अहिले आफुलाई डनवादमा उभ्याउन सफल एमाले १२ बर्ष पछि प्रतिपक्षी राजनीति गर्दै छ। संविधान सभाको चुनावना जनताको मत र सहानुभूति पाउन एमालेले कहिल्यै बन्द नगर्ने घोषणा त गर्यो तर उसको त्यो घोषणा कागज मै सिमित रह्यो । आफुलाई कम्युनिस्ट पार्टी दावी गर्ने एमालेले कम्युनिस्ट पार्टीका सस्थापक पुष्पलालको शालीक तोडफोड गर्यो। काठमाडौंमा अराजक उसको भातृसंघसंगठनले गाडी तोडफोड र आगजनी गरे। सत्ता बाट कर्नरमा परेको एमालेले यतिमै चित्त बुझाएन। लाेडशेडिङ मुक्त अभियानका अभियन्ता जनार्दन शर्मा र कुलमान घिसिङको खिलापना उत्रन आफू निकटको कर्मचारी खटायाे, केहिलाई मिडियामा कुतर्क गर्न लगायो। सरकारलाई शान्तिसुरक्षामा पुरै असफल देखाउन आफ्नै कार्यकर्तालाई मारकाटमा उतार्यो। हो हामी बिर्सन बानी परेकाको भावना माथि एमालेले फ़ेरि एकपटक खेल्दै छ। आफुलाइ रास्ट्रको पहरेदार र बाकी अरुलाई लम्पसारवाद भन्दैछ । तर एमाले अजिवको रहेछ। भारतबाट ल्याएको पेट्रोल हालेर काठमाडौंमा भारत विरुद्ध र्याली गर्छ । संविधान संशोधनको लागि ननपेपर एग्रीमेन्ट भारतमा आफै गरेर आउछ तर अरुलाइ आफ्नो दोषि चस्मा बाट हेर्छ। महाकाली बेच्न सहयोग गर्ने एमालेले अरुको जनहितकारी कुरालाई रास्ट्रघात देख्छ। तराईलाई बिहार भन्ने एमालेले हिमाल पहाड तराई कोहि छैन पराई भन्ने गित गाउन पनि छाड्दैन। लैनचौरको आदेश मान्दैनौ भन्दै बुरुक्क उफ्रने एमाले मदन भण्डारि फाउन्डेसनको लागि भन्दै पैसा माग्न भने छुटाउँदैन। कथनी र करणिमा भेद देखाउने एमालेको कुनै सिद्धान्त छैन,न त विचार नै। सतामा अर्जुन दृस्टी लाउने उसको रास्ट्रवाद त भन्ने कुरा हो,देखाउने दाँत हो र राष्ट्रियताको नाममा जनतालाई उचालेर सतामा पुग्ने भर्र्याङ् मात्र हो। लैनचौरको नुनमा रास्ट्रवादको बर्को लाएको मात्रै हो। छिनमै एमालेले कसैलाई रास्ट्रवादी देख्छ भने छिनमै उसैलाई रास्ट्रघाती देख्छ। केपि ओलीलाई समर्थन गरिन्जेल प्रचण्ड अव्वल रास्ट्रवादी थिए। ओली लाई समर्थन नगरेको एक सेकेन्डमै प्रचण्ड रास्ट्रघाती भैदिए।उबेला ज्ञानेन्द्रलाइ प्रधानमन्त्री पाउँ भन्दै पाउ पर्न गएको बेला पनि प्रतिगमन आदि सच्चेको थियो। नसच्चेनी एमालेले सच्चाएको थियो। बयल गाडालाई सच्चायो। एकताका त भारतीय पुजारी नै पशुपतिमा राख्नुपर्छ भनेर कार्यकर्तालाई गेरु लगाएर आन्दोलनमा उतार्यो। जे कुरा पनि सच्याउन माहिर एमालेले अहिले गरिरहेको कथित रास्ट्रवादी आन्दोलन पनि केही समयमा सच्याएर हामिले भारत विरुद्ध दिएको अभिव्यक्ति जायज थिएन भन्यो भने अचम्म नमाने हुन्छ । किनकी यो सवै सताबाट सिमान्त पुग्नुको रुवावासी हो। यस्तो आन्दोलनमा सहभागी हुनु भनेको समयको बर्बाद गर्नु हो।पानी बाहिर माछा रहेपनी सता बाहिर एमाले रहन नसक्दाको परिणाम अहिलेको उन्माद हो। रास्ट्रवाद भनेर होइन गरेर हुन्छ। स्वाभिमान रास्ट्रको विकास र समृद्धिले सम्भव हुन्छ न कि कसैको वाहियात सपनाले। खोक्रो रास्ट्रवादले देश बन्दैन,बरु सबै जातजाति भाषाभाषि र धर्म सस्कृतिका इन्द्रभुषि फुलहरु फुल्न थालेपछी देशको अग्रगती सम्भव छ। प्रत्येक सच्चा नेपालीलाई नेपालको माया छ, यो रास्ट्रप्रेममा नेताको जस्तो कुनै स्वार्थ छैन। नेपाली मन भड्काउन खोज्नेले बेलैमा सोचुन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: