Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

दोस्रो स्पष्टीकरणपछि ज्ञवाली बर्खास्त

\"\"काठमाडौं, २२ पुस । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई दोस्रो स्पष्टीकरणपछि मात्रै बर्खास्त गर्ने भएको छ । विहीबार नै बर्खास्त गरिएको भनिए पनि ज्ञवालीलाई सरकारले ‘किन नहटाउने’ भन्दै दोस्रो पटक लिखित स्पष्टीकरण मागेको छ । २४ घण्टे स्पष्टीकरणपछि ज्ञवालीलाई बर्खास्त गर्ने सरकारले तयारी गरेको छ । मन्त्रिपरिषद्को विहीबारको बैठकले नै ज्ञवालीलाई बर्खास्त गरिएको खबर फैलिएपछि मन्त्रिपरिषद् कार्यालयले विहीबार बेलुका मात्रै बर्खास्त नगरिएको जनाएको थियो । गत साता बसेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार पुनर्निर्माणको काममा भइरहेको ढिलाईबारे ५ प्रश्न गर्दै ज्ञवालीलाई स्पष्टिकरण सोधिएको थियो । ज्ञवालीले बुधबार स्पष्टिकरणको जवाफ सरकारलाई बुझाएका थिए । दोस्रो स्पष्टीकरणमा भने ज्ञवालीलाई ‘किन नहटाउने’ भनी सोधिएको छ । त्यसको जवाफ पनि २४ घण्टाभित्रै दिने ज्ञवालीले बताएका छन् । स्रोतकाअनुसार नयाँ सीईओ नियुक्ति गर्नेबारेमा सत्तारुढ प्रमुख दुई दलबीच छलफल भइरहेको छ । नेपाली कांग्रेसले पूर्व सीईओ गोबिन्दराज पोखरेललाई सीईओ बनाउन प्रस्ताव गरेको छ भने माओवादी केन्द्रले अन्य पात्रको खोजी गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले २०७२ पुस १० गते ज्ञवालीलाई नयाँ सीईओ नियुक्त गरेको थियो । त्यसअघि प्रमुख राजनीतिक दलहरुबीच सहमति नजुट्दा कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारले २०७२ साउन २८ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: