Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्राकृतिक बासस्थान मिचिएर हात्ती आतङ्क बढ्यो

\"\"सुनसरी, २२ पुस । कोशीटप्पु वन्यजन्तु आरक्षका नायब सुब्बा सुरेन्द्र खड्कालाई कार्यालयको कामकाज फत्ते गर्नेभन्दा पनि कार्यालयबाट निस्कन हतार हुन्छ । उनी कार्यालयको कामकाज गर्नबाट पन्छिन खोजेका भने होइनन् । गत दसैँयता खड्कालाई दिउँसै कार्यालय छाड्नुपर्ने बाध्यता आइलागेको छ । जङ्गली हात्तीले दिउँसै आरक्षमा आएर आक्रमण गर्न थालेका कारण खड्कालगायत कर्मचारीले हात्तीबाट जोगिन दिउँसै कार्यालय छाड्ने गरेका हुन् । आरक्षभित्र बस्दै आएका कर्मचारीलाई समेत अहिले जङ्गली हात्तीबाट ज्यान जोगाउन हम्मेहम्मे परेको छ । जङ्गली हात्तीको बथान दिउँसै एक्कासी आरक्ष कार्यालय पस्छ र तोडफोड गर्न थाल्छ । कर्मचारीको भागाभाग चल्छ । हात्तीको आक्रमणबाट जोगिन यहाँका कर्मचारी सुरक्षित स्थानतर्फ लाग्नै पर्ने हुन्छ । आरक्षभित्रै बसे उनीहरुलाई ज्यान जोगाउन मुस्किल पर्छ । आरक्ष भित्र १७÷१८ को सङ्ख्यामा रहेका जङ्गली हात्तीले यसरी दिउँसै आरक्ष कार्यालयभित्र आएर उत्पात मच्चाउनुको पछाडि विभिन्न कारण छन् । प्रमुख कारण जङ्गली हात्ती दिनहुँ आरक्षको हात्तीसारमा रहेका पोथी हात्तीसँग समागमका लागि आउने हुन् र यही क्रममा तोडफोड गर्ने गर्छन । आरक्षको हात्तीसारमा पाँचवटा पोथी हात्ती रहेका छन् । उनीहरुसँग भाले जङ्गली हात्ती सम्बन्ध राख्न आउने गरेका आरक्षका सहायक संरक्षण अधिकृत झौलाइ चौधरी बताउँछन् । “यौन सम्बन्ध राख्नका लागि जङ्गली हात्ती आउने गरेका छन्, यसरी आउँदा बर्सेनि आरक्षभित्र तथा वरपरको बस्तीमा तोडफोड गरेर हैरान पार्छन,” उनले भने । आरक्षभित्र यसरी तोडफोड गर्ने हात्तीको बथानलाई धपाउन कर्मचारी, आरक्ष सुरक्षार्थ खटिएको भगवतीप्रसाद गुल्म तथा स्थानीय युवालाई परिचालन गरिएको छ । सुनसरीको पश्चिम कुशाहास्थित आरक्ष कार्यालयमा हात्तीले दसैँयता लगातार तोडफोड गर्दै आएको छ । हात्तीको बथानले कार्यालयको पर्खाल, आवास भवन र भान्साघरलाई बिगारिदिएको छ । हात्तीका कारण आरक्ष वरपर वस्दै आएका बासिन्दा समेत असुरक्षित छन् । “करिब एक सय ५० घरपरिवार तीन महिनायता त्रासमै बाँचिरहेका छन्,” चौधरीले भने। आरक्षसँग जोडिएका सुनसरी, सप्तरी र उदयपुरका बासिन्दा हात्तीका कारण दिनहुँ असुरक्षित बन्दै गएका छन् । उनीहरु डरले रातभर जाग्राम बस्छन् । पछिल्लो सात वर्षयता हात्ती र अर्नाको आक्रमणबाट यस क्षेत्रका १३ जनाले ज्यान गुमाउनु परेको छ । हात्तीले मानवबस्तीमा तोडफोड गर्नुका साथै बालीनालीसमेत सखाप पार्ने गरेका छन् । “आन्तरिक तथा बाह्य पर्यटकलाई आरक्षभित्र घुमफिर गर्न रोक लगाएका छौँ, स्थानीयवासीलाई काठ दाउरा तथा घाँस काट्नसमेत दिइएको छैन,” चौधरीले भने । आरक्षको हात्तीसारमा हाल सरस्वतीकली, दमदमीकली, शोभाकली, लक्ष्मीकली र अमरिकाकली गरी पाँचवटा घरपालुवा पोथी हात्ती रहेका छन् । बर्सेनि जङ्गली हात्ती पोथी हात्तीसँग समागमका लागि आरक्ष भित्र आउने गरेका छन् । मात्तिएर आउने यस्ता हात्तीले आरक्ष कार्यालयभित्र तोडफोड गर्नुका साथै कर्मचारीमाथि आक्रमण गर्ने गरेका छन् । “भाले हात्ती पाल्नै गाह्रो हुन्छ,” सहायक संरक्षण अधिकृत चौधरीले भने । गत वर्षसम्म कोशीटप्पुको हात्तीसारमा पोथी हात्तीको सङ्ख्या तीनवटा मात्र थियो । यस वर्ष थप दुई पोथी हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याइएको हो । “कोशीटप्पुका पाँचवटा हात्ती अझै चितवनमा ‘काज’ मै छन्, यहाँ ल्याएर राख्न सक्ने अवस्था छैन,” सहायक संरक्षण अधिकृत चौधरीले भने । जङ्गली हात्ती यसरी बर्सेनि आरक्ष कार्यालय तथा आरक्ष वरपरको वस्तीमा पस्नुको कारण चरिचरन क्षेत्रको कमी पनि हो । विसं २०३२ सालमा सुनसरी, सप्तरी र उदयपुरको एक सय ७५ बर्गकिलोमिटर क्षेत्र समेटेर कोशीटप्पु आरक्षको स्थापना गरिएको हो । “चरिचरन क्षेत्र चार प्रतिशत मात्र छ,” चर्ने ठाउँ अपर्याप्त भएको तथ्याङ्क प्रस्तुत गर्दै चौधरीले भने । हात्तीको आक्रमणबाट जोगाउन जङ्गल क्षेत्र बढाउनुपर्ने तथा वरपर रहेको मानव वस्ती हटाउनु पर्ने उनको भनाइ छ । आरक्षले करिब एकसय २८ बर्गकिलोमिटर क्षेत्रफल बढाउने योजना बनाएको छ । “बस्ती हटाएर जङ्गली हात्तीको संरक्षण गर्न हामी लागिपरेका छौँ,” उनले भने । आरक्ष वरपर स्थानीयवासीले बालीनाली लगाएका कारण समेत चरिचरनका लागि जङ्गली हात्ती बर्सेनि बस्तीमा पस्ने गरेको हो । कोशीटप्पु आरक्ष अर्ना ९जङ्गली भैँसी०का लागि प्रख्यात मानिन्छ । विसं २०७२ चैत अन्तिम साता गरिएको गणना अनुसार यहाँ अर्नाको सङ्ख्या ४३२ रहको छ । अर्ना नेपालभरमै यहाँ मात्र पाइने जनावर हो । कोशी नदीको बीचमा रहेको आरक्ष क्षेत्रलाई बर्सेनि बाढीले कटान गरिरहेको छ । नदीले निर्धारण गरेको आरक्ष भएका कारण यसको भविष्य नदीमाथि निर्भर छ । यहाँ स्थापनाकालदेखि नै खुल्ला रुपमा चरिचरन हुँदै आएको छ । त्यसैले खुल्ला चरिचरन आरक्षको प्रमुख समस्या भएको आरक्षमा कार्यरत राष्ट्रिय प्रकृति संरक्षण कोषका वीरेन्द्र गौतम बताउँछन् । बर्सेनि आरक्षको चारैतिरबाट स्थानीयवासीले अतिक्रमण गर्दैआएका छन् । यसको मुख्य असर हात्ती र अर्ना बासस्थानमाथि परेको छ । सन् १९८७ मा रामसार सूचीमा सूचीकृत कोशीटप्पु नेपालकै ठूलो रामसार क्षेत्रका रूपमा चिनिन्छ । यहाँ ४८९ प्रजातिका चराका साथै दुर्लभ डल्फिनसमेत पाइन्छ । लोपोन्मुख अवस्थामा रहेका अर्ना संरक्षणकै निम्ति आरक्ष स्थापना गरिएको हो । “पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ, तर कोशीको बाढीले कटान गरेपछि वन्यजन्तु संरक्षणमा समस्या भएको छ,” गौतमले भने । आरक्ष स्थापना गरिँदा अर्नाको सङ्ख्या ७३ रहेकामा अहिले उक्त सङ्ख्या बढेर चारसय ३२ पुगेको तथ्याङ्क छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: