Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बैदेशिक रोजगारीमा मृत्यु भएका आफन्त राहत लिन नआउँदा समस्या

\"\"(लिबाङ) रोल्पा, २३ पुस । बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको आफन्त सम्पर्कमा नआउँदा राहत वितरणमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ जनाको नाममा राहत रकम उपलब्ध भएपनि हालसम्म २९ जना मृतकका आफन्तले मात्र राहत लिएका छन्, जिल्ला प्रशासन कार्यालय रोल्पाका लेखापाल सरस्वती गिरिले भने– बाँकी नौजना मृतकका आफन्त सम्पर्कमा नआएकाले राहत वितरणमा समस्या भएका छन् । उनका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका रोल्पा मिरुल– १ का चन्द्रबहादुर बुढा, बडाचौर– ४ का विष्णु कामी, जिनाबाङ– १ का दुर्गबहादुर खड्का, हार्जङ–२ का झक्कु बुढामगर, सीर्प–४ का सीसा घर्ती, झेनाम–१ का बुद्धिलाल वाइबा, जौलिपोखरी–८ जयबहादुर, डुब्रिङ–४ का हिमबहादुर विक र ह्वामा–६ का हरिशकुमार बुढाको कानुनी हकदार कार्यालयको सम्पर्कमा नआएपछि कार्यालयलाई राहत वितरणमा समस्या भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उनले परराष्ट्र मन्त्रालयमार्फत कार्यालयलाई राहतस्वरुप प्राप्त भएको रकम लिन मृतकका कानुनी हकदार यथाशीघ्र कार्यालयको सम्पर्कमा आए राहत वितरणमा सहज हुने बताए । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप उपलब्ध गराई दिनका लागि रु ७१ हजारदेखि रु दुई करोड ३४ लाख ६५ हजार ९४२ सम्म रकम कार्यालयमा प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । राहत रकम प्राप्त गर्नका लागि मृतकका हकदारले मृत्यु दर्ता, राहदानी, सम्बन्धित गाविसको सिफारिस, नाता प्रमाणित र नेपाली नागरिकताको प्रमाणपत्रसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending