Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

पुटिनले साइबर ह्याकिङ गरि ट्रम्पलाई जिताएको अमेरिकी गुप्तचर विभागको ठोकुवा

\"\"वसिङ्गटन, २४ पुस । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन् । उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एक गुप्त विस्तृत साइबर अभियान नै चलाउन व्यक्तिगत रुपमै आदेश दिएको खुलासा गरेको छ । अमेरिकी गुप्तचर निकायहरुका प्रमुखहरुले नवनिर्वाचित राष्ट्रपति ट्रम्प, ह्वाइट हाउस तथा अमेरिकी काँग्रेसलाई भेटेर आफ्ना निष्कर्ष प्रस्तुत गर्दै सो प्रतिबेदन गतः शुक्रबार औपचारिक रुपमा हस्तान्तरण गरेपश्चात् उक्त प्रतिबेदनको केही अंश सार्वजनिक गरिएको हो । मूल प्रतिवेदनमा रुसले कहाँबाट, के, कसरी साइबर अभियान चलाई निर्वाचनलाई प्रभावित बनाएको हो सो सबैको विस्तृत विवरण उल्लेख गरिएको बताइएको छ । यस अतिरिक्त, सो प्रतिबेदनमा क्रेमलिनले स्पष्टरुपमा ट्रम्पलाई अमेरिकी राष्ट्रपतिको पदमा आसिन हुन रुचाएको, प्रजातन्त्रप्रति अमेरिकी जनताको विश्वासमा ठेस पु¥याउनु, हिलारी क्लिन्टनलाई घात गरी उनको बदनाम गर्नु, उनको विजयी हुने सम्भावनामा वाधा सिर्जना गर्नु इत्यादि रुसको उद्देश्य रहेको पनि उल्लेखित छ । अनगिन्ती पृष्ठसङ्खया रहेको मूल विस्तृत प्रतिबेदन बुझिलिने सबैले यसलाई गोप्य राखेका छन् । हाल सार्वजनिक भएको पच्चीस पृष्ठको निचोड उक्त मूल प्रतिबेदनको एक अंश मात्र हो । यसबारे तत्कालै एक प्रतिक्रिया दिँदै नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकी निर्वाचन प्रभावित हुनेगरी रुसले हस्तक्षेप गरेको भन्ने आरोप लगाएनन् । साथै निर्वाचन परिणाम प्रभावित भएको भन्ने आरोप पनि स्वीकारेनन् । यसअघि पनि अमेरिकी अधिकारीले डेमोक्र्या्टिक पार्टीका इमेलहरु ह्याक हुनुका पछाडि रुसको हात रहेको, त्यसको मुख्य उद्देश्य हिलारी क्लिन्टनलाई विफल तुल्याउनु हो भनी बारम्बार ओबामा प्रशासनलाई सजग तुल्याइरहेका थिए । रुसी ह्याकिङ्गबारे अमेरिकी गुप्तचर निकायले प्रस्तुत गरेका मौखिक वा लिखित प्रतिवेदनउपर आपूm विजयी भएपछि ट्रम्पले प्रश्न उठाउँदै आएका थिए । त्यस्तै, अमेरिकी गुप्तचर निकायका प्रमुखहरुले अमेरिकी प्रशासन अब पनि मौन बस्ने हो भने अमेरिका वा विशेषतःअमेरिकी मित्रराष्ट्रका भबिष्यमा आउने कुनै पनि महत्वपूर्ण गतिविधि वा घटनालाई रुस वा विश्वका अन्य कुनै पनि मुलुकले यसैगरी ह्याकिङ्ग गरी आफूले चाहेजस्तो मोडमा पु¥याइ त्यसबाट लाभ उठाउन सक्ने बताएका छन् । यस्तो क्रियाकलापले अमेरिका वा अमेरिकी मित्रराष्ट्रलाई भने जहिले पनि आघात हुने भनी सचेत पारेका छन् । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy