Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अष्ट्रलियाले अब कृषि क्षेत्रमा काम गर्नका लागि वर्किङ भिसा दिने

\"\"काठमाडौं, २४ पुस । अष्ट्रेलियाले कृषि क्षेत्रमा काम गर्नका लागि अष्ट्रेलिया जान चाहनेहरुका लगि भिषा अवेदन खुकुलो पारेको छ । अष्टेलिया सरकारले आफ्नो मुलुकमा कृषि क्षेत्रमा कार्य गर्न चाहनेहरुका लगि प्रोत्साहित गर्ने नीति पहिलेदेखि नै अख्तियार गर्दै आएको थियो । यही कुरालाई मध्येनगर गरेर अष्ट्रेलियामा कृषकलाई वर्किङ भिसा र कामको अवशर निकै खुकुलो पारिएको हो । अष्ट्रेलिया एउटा देश मात्र नभएर महादेश हो । यहाँ मानव वस्ती बसेको एक शताब्दी मात्र भएको छ । त्यसैले अझै पनि अष्ट्रेलियाको अधिकांश भूभाग खाली नै छन् । खेतीयोग्य जमीनहरु सम्भवतः अष्ट्रेलियामा जति संसारको अरु कुनै मुलुकमा बाँकी छैन होला । तुलनात्मक रुपमा अष्ट्रेलियामा कृषि क्षेत्रका लागि दिइने भिसा आवेदन सरल मात्र होइन भिसा पाउने सम्भावना पनि बढी रहेको छ । अष्ट्रेलियामा कृषि क्षेत्रमा वर्किङ भिसामा आवेदन उमेरहद ३१ वर्ष तोकिएको छ । यस्तै कृषिमा दक्षता, अंग्रेजी भाषाको ज्ञान र अष्ट्रेलियाको संस्कृति सम्बन्धी इच्छुक हुनुपर्नेछ । ओरेन्टेशन कार्यक्रम: अष्ट्रेलियामा कृषि क्षेत्रमा काम गर्न वर्किङ भिसा प्राप्त गरिसकेपछि सबैभन्दा पहिले ओरेन्टेशन आर्यक्रममा सहभागी हुनुपर्नेछ । यो ओरेन्टेशन अरु ठाउँको ओरेन्टेसन कार्यक्रम भन्दा भिन्न छ । यस कार्यक्रममा समुद्री बसाई, केहि रोचक ठाउँहरुको घुमघाम तथा कंगारुको प्रत्यक्ष अवलोकन गराइनेछ । त्यही क्रममा यहाँको बसाई तथा कामलाई सहज बनाउन बैंक अकाउन्ट, करबारे जानकारी दिनुको साथै अरु सामान्य कुराहरुमा पनि अन्तरक्रिया गरिन्छ । के एकभन्दा बढ़ी ठाउँमा काम गर्न सकिन्छ ? यो भिसा एक काम, एक कामदार अनुरूप हो । त्यसैले इम्प्लोयरको अनुमति बिना तपाईं उक्त काम छोडेर अर्को इम्प्लोयरसँग काम गर्न सक्नुहुन्न । यदि त्यसो गरेमा भिसा रद्द गरी अष्ट्रेलिया बस्ने अनुमति समेत गुमाउनुपर्ने हुनछ । करार सकिएपछि भने सम्झौताको आधारमा त्यों अवसर पनि पाउन सक्नुहुन्छ । यो भिसाको अवधि कति हो ? यो भिसा एक व्यक्तिले १२ महिनाको लागि मात्र पाउँछ । त्यों १२ महिनाको अवधि आउजाउ गरेर पूरा गर्न पनि सक्छ । जस्तो कि २ पटक ६–६ महिना बसेर अवधि पूरा गर्न सकिन्छ । कृषि भिसामा आउनेले अष्ट्रेलियामा लामो अवधि बस्न सकिन्छ ? उहि इम्प्लोयरसँग काम गर्न चाहेमा भिसा सकिएपछि इम्प्लोयरसँगको सम्झौता नवीकरण गर्न सकिन्छ । यदि चाहिने योग्यता पुगेमा, स्थायी बसोवास अर्थात पीआर भिसाको लागि पनि आवेदन दिन सकिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: