पौष २५ गते, २०७३ सोमवार 9th January, 2017 Mon०८:०३:२७ मा प्रकाशित
काठमाडौं, २५ पुस । २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब बढेको छ । सरकारमै सहभागी राप्रपाले मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव लैजाने तयारी गरेको छ । प्रमुख दलका शीर्ष नेतालेसमेत सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरेपछि प्रधानमन्त्री प्रचण्डलाई दबाब परेको हो ।
आजको नयाँ पत्रिकामा खबर छ– पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि आइतबार सभामुखको कार्यकक्षमा बसेको पाँच दलका शीर्ष नेताको बैठकमा शीर्ष नेताहरूबीच २७ पुसमा सार्वजनिक बिदा दिने विषयमा चर्चा चलेको थियो । बैठक चलिरहेका वेला राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीलगायतका नेता शीर्ष नेताहरूलाई पृथ्वीजयन्तीका अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा निमन्त्रणा दिन सभामुखको कार्यकक्ष पुगेका थिए ।
त्यहाँ उनीहरूले २७ पुसको चियापानका लागि सहभागी हुन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाललगायतलाई निमन्त्रणा दिए ।
प्रधानमन्त्रीले भने– चाँडै निर्णय लिन्छु
राप्रपा नेता गिरीका अनुसार चियापानको निमन्त्रणा दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता खनालले प्रधानमन्त्रीतर्फ संकेत गर्दै ‘यसपटक त बिदा दिनुपर्यो है के हुँदै छ’ भनेर सोधे । खनालको भनाइमा सहमति जनाउँदै कांग्रेस सभापति देउवाले भने, ‘२७ पुसमा सार्वजनिक बिदा दिने विषयमा मेरो सहमति छ ।’ त्यसपछि एमाले अध्यक्ष ओलीले पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे ।
शीर्ष नेताहरूका कुरा सुनेपछि राप्रपा नेता तथा आपूर्तिमन्त्री दीपक बोहराले प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखे, ‘सबै नेताहरू यहीँ हुनुहुन्छ, सकारात्मक हुनुहुन्छ । निर्णय गरौँ प्रधानमन्त्रीज्यू ।’ अन्तिममा बोलेका प्रधानमन्त्रीले भने, ‘म यसबारेमा चाँडै निर्णय लिन्छु ।’
राष्ट्रपतिको समेत चासो
त्यसअघि, आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत २७ पुसमा बिदा दिएर पृथ्वीनारायण शाहलाई सम्मान गर्नु उपयुक्त नै हुने बताएकी थिइन् । चियापान कार्यक्रमको निम्तो दिन पुगेका राप्रपा नेता गिरी र सचेतक परशुराम तामाङसँग राष्ट्रपतिले त्यस्तो बताएकी हुन् । राष्ट्रपतिको भनाइ उद्धृत गर्दै गिरीले भने, ‘मानिसहरूका विभिन्न दृष्टिकोण रहे पनि देशलाई एकीकरण गर्ने, पहिचान दिने अत्यन्तै महत्वपूर्ण र साहसिक काम पृथ्वीनारायण शाहले गर्नुभएको छ । यसमा उहाँलाई हामीले सम्मान गर्नुपर्छ ।’
त्यसक्रममा राष्ट्रपति भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्ने पनि बताएको राप्रपा नेताहरूले जनाएका छन् । पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारले बिदा दिनेमा राप्रपा आशावादी रहेको गिरीले राष्ट्रपतिलाई सुनाएका थिए । राष्ट्रपतिले पनि २७ पुसमा बिदा दिएर सम्मान गर्नु उपयुक्त नै हुने भन्दै तर, यो सरकारको विषय भएको बताएकी थिइन् ।
राप्रपा मन्त्रीले प्रस्ताव लैजाने
हरेक वर्ष २७ पुसमा पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिइँदै आए पनि ०६२र०६३ को जनआन्दोलनपश्चात् हटाइएको थियो । तत्कालीन राप्रपा नेपालले २७ पुसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरी सार्वजनिक बिदाको माग गर्दै आएको थियो । पछिल्लो समय अन्य पार्टीबाट पनि सो आवाज उठ्न थालेको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि बनेको राप्रपाले अहिले पनि माग उठाउँदै आएको छ । १३ पुसमा बसेको राप्रपाको पदाधिकारी तथा सचिवालय बैठकले यसबारे मन्त्रिपरिषद्मा प्रस्ताव लैजान पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई निर्देशन दिएको थियो । राप्रपाले राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीको अवसरमा राजधानी र देशभर कार्यक्रममा गर्ने तयारी पनि गरेको छ ।
बिदा दिन मन्त्री सिंहको माग
सरकारमा सहभागी अन्य पार्टीका मन्त्रीले समेत २७ पुसमा सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । १० पुसमा चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता तथा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने गरी सार्वजनिक बिदा दिनुपर्ने माग गरेका थिए । मन्त्री केसीले नेपाल एकीकरणका नायक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरी सार्वजनिक बिदा दिनुपर्ने माग गरेका हुन् । यसका लागि आफूले पहल गर्नेसमेत उनले बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: