Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

त्रिवेणी–सुस्ता पुल निर्माणमा भारतीय अवरोध

\"\"काठमाडौं, २५ पुस । नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले व्यवधान गरेको छ । त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको हो । भारतीय अवरोधबारे जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृह मन्त्रालयमार्फत परराष्ट्रलाई जानकारी गराइसकेको छ । आजको कारोबार दैनिकमा खबर छ– “भारतीय पक्षले पुल निर्माण कार्यमा व्यवधान खडा गरेकोबारे हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौं,” गृह मन्त्रालय स्रोतले भन्यो, “नेपाली भूमिमा पूर्वाधार लगायतका निर्माण कार्यमा पु¥याएको अवरोध तत्काल हटाउन सम्बन्धित निकायबाट तत्काल पहल आवश्यक छ ।” निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिटी, वालुवा, सिमेन्ट, अन्य उपकरण मिल्काइदिने, कामदारलाई धम्की दिने, निर्माण सामग्री तथा कच्चापदार्थ ओसारपसारमा भारतीय भूमि प्रयोग गर्न नदिने लगायतका समस्या एसएसबीबाट नेपाली पक्षले झेल्दै आएका छन् । भारतीय पक्षले पनि विवादित भूमिमा पुल निर्माण गर्न नपाइने दाबीसहित नेपालस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । यसअघि नारायणी नदीको कटान र डुवान नियन्त्रणका लागि थालिएको तटवन्ध निर्माणमा पनि भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध सिर्जना गरेको थियो । अवरोध र दबावकाबीच तटबन्ध निर्माण कार्यले पूर्णता पाइसकेको छ । त्रिवेणी–सुस्तामा पुल नहुँदा स्थानीयवासी डुंगाबाट ओहोरदोहोर गर्न बाध्य छन् । पुल निर्माण हुँदा दैनिक उपभोग्य बस्तुदेखी स्थानीयको ओहोरदोहोरमा भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता रहँदैन । “हाम्रो भूमिमा हामीले आफूअनुकूल निर्माण कार्य गर्न पाउँछौं,” वरिष्ठ सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ भन्छन्, “आफ्ना नागरिकको सुविधाका लागि पुल निर्माणकार्यमा भारतीय पक्षबाट भएको व्यवधान अन्तर्राष्ट्रिय सन्धीसम्झौताको सिधै उल्लंघन हो ।” त्रिवेणी–सुस्ताको ४२ हजार ९ सय ८० हेक्टर भूमिमध्ये १४ हजार ५ सय हेक्टर जमीन भारतीय पक्षबाट अतिक्रमण भएको श्रेष्ठको भनाई छ । एसएसबीको अवरोधपछि पनि त्रिवेणी सुस्ता क्षेत्रमा जनताको तटबन्ध निर्माण भइसकेको छ । सिंचाइ मन्त्रालयले स्थलगत निरीक्षण र अवलोकनपछि त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा तटबन्ध र पुल निर्माण गर्न सुझाव दिएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy