Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पत्रकार महासंघको कार्यालयमा ताला

\"\"सिन्धुपाल्चोक, २५ पुस । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको कार्यालयमा पत्रकारहरुलेनै ताला लगाएका छन् । ५ सुत्रीय माग राखी प्रेस चौतारी नेपालले आज महासंघको कार्यालय चौतारामा ताला लगाएको हो । गैरपत्रकारहरुलाई सदस्यता दिएको भन्दै उनीहरुले महासंको कार्यालयमा ताला लगाएका हुन् । तालाबन्दी लगत्तै प्रेस विज्ञप्ती जारी गर्दै प्रेस चौतारीले गैरपत्रकारहरुलाई गरिएको सदस्यता सिफारिस तुरुन्त रद्ध गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघको विधानले तोकेको योग्यता पूरा भएको आवेदन दिनेहरुलाई सदस्यता दिईनुपर्ने, विधानले तोकेको योग्यता नपुगेका आवेदकहरुलाई गरिएको सदस्यता सिफारिस रद्द गर्नुपर्ने, सदस्यता सिफारिस गर्नुपूर्व पत्रकारका सबै पेसागत संगठनहरुसँग छलफल गरी सहमती जुटाएरमात्रै निर्णय कार्यान्वयन गर्नुपर्ने, गैरपत्रकारहरुको सदस्यता खारेजी गर्नुपर्ने माग प्रेस चौतारीले राखेको छ । चौतारीका जिल्ला अध्यक्ष अध्यक्ष सरोज ढुङ्गानाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पत्रकार महासंघ सिन्धु शाखाले मनोमानी र विभेदपूर्ण ढङ्गले योग्यता पूगेकाहरुलाई सदस्यता सिफारिस नगरेको र योग्यतानै नपूगेकाहरुलाई सदस्यता दिईएको प्रति आपत्ति जनाएको छ । ‘महासंघको विधानले निर्धारित गरे बमोजिम सदस्यता सफिरिस गर्नुपर्नेमा २०७३ कार्तिक ३० गते बसेको पत्रकार महासंघ सिन्धु शाखाको बैठकले मनोमानीपूर्ण तवरले योग्यता नपुगेका व्यक्तिहरुलाई सदस्यता सिफारिस गर्नु लज्जाको विषय हो’, विज्ञप्तीमा भनिएको छ– ‘योग्यता पुगेका र लामो समयदेखि त्रियाशिल पत्रकारलाई सदस्यता सिफारिस नगर्नुलाई नियत राखेर विभेद् गरिएको प्रस्टै छ ।’ आफ्नो मागको सुनुवाई नभए अनिस्चित कालको लागि तालाबन्दी गरिने अध्यक्ष सरोज ढुङ्गानाले बताए । जिल्लामा पत्रकार महासंघ विरुद्ध तालाबन्दी गरिएको यो पहिलो पटक हो । यसले आगामी फागुनमा हुने महासंघको चुनावमा प्रत्यक्ष असर पर्ने जानकारहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: