Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

फिल्म खेल्न जाँदा गायिकालाई हत्कडी

\"\"काठमाडौं, २६ पुस । ‘हामीलाई दुई जना मोडल चाहिएको थियो, तपाईंलाई खेलाउन चाहेका छौं, कहाँ भेट्न सकिएला ?’ गायिका प्रश्ना पाण्डेलाई गत बिहीबार एउटा फोनले उत्साहित बनायो । गायन र मोडलिङमा भर्खरै पाइला चाल्दै गरेकी उनी त्यसरी अफर आउँदा खुशी हुनु स्वभाविक थियो । दृष्टि साप्ताहिकमा खबर छ– उनले तत्काल भेट्ने प्रस्ताव राखिन् ।‘कहाँ भेटौं ?’ फोनकर्ताले सोधे । उनले कमलादीको डल्ले मःम रेष्टुरेन्टमा भेट्ने प्रस्ताव राखिन् । एक साथीलाई समेत लिएर उनी डल्ले मःम रेष्टुरेन्टमा पुगिन् । मोडलिङको अफर गर्ने युवाहरु केही समयमै आइपुगे । तर, उनीहरु न त निर्माता थिए न त निर्देशक नै । उनीहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएका सादा पोशाकका प्रहरी थिए । मोडलिङका लागि नभई रातो रङको नम्बरबाट फोन आए उठाउँदा मृत्इु हुन्छ भन्दै आतंक मच्चाएको घटनामा सीआईबीले उनीमाथि छानबिन गरी त्यसरी मोडलिङको पासो थापेको थियो । रेष्टुरेन्टमा पुगेपछि उनीहरुले आफूहरु प्रहरी भएको भन्दै आफ्नो गाडीमा बस्न आग्रह गर्दै महाराजगंजस्थित सीआईबी कार्यालय पु¥याए । प्रहरी कार्यालयमा पुगेपछि मात्र पाण्डेले आफूलाई प्रहरीले पक्राउ गरेको चाल पाइन् । एक महिनायता रातो रङको नम्बरबाट मोबाइलमा आएको फोन उठाए मृत्यु हुने भन्दै आतंक मच्चाइएको थियो । त्यसरी आतंक मच्चउनेमध्ये एक उनै पाण्डे थिइन् । उनको फेसबुकबाट पनि उक्त गलत सूचना भाइरल भएको थियो । सोही कारण सीआईबीले उनलाई पक्राउ ग¥यो । पक्राउ परेपछि उनले दीपक बराइली नाम गरेका अर्का गायकको आग्रहमा आफूले उक्त पोष्ट गरेको बताएपछि प्रहरीले बराइलीलई पनि पक्राउ गरेको थियो । उनीहरुले अन्जानबस पोष्ट गरेको बताएपछि पत्रकारका सामु माफी मगाएर उनीहरुलाई भोलिपल्ट सीआईबीले छाडिदिएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending