Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

छोरो अस्ट्रेलियामा, बाउ ४५ वर्षदेखि वृद्धाश्रममा

काठमाडौं, उनलाई सबैले बोलाउने नाम हो– ‘राउत बा’  । पशुपति मन्दिरको छेउमै रहेको वृद्धाश्रममा भेटिए ७१ वर्षीय जितबहादुर राउत । वृद्धाश्रममा सवैभन्दा जेठा हुन् उनी । मुलुकमा २००७ सालमै प्रजातन्त्रको ‘ज्योति बल्यो’ भनियो । राउतले भने त्यही सालदेखि आफ्ना आँखाको ज्योति गुमाए । त्यसयता आँखा देख्दैनन् उनी । त्यसपछि २५ वर्षे जवानीदेखि नै वृद्धश्रमका पाहुना बने । ‘सात वर्षको उमेरमा आँखामा फुलो परेका कारण दुवै आँखा बिग्रिए’, आँखातिर हात पुयाँउदै उनले भने– ‘१० वर्षको उमेरमा बा पनि खसेपछि त पूरै बेसहारा पो भएँ ।’
आश्रममै दुई छोरा जन्मिए, हुर्किए, बढे र पढे । आश्रमबाटै कान्छा छोरा विदेश पनि गए । कान्छो छोरा अष्ट्रेलियामा पढ्दै छन् भने जेठा नेपालमै कम्प्युटरको काम गर्छन् ।
राजधानी नजिकै दक्षिणकाली क्षेत्रको छैमलेबाट आश्रममा आएका रहेछन् उनी । त्यतिबेलाको सरकारी निकायकै सिफारिसमा पशुपति वृद्धाश्रम पठाइएको रहेछ उनलाई । ‘यसको पाल्ने मान्छे छैन, आँखा पनि देख्दैन भनेर प्रधानपञ्चको सिफारिसमा मलाई यहाँ पठाइएको हो’, आफू वृद्धाश्रम आउनुका कारणहरु खोतल्दै उनले भने– ‘सरकारले पाल्नुपर्छ भन्ने मान्यता थियो, त्यतिबेलै अञ्चलाधीश नरहरि दुवाडीले मलाई यहाँ ल्याएर छाडेका हुन् । अहिले उनी मरिसके ।’ आश्रम आउँदा उनीसँगै श्रीमती पनि आइन् । आश्रममै दुई छोरा जन्मिए, हुर्किए, बढे र पढे । आश्रमबाटै कान्छा छोरा विदेश पनि गए । कान्छो छोरा अष्ट्रेलियामा पढ्दै छन् भने जेठा नेपालमै कम्प्युटरको काम गर्छन् । तर उनलाई भेट्न अहिले छोरा आउँदैनन् । ‘भेट्न आउँदैनन्, आए पनि के–के न दिनुपर्छ जस्तो गर्छन्’ आफ्ना छोराहरुप्रति विस्मातको भाव देखाउँदै राउत भन्छन्– ‘उसको आफ्नो काम पनि गर्नुपर्ला, म उनीहरुको बा हुँ, म यहीं छु । एकपटक घर जाँऊसम्म पनि भन्दैनन् ।’ राउतले ०५१ सालमा आश्रममै पत्नी पनि गुमाए । पत्नी गुमेकोमा राउतलाई ठूलो दुःख छ । ‘श्रीमती बितेको पनि २० वर्ष पुग्यो । ऊ पनि आँखा नदेख्ने थिई’, उनले भने– ‘हामी दुवै जना हुँदा एक–अर्काको सहारा हुन्थ्यो । तर, ऊ नभएपछि एक्लो भएको छु । किशोरावस्थामै दृष्टि गुमाएका राउतको आँखा दुखिरहन्छ । ‘पटक्कै केही देख्दिनँ’, उनले भने– ‘सिस्टरहरुले औषधी दिन्छन्, लगाउँछु ।’ मानिस वृद्धाश्रम पुग्न ‘पाको उमेर, पारिवारिक तिरस्कार, सम्पत्तिविहिनताको भ¥याङ चढ्नुपर्छ । अर्को भाषामा भन्दा निराश्रित हुनु नै वृद्धाश्रम गन्तव्यको कारण हो । तर, दुई छोरा हुँदा पनि राउतले निराश्रित बन्नुपरेको छ । वृद्धाश्रम पुग्न उनले पाको उमेर पनि कुर्नु परेन । आँखा मात्रै देख्थे भने पनि उनी त्यतिबेलै वृद्धाश्रम आउने थिएनन् । परिवारले सहारा दिएको भए पनि उनलाई वृद्धाश्रम बस्नु थिएन ।’ उनी छोराहरुको मायामै रम्न चाहन्छन्, सँगै बस्न चाहन्छन् । तर, वृद्धाश्रम बस्नुको विकल्प कहाँ छ र ? त्यसैले उनलाई यतिबेला वृद्धाश्रम नै प्यारो लाग्छ  । भन्छन्– ‘हामी खान नपाउनेहरुका लागि यो ठूलो कुरा हो । सरकारले पालेको छ, दाताहरुले राम्रा र बलिया कपडा दिएका छन्, यसैमा खुशी छु ।’ वृद्धाश्रमका कर्मचारीले बताएअनुसार वृद्धाश्रमको रेकर्डअनुसार सबैभन्दा लामो अवधि वृद्धाश्रममा बिताउने यिनै राउत हुन्, जसले वृद्धाश्रममै ४५ वर्ष बिताइसके । कर्मचारी भन्छन्– ‘राउत बाबाटै हामीले वृद्धाश्रमको इतिहास थाहा पाएका हौं ।’ कर्मचारी श्रीविन्द खनाल भन्छन्– ‘वृद्धाश्रमबारे कुनै जिज्ञासा भए समाधान गर्दिने उनै हुन् ।’ ‘वृद्धाश्रममा नराम्रो कुरो केही छैन’, आभारी हुँदै राउतले भने– ‘यत्तिका समय बसियो, हामी बेसहारालाई सहारा दिने ठाउँ हो यो । खान–लाउन मात्रै होइन, सामान्य औषधी–उपचारको व्यवस्था समेत यहीं छ । धर्म गर्न कतै जानु पर्दैन, दैलोमै छ ।’ वृद्धाश्रममा राउत आउँदा २ सय ५० वृद्धवृद्धा थिए । ‘ऊ बेला उसिनेको चामल र ९ किलो तरकारी दिन्थे २ सय ५० जनालाई’, वृद्धाश्रमको विगत खोतल्दै उनले भने– ‘त्यतिबेला साहु–महाजनले केही पनि सहयोग गर्दैनथे । त्यतिबेला बिजुली पनि थिएन । आधा माना मट्टितेलकै भरमा चलेको थियो ।’ वृद्धाश्रमका सुरुआती दिनमा उनी आधा पाउ साबुनले एक महिना कपडा धुन्थे । ०४४ सालअघि वृद्धाश्रममा चिया पिउँन पाइँदैनथ्यो, तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री वृद्धाश्रम घुम्न आउँदा वद्धवृद्धाहरुबाट चिया पिउँन नपाएको गुनासो सुनेपछि बिहान–बिहानका लागि चियाको व्यवस्था हुन थाल्यो । एक व्यापारीको सहयोगमा दूध–चियाको व्यवस्था सुरु भएको थियो । ‘सुवास भन्ने व्यपारी थिए, उनैले हामीलाई ६ महिनासम्म दूध खुवाएका थिए’, उनले भने– ‘यहाँका कर्मचारी राक्षस थिए, ती व्यापारीलाई के चित्त बुझेन, दूध दिन छाडिदिए ।’ कुन–कुन समयमा वृद्धाश्रमका कुन–कुन हाकिम आए, अहिले ती कहाँ छन्, सबै कन्ठस्थ सुनाउँछन् । ‘व्यापारीले दूध दिन छाडेपछि ओमकार हाकीमसा’ब आउनुभएको थियो । तनहुँको नेवार हो उहाँ । अहिले पनि अफिसर नै हुनुहुन्छ, कोरियागाउँमा पनि उहाँको घर छ’, हाकिमबारे राउतले सुनाए– ‘उनै हाकिमले सरकारी दूधको व्यवस्था गरे । अनि मात्रै हामीले बिहान–बेलुका दूध हालेको चिया खान पायौं ।’ वृद्धाश्रममा कपडाहरु दानद्वारा आउने गर्छन् । ‘मैले लगाएको गन्जि साहु महाजनहरुले बाँड्न ल्याएका हुन् ।’ आफुले लगाएको लुगाहरु देखाउँदै राउतले भने ‘०४७ साल अघिको यो कटु झ्यालखानामा बनेको हो । साह्रै बलियो छ । पञ्चायतकालमा लाग्नेलाई लगौंटी र महिलालाई फरिया चोलो मात्रै आउने गथ्र्यो । अहिले धेरै किसिमको आउन थालेको छ । ०५३ साल देखि दाताहरुसँगै वृद्धाश्रममा कपडाहरुको दान पनि ओइरिन थालेको हो । त्यो भन्दा अघि सरकारले ६ महिनामा एक पटक लगाउने कपडा दिने गरेको थियो । वृद्धाश्रममा दैनिकजसो एक–दुई वृद्ध–वृद्धाको मृत्यु हुन्छ, ती सबै उनका साथीहरु नै पर्छन्  । कति मन मिल्ने साथीहरु बितेको देख्दा उनलाई निकै दुःख लाग्छ । ‘मिलेका साथी धेरै मरिसके, फेरि नमिलेका साथी आउँछन्’, उनले भने– ‘यहाँ यस्तै हो । यो चलिरहन्छ ।’ मृत्युदेखि डर लाग्दैन राउतलाई । मरेकाहरुमध्ये केही नाम भने उनी कहिल्यै बिर्सन सक्दैनन् । ती  नाम हुन् उनले दिदी मानेकाहरु । ‘ओखलढुङ्गाकी टीकामाया दिदी मर्दा साह्रै दुःख लागेको थियो’, उनी सम्झन्छन्– ‘दिदी टिकामायाले दिएको चस्मासहितको मेरो नजर सधैं आर्यघाटतिर मोडिन्छ’ । त्यस्तै अर्की दिवंगत दिदीको नाम पनि सुनाउँदै भने– ‘लक्ष्मी दिदी मर्दा पनि साह्रै दुःख लाग्यो । उनले मलाई भाइ मानेकी थिइन्, खुब सहयोग गरेकी थिइन् । उनीहरु दुवैलाई त्यतै लगेर जलाइयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy