पौष २७ गते, २०७३ बुधवार 11th January, 2017 Wed०९:०९:०४ मा प्रकाशित
हामी डिल्लीबजार कारागारमा थुनिएका थियौँ । ०६२ देखि राजनीतिक आस्थाका बन्दी थियौँ । हामीमाथि ०६६ मा जेलकै गुन्डा लगाएर आक्रमण गरियो । हामी नराम्ररी घाइते भयौँ । मेरो हात भाँचियो । वीर अस्पताल लगेर प्लास्टर गरिदिए । घाइते अवस्थामा नै हत्कडी लगाएर हामी तीनजना आस्थाका बन्दीलाई सेन्ट्रल जेल लगे । रातको १० जति बजेको थियो । मलाई सीधै गोलघरमा हाले । गोलघर जेलभित्रको जेल हो । गोलघरमा सातवटा कोठा छन् । एउटा कोठामा एकजना मात्र कैदी राखिन्छ । एउटा कोठामा राखेर मलाई बाहिरबाट ताला लगाइदिए । रातभर भोकै भएँ । ओढ्ने–ओछ्याउने थिएन । चिसो छिँडीमा बस्नुपर्यो । भोलिपल्ट बिहान ९ बजे मात्र ढोका खोलिदिए । बाहिर निस्किएँ । साँघुरो ठाउँ । त्यहीँ बसेर दुईजना चेस खेलिरहेका । एउटाले रुखो स्वरमा सोध्यो, ‘कहाँबाट आइस् तँ रु’ यसो हेरेँ । लामो कपाल पालेको । हेर्दै डरलाग्दो । उसले मलाई थर्काउने गरी सोधेको थियो । ‘डिल्लीबजार कारागारबाट, आस्थाको बन्दी हुँ,’ मैले भनेँ ।
‘माओवादी होस् ?’ उसले सोध्यो । ‘हो’ भनेँ । ‘देव गुरुङ चिन्छस् रु’ फेरि सोध्यो । चिन्छु भनेँ । भित्र गएर एउटा डायरी ल्यायो । ‘यहाँ देव गुरुङलाई कुटेर थिलथिलो बनाउँदा तातोपानीले सेक्ने मै हुँ, जेल सार्दा छुटेको उसको डायरी अझै मसँग छ, पछि लगेर दिनू,’ उसले डायरी देखायो । पछि थाहा पाएँ, ऊ पञ्चायतदेखिकै गुन्डा विकास गुरुङ रहेछ । गोलघरमा एउटा चाइनिज पनि थियो, लागुऔषधमा परेको । अपहरणकारी अमर टन्डन र ख्याति हत्याकाण्डमा परेको बिरेन श्रेष्ठ पनि थिए । बिरेन श्रेष्ठले मलाई चाउचाउ पकाएर खान दिए । गोलघरमा सबैभन्दा कम उमेरको म नै थिएँ । अचम्म मानेर सबैले मेरो पार्टीको हैसियत सोधिरहेका थिए । १२ बजेतिर खाना ल्याइदिए । सुँगुरको चारोजस्तो । दालभात एकै ठाउँमा । मैले खाइनँ । विकास गुरुङले आफूलाई पकाएको मलाई पनि दियो ।
डिल्लीबजारको घटनाबारे मेरो बयान लिन कारागार व्यवस्थापन विभागका महानिर्देशकसहितको टोली आयो । उनीहरू गएपछि गोलघरभित्रको कुवाछेउ घाम तापेर विकास गुरुङसँगै बसेको थिएँ । एउटा ‘स्मार्ट गेटअप’को मान्छे बाहिर निस्कियो । ‘ऊ शोभराज आयो’ विकास गुरुङले भन्यो । शोभराज सरासर हामीतिरै आयो । ‘हलो माई न्यु फ्रेन्ड हाऊ आर यु ?’ उसैले बोलायो । मैले परिचय दिएँ । ‘आई एम शोभराज’ उसले पनि निकै गर्वका साथ आफ्नो नाम लियो । अंग्रेजी निकै राम्रो रहेछ । निकैबेर कुरा भयो । म माओवादी भन्ने थाहा पाएपछि निकै खुसी भयो ।
‘मेरी सासूआमा पनि माओवादी हो नि, बाबुरामको कानुनी सल्लाहकार, तिमी चिन्दैनौ रु मेरी श्रीमती निहिताको आमा, शकुन्तला,’ उसले एकैपटकमा बतायो । शकुन्तलाले ‘माओवादीको सत्ता आएपछि म मुद्दा मिलाउँछु, तिमीलाई छोडाउँछु,’ भनेकी रहिछिन् । त्यही विश्वासले होला शोभराजले माओवादीको खुब प्रशंसा गर्यो ।
मलाई फेरि मांसाहारी बनायो
अघिल्लो दिन मात्र प्लास्टर गरेको मेरो हात सुन्निरहेको थियो । उसले छेउमा आएर हेर्यो । ‘ओहो, यो त क्याल्सियमको कमीले हो, पख म सुप खुवाउँछु ।’ यति भनेर भित्र गयो । सुप बनाएर ल्याएछ । निकै स्वादिलो थियो । फ्रेन्च सुप हो भन्थ्यो । फ्रान्सबाटै उसकी श्रीमतीले पठाएको रे । खाइसकेपछि पो ‘मटन सुप हो’ भन्यो । म साकाहारी भएको तीन वर्ष भएको थियो । ‘साकाहारी भएर केही हुन्न, घाउ निको हुन मटन खानुपर्छ, साँझ मगाएको छु, म खुवाउँछु,’ भन्यो । सुपमा मासु खाइसकेको थिएँ । साकाहारी हुने त्यस्तो ठूलो कारण पनि थिएन । बेलुका एक बटुको मासु दियो । स्वादिलो गरी पकाएको थियो । भात बिरेन श्रेष्ठले दिए । तरकारी विकास गुरुङले दिए । यसरी शोभराजले फेरि मांसाहारी बनायो ।
राति १२ बजे जिम गथ्र्यो
गोलघरमा मलाई राखेको कोठाको ठीक सामुन्ने कोठामा उसलाई राखिएको थियो । भोलिपल्टदेखि उसको दिनचर्या थाहा पाउन थालेँ । अनौठो लाग्यो । उसको कोठाबाट राति १२ बजे लामोलामो श्वास फेरेको आवाज आउँथ्यो । खुल्दुली लाग्थ्यो । तर, ढोकामा ताला हुनाले राति ९ बजेपछि निस्कन नपाइने । पछि थाहा पाएँ ऊ १२ बजेपछि जिम गर्दो रहेछ ।
डाल्डाघ्यूका बट्टामा इँटा र बालुवा राखेर कपडाले बेरी जिमका सामग्री बनाएछ । जर्किनमा पानी भरेर पनि उचालेर जिम गथ्र्यो । त्यसपछि खाना खाएर सुत्दोरहेछ । बिहान १२ बजे मात्र उठ्ने । साँझ ‘वाक गर्नुपर्छ’ भन्थ्यो । वाक गर्ने ठाउँ थिएन । त्यही सानो १५ पाइलाजति ठाउँमा हिँडिरहन्थ्यो । मलाई पनि हिँड्न भन्थ्यो । ऊसँग वाक गर्दा नै उसका धेरै कुरा मैले थाहा पाएँ ।
सबैका कोठामा ९ बजे ताला लाग्ने । पिसाब गर्ने बट्टा भित्रै हुन्थ्यो । दिसा आए भाइ नाइकेलाई भनेर जान पाइन्थ्यो । तर, शोभराजले गोलघरको शौचालय कहिल्यै प्रयोग गरेन । दिउँसो पनि प्रयोग गर्दैन थियो । ऊ बट्टामा पिसाब फेथ्र्यो । पत्रिकामा दिसा गथ्र्यो र प्लास्टिकमा पोको पारेर फोहोर फ्याँक्ने ड्रममा हालिदिन्थ्यो । ऊ अरूले भनेको टेर्दैनथ्यो । नाइकेहरूलाई पैसा दिएर आफ्नो बनाएको थियो । ऊसँग प्रशस्त पैसा हुन्थ्यो ।
अरूले प्रयोग गरेका कुनै पनि कुरा ऊ प्रयोग गर्दैनथ्यो । ‘अरूले प्रयोग गर्ने शौचालय म जान्न’ भन्थ्यो । भाँडा पनि अरूले चलाएको प्रयोग गर्दैनथ्यो । उसलाई खानेकुरा र कपडा फ्रान्सबाट आउँथ्यो । जेलले दिने सुविधाको ऊ पैसै लिन्थ्यो । उसले खाने चुरोट पनि विदेशबाटै आउँथ्यो । नेपाली ब्रान्ड खाँदैन थियो । कोठामा भने खाँदैन थियो । बाहिर मुढामा बसेर कफी या चियासँग खान्थ्यो । लाइटर विदेशी नै थियो । फिल्मस्टारले जस्तो सानले खान्थ्यो ।
चेसमा सधैँ कालो गोटी लिन्थ्यो
शोभराज चेसको सोखिन रहेछ । राम्रो खेल्थ्यो । गोलघरमा सातजना थियौँ । म ऊबाहेक सबैलाई जित्थेँ । तर, शोभराजलाई आक्कलझुक्कल मात्र जित्थेँ । हामी प्रायः दिउँसो ३ बजेपछि खेल्थ्यौँ । अरू काम नहुने हुनाले समय कटाउने माध्यम पनि यही थियो । शोभराज कालो गोटी खेल्न मन पराउने । सेतो खेलेको त आक्कलझुक्कल मात्र देखियो । ऊ ‘फस्र्ट स्टेप’ अरूले चालुन् भन्ने चाहन्थ्यो । अनि आफ्नो योजना बुन्थ्यो । सेतो गोटी खेल्नुप¥यो भने अनुहारै बिगाथ्र्यो ।
अरूलाई ‘१० स्टेप वा १५ स्टेपमा जित्छु’ भनेर खेल्दो रहेछ । प्रायः भनेकै स्टेपमा जित्थ्यो पनि । पहिलोपटक खेल्दा मलाई पनि १५ स्टेपमा जित्ने चुनौती गर्यो । तर, सकेन । उसले जिते पनि खेल प्रतिस्पर्धात्मक भयो । म पनि विद्यालय हुँदैदेखिको चेसको सोखिन । मलाई प्रतिस्पर्धी पाएपछि खुव खुसी पनि भयो । मसँग चेस खेल्न खुवै मन पराउँथ्यो ।
पुस्तकको सोखिन थियो
शोभराज अंग्रेजी पुस्तक खुवै पढ्थ्यो । साहित्य मन पराउँथ्यो । अंग्रेजी, स्पेनिस, फ्रेन्च, डच, हिन्दीलगायतका भाषामा दख्खल थियो । यी सबै भाषाका पुस्तक पढ्थ्यो । कोठामा पुस्तकको चाङै थियो । खासगरी जासुस उपन्यास, मनोविज्ञान, अपराध र राजनीतिका पुस्तक अत्यधिक पढ्थ्यो । साइन्स र साइन्स फिक्सन पनि उसको मनपर्ने विधा हो । स्टेफन हकिङ्सको ‘ब्रिफ हिस्ट्री अफ टाइम’ र ‘लाइफ इन साइन्स’ पनि पढेको देखेँ । गोर्कीको आमा उपन्यास पनि ऊसँग थियो ।
उसले मलाई हकिङ्सका दुवै पुस्तक पढ्न दिएको थियो । चाल्र्स डिकेन्सको ब्लिक हाउस, दोस्तोभस्कीको क्राइम एन्ड पनिस्मेन्ट, टोल्सटोयको वार एन्ड पिस र अन्ना क्यारेनिना, हर्मन हेसेको सिद्धार्थ उसैले दिएको हो । पुस्तक पढेर उसलाई फिर्ता दिनुपथ्र्यो । ऊ आफैँ पनि लेखक हो । गोलघरमै बसेर चारवटा उपन्यास लेखिसकेको सुनाउँथ्यो । तर, देखाएन । अन्डरवल्र्डसँग सम्बन्धित एउटा स्क्रिप्ट सञ्जय दत्तलाई चार करोडमा बेचेको उसले सुनाउँथ्यो । फिल्म पनि बनिसकेको बताउँथ्यो ।
विश्व राजनीतिमा गहिरो रुचि
उसले विश्वको राजनीति खुबै पढेको थियो । समकालीन राजनीतिक घटनामा पनि उसको चासो थियो । निरंकुश शासकहरूलाई मन पराउँथ्यो । नेपोलियन बोनापार्ट, हिटलर, मुसोलिनी, स्टालिन, चे ग्वेभाराको फ्यान थियो । तीसँग सम्बन्धित पुस्तक पढ्थ्यो । नेपालमा पनि ‘डिक्टेटर’ चाहियो भन्थ्यो । निरंकुशतन्त्रले नै देश विकास हुन्छ भनेर पटकपटक दोहोर्याउँथ्यो । माओवादी निरंकुश बन्नुपर्छ भन्ने उसको मत थियो । शोभराज रेडियो खुव सुन्थ्यो । प्रायः बिबिसी सुन्थ्यो । बिबिसीका राजनीतिक समाचारमा उसको चासो थियो । अलइन्डिया पनि सुन्थ्यो । रेडियो खोलखाल पारेर आफैँ बनाउँथ्यो । उसलाई त एकपटक रेडियो ब्यान्ड गरेको थियो । रेडियोलाई मोबाइल बनाउँछ भन्थे । उसको रेडियोले अनेक स्टेसन टिप्थ्यो । मलाई पनि उसले एउटा रेडियो उपहार दिएको थियो । फ्रान्सबाट पठाएको रेडियो भन्थ्यो । ‘मेड इन फ्रान्स’ नै लेखिएको थियो ।
शोभराज भारतलाई भने फिटिक्कै मन पराउँदैनथ्यो । ‘सी ग्रेड’ को र ‘सिस्टम’ नभएको देश भन्थ्यो । भारतको पुलिस विश्वकै भ्रष्ट हो भन्ने उसको मत थियो । भारतको जेल हरेकपटक ब्रेक गर्न सक्ने घोषणै गरेको थियो । नेपालमा भने ओभर कन्फिडेन्टले पक्राउ परेको उसको भनाइ थियो । प्रहरीले उसबाट गोलघरमा समेत दुई–तीनपटक मोबाइल बरामद गरेको थियो । नाइके, भाइनाइके किनेर खानेकुरामा हालेर मोबाइल गोलघर लगेको थियो । तिहाड जेल ब्रेक कसरी गरेको भनेर कहिल्यै भनेन । खालि भारतका प्रहरीको आलोचना मात्र गथ्र्यो ।
अश्लील पत्रिका पढ्थ्यो
ऊ आफूलाई ‘बिजिनेसम्यान’ ठान्थ्यो । आफूले ‘ड्रग्स ट्राफिकिङ बिजनेस’ गरेको स्वीकार गथ्र्यो । तर, हत्या गरेको अस्वीकार गथ्र्यो । उसको हाउभाउबाट भने महिलाप्रति उसको आसक्ति छ भन्ने देखिन्थ्यो । मलाई ऊ बिकिनी किलर नै हो भन्ने लाग्छ । तर, कुनै योजना बनाएर नभई उत्तेजनामा आएर मारेकोजस्तो लाग्छ । मेरो विचारमा उसलाई हिस्टेरिया थियो । महिलालाई बिकिनीमा देखेपछि मारूँमारूँ लाग्ने मनोरोग थियो कि जस्तो लाग्छ । अश्लील पत्रिका खुवै पढ्थ्यो । खासगरी अंग्रेजी, फ्रेन्च र स्पेनिस भाषाका अश्लील पत्रिका पढ्थ्यो । उसको कोठामा यस्ता पत्रिका धेरै हुन्थे । तर, कसरी आउँथ्यो मैले थाहा पाइनँ । ऊ हस्तमैथुन पनि धेरै गर्छ भनेर गोलघरमा बस्ने अरूले सुनाउँथे ।
निहिता मेरी अन्तिम श्रीमती भन्थ्यो । वास्तवमा उसको दिमाग निकै तेज थियो । उसले जेलबाट छुट्न निहितालाई प्रयोग गर्न खोजेजस्तो लाग्छ । उनलाई वकिल बनाएर मेरो मुद्दा जेनेभा पु¥याउँछु भन्थ्यो । निहिता आइरहन्थी । कतिपटक मसँग पनि भेट भएको हो । आमासँगै आउँथी । ‘माई डियर’ भन्थी । निकै परिपक्व कुरा गर्थी । शोभराजले प्रायः निहिताको हातमा किस गथ्र्यो । दुवैजना निकै माया छ भन्ने देखाउँथे ।
गोलघरबाट बाहिरिएँ
झन्डै चार महिना बसेपछि मलाई गोलघरबाट बाहिर सारे । त्यसपछि संगत छुट्यो । तर, कहिलेकाहीँ गोलघरबाहिर भएको जेलको पुस्तकालयमा भेट हुन्थ्यो । ऊ पुस्तक र पत्रिका लिन आउँथ्यो । उसलाई मान्छे भेट्न आउँदा पनि देखादेख हुन्थ्यो । हामी हात पनि मिलाउँथ्यौँ । तर, बाहिरका मान्छेलाई गोलघरकासँग बोल्न अनुमति थिएन । कुराकानी भने हुँदैन थियो ।
गज्जव साप्ताहिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: