Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

थापा र गच्छदारसहित सरकार विस्तारको तयारी

\"\"काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित गराउन पनि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको रणनीतिमा लागेका हुन् । प्रचण्डले युएईको चारदिने भ्रमणअघि नै थापा र गच्छदारलाई मन्त्री बनाउन लागेका छन् । प्रचण्ड १ माघमा हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा भाग लिन युएईको आबुधाबीतर्फ जाँदै छन् । प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष थापासँग २६ पुसमा र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग २५ पुसमा छलफल गरेका थिए । प्रचण्ड राप्रपाका थप मन्त्री बनाएर र फोरम लोकतान्त्रिकलाई पनि समेटेर सरकार बलियो बनाउने योजनामा छन्। कांग्रेसले मन्त्रिपरिषद् विस्तार गर्न सकिने बताए पनि अहिले आफ्नो भागमा परेका मन्त्रालय छाड्न चाहेको छैन । राप्रपा अध्यक्ष कमल थापालाई नभएर नेता दिलनाथ गिरीको नेतृत्व गराएमा सहज हुने कांग्रेसको भनाइ छ । यसो गर्दा अहिले प्रधानमन्त्रीसँग रहेका मन्त्रालयमा राप्रपालाई मनाउन सकिन्छ भन्नेमा कांग्रेस छ । सत्ता गठबन्धनको सहमतिअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा राप्रपा अध्यक्ष कमल थापालाई समेट्ने, तर अहिले गिरीलाई नै सरकारमा सहभागी गराउन कांग्रेसले राप्रपासँग छलफल गरेको छ । परराष्ट्र मन्त्रालय छाड्नुपर्ने भएकाले कांग्रेसले थापालाई सरकारमा सहभागी गराउन नचाहेको हो । थापा र गच्छदार सहभागी भए संशोधन विधेयक पारित हुने बुझाइ प्रधानमन्त्री प्रचण्ड ३७ सिट रहेको राप्रपा र १४ सिट रहेको फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउँदा संविधान संशोधन विधेयक पारित हुन बल पुग्ने बुझाइमा छन् । एमालेसहितका विपक्षी नौ दलले विधेयक पारित हुनै नदिने रणनीति अपनाएपछि सरकारले मन्त्रिपरिषद् विस्तार गरेर जाने रणनीति बनाएको हो । राप्रपा र फोरम लोकतान्त्रिकले संशोधनमा खुलेर समर्थन नगरेकाले संशोधनमा समर्थन लिन मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । राप्रपाभित्रै पनि अप्ठ्यारो दुई राप्रपा एक नभएको अवस्थामा वाणिज्य र भूमिसुधार मन्त्रालय लिएर राप्रपाको एक पक्ष सरकारमा गएको थियो । तर, राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि संसद्मा बलियो शक्ति बनेको छ । अब मन्त्रालय लिँदा दुवै पक्षका नेताहरू सरकारमा सहभागी हुनुपर्ने दबाब नेतृत्वलाई छ । यो अप्ठ्यारो हल गर्न र संविधान संशोधनमा समर्थन खोज्न प्रधानमन्त्रीले राप्रपालाई थप मन्त्रालय दिएर सरकारमा सहभागी गराउन चाहेका हुन् । सरकारले भद्रताको शोषण गरिरहन मिल्दैन अग्नि खरेल, एमाले नेता हामीले अवरोध गर्दागर्दै संशोधन विधेयक पेस गरिएको हो । तर, अब त्यसैगरी प्रक्रिया अघि बढ्न सक्दैन र त्यसो गर्न एमालेले दिँदैन । हामीले अस्ति भद्रताको सीमाभित्र रहेर विरोध गरेका हौँ, तर हाम्रो भद्रताको शोषण गरिरहन र तोड्न मिल्दैन । हामी हेरिरहेका छौँ, सरकार कसरी प्रस्तुत हुन्छ । सरकार जसरी प्रस्तुत हुन्छ, त्यसैगरी जवाफ दिन हामी तयारी अवस्थामै छौंँ । थापालाई उपप्रधानमन्त्री र परराष्ट्र प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष कमल थापासँग यसअघिको सरकारमा लिएका मन्त्रालय दिने गरी छलफल गरेका छन् । ओली सरकारमा थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । उनलाई सो जिम्मेवारी दिन प्रधानमन्त्री तयार छन् । त्यस्तै स्थानीय विकास र खानेपानी मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक रहेको स्रोतको भनाइ छ । दुई राप्रपा एकीकरण भएकाले राप्रपालाई थप तीन मन्त्रालय दिने प्रस्ताव प्रधानमन्त्री प्रचण्डको छ । राप्रपाले अहिले वाणिज्य र भूमिसुधार मन्त्रालय पाएको छ । गच्छदारलाई उपप्रधानमन्त्री र सञ्चार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पनि उपप्रधानमन्त्री तथा सञ्चार मन्त्रालय दिने गरी प्रधानमन्त्रीले प्रस्ताव गरेको स्रोतको भनाइ छ । २५ पुसमा गच्छदारसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले दुई मन्त्रालय दिन सकिने बताएको स्रोतको भनाइ छ । सञ्चारबाहेक महिला, बालबालिका तथा समाजकल्याण वा पशु मन्त्रालयमध्ये एक दिन सकिने प्रस्ताव प्रधानमन्त्रीको छ । अन्य मधेसी दल भने तत्काल सरकारमा जाने तयारीमा छैनन् । तर, सत्तासाझेदारबीच मिलेको छैन कुरा राप्रपालाई थप मन्त्रालय दिने र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने विषयमा सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्र सहमत छन् । तर, कुन–कुन मन्त्रालय कसरी दिने भन्नेमा कुरा मिलेको छैन । प्रधानमन्त्री प्रचण्ड एकीकरणपछिको राप्रपालाई सत्तासाझेदारीमा महत्वपूर्ण स्थान दिएर समेट्न चाहन्छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवा राप्रपाका अन्य नेतालाई मन्त्री बनाउने र राप्रपा अध्यक्ष कमल थापालाई रोक्न चाहन्छन् । परराष्ट्र मन्त्रालय छाड्ने मनस्थितिमा देउवा छैनन् । कांग्रेसले राप्रपा नेता दिलनाथ गिरीलाई मन्त्री बनाउन प्रस्ताव गरेको छ । कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले गिरीसँग पटक–पटक छलफलसमेत गरेको स्रोतको भनाइ छ । निधि र गिरीबीच तीन–चार चरण छलफल भइसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy