पौष २८ गते, २०७३ बिहिवार 12th January, 2017 Thu०७:५६:१२ मा प्रकाशित
काठमाडौं, २८ पुस । मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ । इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ ।
आजको कारोबार दैनिकमा खबर छ– यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन् । तीन वर्ष अघिसम्म सहरमा पनि राम्रोसँग नचल्ने थ्रीजी (थर्ड जेनेरेसन) सेवा अब गाउँसम्मै पुगिसकेको छ भने नयाँ वर्षसँगै सहरी क्षेत्रका उपभोक्ताले फोरजी चलाउन थालिसकेका छन् ।
नेपाल टेलिकमले हाल राजधानी काठमाडौं र पोरखामा फोरजी सेवा संचालनमा ल्याएको छ । सहरमा फोरजी सेवा सञ्चालन भइरहँदा सेवा प्रदायक कम्पनीहरू गाउँँमा भने थ्रीजी सेवा विस्तारमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । यसले गाउँदेखी सहरसम्म डेटा सेवाको पहुँच उल्लेख्य बढेको देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म कुल जनसंख्याको ५३.२९ प्रतिशतले डेटा सेवा प्रयोग गरेका छन् । १ करोड ४१ लाख २० हजार डेटा प्रयोगकर्तामध्ये अधिकांश प्रयोगकर्ता मोबाइलमा आधारित छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल मोबाइल सेवाको पहुँच बढेसँगै डेटा प्रयोग बढेको बताउँछन् । “सहरमा फोरजी संचालन हुँदा अहिले जिल्लामा थ्रीजी सेवाको व्यापक विस्तार भएको छ,” उनले भने, “सूचना प्रविधिको विकास सहरदेखी गाउँसम्मै भएको छ ।”
अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै राजधानीमा लङटर्म इभोलुसन ९एलटीई० फोरजी सेवाको सुरुवात भएको छ भने यसलाई प्रविधिका क्षेत्रमा एउटा फड्को भन्ने गरिएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले राजधानीलगायत देशका प्रमुख सहरमा फोरजी सेवा विस्तारलाई पहिलो चरणमा विस्तार गर्ने कार्ययोजना अगाडी सारेको छ ।
अहिले कम्पनीले प्रस्तावित गाउँपालिकामा थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ । कम्पनीले सहरमा फोरजी र गाउँमा थ्रीजी हुँदै समग्र देशमा ब्रोडव्याड इन्टरनेट पु¥याउने जनाएको छ । राजधानी लगायतका देशका १५ सहरमा पहिलो चरणमा फोरजी सेवा संचालन गर्ने कम्पनीको लक्ष्य छ ।
टेलिकमले संचालनमा ल्याएको फोरजी सेवामा ३२.४ एमवीपीएस पिक डेटारेट डाउनलोड गति छ । आईपी टेलिफोनी, गेमिङ सर्भिस, भिडियो कन्फरेन्सिङ, हाई डेफिनेसन मोवाइल टिभी तथा क्याउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आर्कषण हुन ।
थ्रीजी सेवामा भने टेलिकम र एनसेलको तिब्र प्रतिस्पर्धा छ । एनसेलले टूजीमा आधारित भ्वाईस र डेटा सेवा देशैभरी पु¥याइसकेको छ । डेटा सेवा दुर्गम स्थानहरूमा पु¥याउन र आफ्नो थ्रीजी सेवा ७५ जिल्लामै पु¥याउन कम्पनीले डेटामा फोकस हुँदै काम गरिरहेको छ । अहिले कम्पनीले थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ ।
डेटा सेवा ग्रामीण तथा दुर्गम जिल्लामा पुगेपछि त्यहाँका जनताहरूले अनलाइन समाचार हेर्ने र इमेल गर्ने सुविधा पाएका छन् भने फेसबुकजस्ता सामाजिक सञ्जालहरूमा पनि ग्राहकको उपस्थिति बढेको कम्पनीका कम्युनिकेसन एक्स्पर्ट मिनलमणि शर्मा बताउँछन् । सन् २०१० मै एनसेलले सगरमाथा आधार शिविरको ५ हजार ३ सय ८० मिटर उचाईमा थ्रीजी सेवा सुरु गरेको उनले बताए । कम्पनी हाल फोरजी सेवा संचालनको तयारीमा छ ।
टेलिकमले एक करोड लाइनको जीएसएम मोवाइल सेवा अन्तर्गत टूजीलाई थ्रीजीमा अपग्रेड कार्य तिब्र पारेको छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले एक करोड लाइन जीएसएम मोबाइल योजनामा थ्रीजी सेवालाई प्राथमकितामा राखिएको र विस्तार समेत बढेको बताइन् ।
पश्चिमाञ्चल तथा राजधानीमा सबै टूजीलाई थ्रीजीमा प्रतिस्थापन गरिएको छ भने बाँकी क्षेत्रमा समेत थ्रीजी विस्तारको काम अगाडी बढेको छ । अहिले सवै जिल्ला सदरमुकाममा थ्रीजी सेवा पुगिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: