Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भारी हिमपातले युरोपेलीको जीवन कष्टकर

रोमानिया, २८ पुस । पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको जनाइएको छ । मुठ्ठीजस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरीमाथि थुपरी लागेर आइरहेका छन् । अति कठ्याङ्ग्रिनु पर्ने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भै दिनाले यात्रामा ज्यादै कठिनाइ र बिलम्ब, ठाउँ ठाउँमा बिद्युत आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले हजारौँ मानिसलाई तहस नहस र चिन्तित तुल्याएको छ । यस वर्षको कडा ठण्डी युरोप भर फैलिँदा कम्तीमा ६५ जनाको ज्यान लिइसकेको छ । बुधबार मात्र कडा ठण्डी कै कारण पोल्यान्डमा दुई जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै बुधबार बिहानैदेखि रोमानियामा सुरु भएको हिमपात, खपिनसक्नुको जाडो र चीसो हावाका कारण १३० गन्तव्यतर्फ जाने सडक यातायात ठप्प भएका छन् भने रेलहरू राम्ररी चल्न नसक्दा सबैतिर ज्यादै बिलम्ब भएको छ । शीघ्र यातायात सेवा ९कम्म्युटर०, मध्यम तथा लामो दूरीका हजारौँ बस तथा मिनीबसहरू यातायात सञ्चालन गर्न नसकी सुरुङ्गमार्ग ९सब–वे० मा आश्रय लिई रोकिरहन बाध्य छन् । सडकभरी तथा यत्रतत्र हिउँ जमेकाले हिमक्रिडा ९स्की० का अनगिन्ती सौखिनहरू कतैकतै बडो रमाएर खेलिरहेका पनि देखिन्छन् । त्यस्तै, सर्बियामा पनि कठ्याङ्ग्रिने ठण्डीले छ जनाको ज्यान लिएको छ । त्यहाँका सरकारी अधिकारीहरूले भारी हिमपात भइरहेका क्षेत्रका बस्तीबाट १३० जनालाई उद्धार गरी अन्तै लगेका छन् । बाटोघाटोको हिउँमा फसेका यात्रुहरूको उद्धार गर्न बिशेष प्रकारका दर्जनौँ गाडी परिचालन गरिएको छ । हिमपातबाट नराम्ररी प्रभावित रोमानिया र सर्बियाका सबै स्थानका विद्यालय अनिश्चित कालका लागि बन्दसमेत गरिएका छन् । रासस/एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending