Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

डोनाल्ड ट्रम्पलाई एक शिरियाली शरणर्थीले लेखे यस्तो मनै छुने पत्र

\"\"आदरणीय डोनाल्ड मेरो नाम अब्दुल्लाज डुखान हो । म १८ वर्षको भएँ । म सिरियाका ४ लाख विस्थापितमध्ये एक हुँ । हामीले हाम्रा आफन्तसँगै हाम्रा मुटुहरू गुमाएका छौं । यी यहाँका कुनै सडककिनारमा पुरिएका छन् । म यो पत्र तपाईंलाई राष्ट्रपतिमा निर्वा्चित भएकोमा शुभकामना सन्देशसहित प्रेषित गरेको हुँ । तपाईंलाई तपाईंका अभिव्यक्तिले हाम्रो भविष्यमा पार्ने प्रभावबारे पनि सचेत गराउनका लागि हो यो पत्र । हामीले अन्तर्रा्ष्ट्रिय समुदायबाट समर्थन प्राप्त होस् भनेर एउटा गुलाबबाट संघर्षको उठान गरेका थियौं । हामीले लिएको गुलाब बन्दुकमा परिणत भएको छ । तर पनि समर्थनको अपेक्षा अझै पनि रहेको छ । वर्षहरू बिते अहिलेसम्म न त गुलाबले काम ग¥यो न त हाम्रो आशाले काम गर्यो । के तिम्रा अघिल्ला शासकले हाम्रो आशाको पक्षमा काम गरे ? हामीलाई थाहा छैन । तर पनि हामीमा अझै विश्वास कायम छ । तिम्रा अभिव्यक्तिले हामीमा असर पार्छन् । तिमीले हाम्रो भविष्य परिवर्तन गर्न सक्छौ भन्ने आशा छ । आन्दोलन सुरु भएसँगै चार वर्षअगाडि हामी हाम्रो परिवारसहित सिरिया छाड्न बाध्य भयौं । तर, हामीले सैनिकका ट्यांकहरूविरुद्ध के नै गर्न सक्छौं र ? आकाशबाट मृत्यु खसिरहेका बेला हामी के नै पो गर्न सक्छौं र ? अरूहरू जस्तै हामी पनि टर्की पुग्यौं । टर्कीबाट ग्रिस आइपुगेका छौं । हामी हाम्रा सहरहरू, सडकका गल्ली र घरहरू ध्वस्त भएको दृश्य हेरेर यात्रा तय ग¥यौं । हामी कमजोर छौं । हामी अन्तर्रा्ष्ट्रिय समुदायको समर्थन चाहन्छौं । हामीलाई थाहा छ, यो समर्थन आउनेछ । यही विश्वासले हामी अगाडि बढेका छौं । हामीलाई यही विश्वासले चलायमान बनाएको छ । अहिले म शरणार्थी भएको छु । शरणार्थी शिविरमा जीवन बिताउन कठिन भनेको आफन्तहरूसँग टाढिनु हो । मानिसहरूले हामीबीचमा पर्खाल बनाएका छन् । यही पर्खालवरिपरि देशहरूले अर्को पर्खाल खडा गरेका छन् । आदरणीय भावी राष्ट्रपति, यी सीमाहरूले हाम्रा भविष्य मारिरहेका छन् । मैले सपनाहरू उनीहरूको शरीरसँगै मृत देखेको छु । आत्माविनाका मानिसहरूसँगै सपनाहरू टाढिएका छन् । हुन सक्छ आज शरणार्थीका रूपमा मेरो अन्तिम दिन हो । र, भोलि म विश्वको कुनै सुरक्षित कुनामा हुनेछु । हुन सक्छ, म फेरि मेरो प्यारो सिरिया नै फर्किएर पुनर्निर्माण थाल्नेछु । हुन सक्छ, म फेरि अर्को दिनको सपना देख्नेछु । आदरणीय भावी राष्ट्रपति, कसैले न कसैले हाम्रा शब्दहरू सुन्नेछन् भन्ने हामीले आशा गरेका छौं । हामीले विश्वास गरेका छौं यो तपाईंले गर्नुहुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending