Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

किन आज मनाइन्छ भूकम्प सुरक्षा दिवस ?

\"\" काठमाडौं, २ माघ । आज भूकम्प दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । सरकारले हरेक वर्ष माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउँदै आएको छ । १९९० सालमा आजकै दिन भूकम्प गएकाले माघ २ गते भूकम्प दिवस मनाउने गरिएको हो । नेपालीलाई भूकम्पबारे सचेत गराउन सरकारले केही वर्षदेखि भूकम्प दिवस मनाउँदै आएको छ । २०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प गएको नौ महिनापछि तत्कालिन केपी ओली नेतृत्वको सरकारले तामझामका साथ गत वर्ष माघ २ गते भूकम्प दिवस मनाएको थियो । पुनःनिर्माणको प्रारम्भ भएको घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र तत्कालिन प्रधानमन्त्री ओलीले बुङमतीमा निकै तामझामका साथ पुनःनिर्माणको शिलान्यास गरेका थिए । नब्बे सालको भूकम्प र ७२ सालको भूकम्पको दुई भिन्नाभिन्ने समय पारेर रानीपोखरी र बुङमतीमा पुनःनिर्माणको शिलान्यास गरिएको थियो । गतवर्ष माघ २ गते आजकै दिन राष्ट्रपति भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गरेको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण अघि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले निर्माणको ठेक्का दिएको कम्पनीले पुरातात्विक सम्पदा पुनर्निर्माणको मापदण्ड पूरा नगरेको भन्दै निर्माणमा रोक लगाएपछि पुनःनिर्माण त्यसै अलपत्र परेको छ । गतवर्षको माघ २ गते नै पारेर तत्कालीन ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गरेका थिए । उद्घाटनका लागि बनाइएको वृहत्त गुरुयोजनासहितको फ्ल्याक्स बोर्डसमेत च्यातिसकेको छ र पुनःनिर्माणको काम भने शुरु भएकै छैन । ऐतिहासिक सम्पदा क्षेत्रमा आवास निर्माणको मापदण्ड कस्तो हुने भन्ने निर्णय सरकारले गर्न नसक्दा अन्य सम्पदाहरुको पुनःनिर्माण पनि अन्यौलमा परेको छ । स्वस्थानी कथासँग गाँसिएको पुरानो बस्ती साँखुजस्ता पुराना बस्तीहरुलाई सघन बस्ती बनाउने काम शुरु भएकै छैन । यस्तै, तत्कालीन प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान थालेर आफ्नो एक महिनाको तलब बैंक खातामा जम्मा गरेको पनि एक वर्ष भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खोलेको उक्त बैंक खातामा करिब ११ करोड रुपियाँ जम्मा भए पनि पुनःनिर्माण थालिएको छैन । धरहरा पुनःनिर्माणको गुरुयोजना केही समयअघि सार्वजनिक गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: