Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विवादित विषयलाई संयूक्त महाधिवेशनबाट टङ्गयाउने गरी पार्टी एकता हुन्छः अध्यक्ष थापा

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल र राप्रपावीच विवादित विषयहरुलाई संयूक्त महाधिवेशनबाट टुङ्गयाउने गरी पार्टी एकता गर्ने तयारी भईरहेको खुलासा गरेका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने–‘राप्रपा नेपालले पनि संबैधानिक राजसस्था छाड्दैन, राप्रपाले पनि गणतन्त्र छाड्दैन । सिद्धान्तको विवादमा बहस कायमै राखेर एकता हुन्छ । मिल्ने विषयहरु अहिले नै मिलाउँछौ । नमिलेका विषयहरुलाई फरक मतको रुपमा सम्मान गर्दै उपयूक्त निकायबाट फैसला गर्ने गरी पार्टी एकता गर्छौ ।’ क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको सक्षात्कारमा थापाले देशमा बलियो प्रजातान्त्रिक राष्ट्रबादी शक्तिको आवश्यकता महसुस गरेर पार्टी एकताको पहल थालिएको भन्दै बार्ता टोलीवीच सकारात्मक ढंगले बार्ता जारी रहेकोले छिट्टै पार्टी एकता हुने विश्वास ब्यक्त गरे । उनले भने–‘अहिलेको पार्टी एकताको आधार गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई लिए भन्दा पनि प्रजातान्त्रिक राष्ट्रबादी शक्तिको आवश्यकताको महसुस नै हो । मैले पशुपति शमसेर राणा, सूर्यबहादुर थापा, प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दसँग कुरा गरेको छु । उहाँहरु पनि सकारात्मक हुनु हुन्छ ।’ संविधान निर्माण भएपछि  पार्टीको प्राथमिकता फेरिएर आर्थिक समृद्धि र सुशासन हुने भन्दै अहिलेको एजेण्डालाई भन्दा पनि त्यसबेलाको एजेण्डालाई हेरेर पार्टी एकता हुन थालेको थापाले बताए । उनले भने–‘पार्टी एकता संविधान निर्माणको लागि मात्रै होईन । संविधान जारी भएर लागु भएपछि  आर्थिक समृद्धि र शुसासन प्रमुख एजेण्डा हुन्छ । त्यो पनि एकताको आधार हो ।’ सनातन धर्म सापेक्ष राष्ट्र हुने गरी सर्व धर्म सम्मान सहितको सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने भन्दै उनले त्यसको अर्थ धर्मकै आधारमा कानून र शासन बनाउनु पर्छ भन्ने आफूहरुको माग नरहेको स्पष्ट पारे । छिटो संविधान निर्माण गर्न सत्तापक्षले बहुमतको दम्भ र निषेधको राजनीति छाड्नु पर्ने र विपक्षीहरुले पनि आन्दोलन छाड्नु पर्ने भन्दै कसैको पनि एजेण्डालाई निषेध नगरी संविधानसभामा बसेर निकास खोजे संविधान आउने विश्वास ब्यक्त गरे । यद्यपि उनले त्यसो गर्न नसके अहिलेको उपलब्धि र ब्यवस्था नै समाप्त हुने चेतावनी दिए । प्रधानमन्त्रीलाई एकसाता संविधानसभा स्थगित गर्न सुझाव आज प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका अध्यक्ष थापाले आफूले धर्म निरपेक्षता, संघीयता र गणतन्त्रका संबाहक एमाओवादी, मधेसवादी दलहरु र प्रमुख विपक्षी दल राप्रपा नेपाललाई अलग राखेर संविधान जारी गर्न र जारी गरिहाले पनि लागु गर्न नसकिने तर्फ सचेत गराएको जानकारी दिए । उनले सर्वदलीय बैठक बोलाएर एक साताको लागि संविधानसभाको बैठक स्थगित गरेर विवादित विषयहरुलाई संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिमा छलफल गर्न पठाउनु पर्ने सुझाव दिएको जानकारी दिदै आठौ दिन सहमति भए सहमति अनुसार र सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने प्रक्रिया सुरु गर्न आग्रह गरेको बताए । भेटको क्रममा प्रधानमन्त्री कोइराला संविधान निर्माणमा गंभिर, चिन्तित र ईमान्दार पाएको भन्दै उहाँले संविधान निर्माण र बार्तालाई सँगसँगै लाने बताएको जानकारी दिए । थापाले आफ्नो पार्टीको तर्फबाट संविधान निर्माणमा रचनात्मक र सकारात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको भन्दै विधी र प्रक्रियाबाट हुने निर्णय आफूहरुलाई स्विकार्य भएको बताएको जानकारी दिए । यद्यपि उनले प्रश्नावली समितिले अप्रजातान्त्रितक र असंबैधानिक तरिकाले धर्म निरपेक्षता, संघीयता र गणतन्त्रको विषयमा प्रश्न उठाउन नपाउने भनेर आफूहरुको हक खोसेको गुनासो गर्दै ति विषयहरुमा प्रश्न उठाउन निषेध गरे चैत्र २३ गतेको संविधानसभा अवरुद्ध पार्न बाध्य हुने चेतावनी दिएको बताए । उनका अनुसार प्रधानमन्त्रीले सबैले आ आफ्नो एजेण्डा उठाउन पाउनु पर्ने भन्दै यस विषयमा राप्रपा नेपालसँग बार्तागर्न सम्बन्धीत मन्त्रीलाई निर्देशन दिने प्रतिबद्धता ब्यक्त गरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies