Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नुवाकोटको बेतिनी जङ्गलमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको कारण खुल्यो

\"\" काठमाडौँ, २ माघ । मानवीय त्रुटिका कारण फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ । गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको 9N-ALA, AS 350 हेलिकोप्टरको जाँच अनुसन्धान प्रतिवेदनले पाइलटले बढी आत्मविश्वासका साथ अवस्थाको चेतना (सिचुवेसनल अवेरनेस) गुमाएकाले दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । दुर्घटनामा परी चालकसहित छ जनाको मृत्यु भएको थियो । उक्त हेलिकप्टर दुर्घटना भएलगत्तै हवाई विभागका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । तीनमहिने कार्यअवधि पाएको आयोगले थप दुई महिना लगाएर प्रतिवेदन तयार गरेको हो । विस्तृत प्रतिवेदन छिट्टै ल्याइने आयोगले जनाएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदनअनुसार हेलिकप्टरका चालकले गोरखाको फिलिमबाट काठमाडौँ फर्कदा नुवाकोटको ककनी र चुच्चेभिर क्षेत्रको उत्तरी एवम् पूर्वी साइडमा तल्लो उचाइमा सोचेभन्दा फरक प्रकृतिको द्रुतगतिमा उत्पन्न भएको स्थानीय कुइरोमा छिरी परिस्थितिबस छिर्ने र निस्कने क्रममा साँघुरो उपत्यकामा चलाउने कौशलता नभएकाले गर्दा कुइरोमा रुमलिएर हेलिकप्टरको मुख्य पङ्खाले चुच्चेभिरको चट्टानमा छुँदा दुर्घटना भएको सम्भाव्य कारण प्रस्तुत गरिएको छ । अधिकांश दुर्घटनामा इन्जिनको खराबी देखिने गरेको भए पनि यो घटनामा मानवीय पक्षलाई कमजोरी औँल्याइएको यस प्रतिवेदनमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र वायुयान सञ्चालकलाई पनि प्रश्न उठाइएको छ । आयोगका अध्यक्ष श्रेष्ठले दुर्घटनाग्रस्त हेलिकप्टर कुनै प्राविधिक त्रुटिका कारण नभई मानवीय स्वभावका कारण दुर्घटना भएको र यसमा नियामक निकायको पनि कमजोरी रहेको बताए । उड्डयन सुरक्षाका लागि अपनाउनुपर्ने २१ बुँदे सुझाव प्रस्तुत गर्दै श्रेष्ठले सम्बन्धित कम्पनीको लापरबाही, नियामक निकायको प्रभावकारी अनुगमन नहुनु तथा चालकमा पर्याप्त प्रशिक्षणको अभावले यस्ताखाले घटना दोहोरिने गरेको भन्दै आगामी दिनमा यस्ता पक्षलाई विशेष निगरानी र नियमन गरिनुपर्नेमा जोड दिए । ककनी रुटबाट करिब पाँच हजार ५०० फिटको उचाइमा रहेको हेलिकप्टर बादलको मुस्लोका कारण रुट परिवर्तन गर्न खोज्दा भिरमा ठोकिन पुगेको थियो । सन् १९९३ मा निर्माण भएको दुई हजार २५० किलोग्राम क्षमताको सो हेलिकप्टर दुर्घटना अवधिसम्म नौ हजार ८२ घन्टा ५० मिनेट उडेको प्रतिवेदनमा उल्लेख छ । सो अवसरमा पर्यटनमन्त्री शाहीले प्रतिवेदनले प्राविधिक पक्ष नभई मानवीय त्रुटि औँल्याइएकाले भविष्यमा यस्ता घटना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । दुर्घटनाको बारम्बार प्रतिवेदन बुझाउने तर तिनको कार्यान्वयन नहुने गरेको भन्दै मन्त्री शाहीले उड्डयन क्षेत्रलाई कसरी सुधार्ने भन्नेबारे नियामक निकाय र वायुयान सञ्चालकले जोखिमका कारण सुरक्षाका लागि अपनाउने रणनीतिबारे बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending