Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नियम लत्याउँदै एनसीसी बैंकको सञ्चालकमा सांसद बस्नेत

\"\"काठमाडौं, ३ माघ । कानुन विपरीत एनसीसी नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा सञ्चालक नियुक्त गरेको भेटिएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेत एनसीसी बैंकको संस्थापक समूह एनबी ग्रुपको प्रतिनिधित्व गर्दै सञ्चालक भएका हुन् । बस्नेत कांग्रेसका केन्द्रिय सदस्यसमेत हुन् । बैंक तथा वित्तीय संस्था विधेयकमा (बाफियामा) संवैधानिक तथा सरकारी पदमा रहेको कुनैपनि व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने मंसिरमा संसदको अर्थ समितिले पारित गरेको थियो । तर त्यसलाई लत्याउँदै बस्नेत सञ्चालक समितिमा नियुक्ति भएका छन् । उक्त अर्थ समितिको सदस्यसमेत भएका सांसद बस्नेतले आफैंले हस्ताक्षर गरेर पारित भएको बिधेयकलाई लत्याएको भन्दै चौतर्फि बिरोध हुन् थालेको छ । नेपाल राष्ट्र बैंकले २ वर्षदेखि व्यवस्थापन सम्हालेको एनसीसी बैंकमा ऐन विपरीत सांसदलाई सञ्चालक बनाएको हो । बैंकिङ कसुर र ठगीको मुद्धा झेलिरहेका व्यापारीहरु जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको प्रतिनिधित्व गर्दै उक्त बैंकमा सांसद बस्नेत नियुक्ति भएका हुन् । सांसद बस्नेत बैंकको संस्थापक सेयरधनी नभएपनि एनबी समूहले बनाएको विभिन्न कम्पनीमा सञ्चालक छन् । बिवादास्पद व्यापारीहरुलाई साथ दिने सांसद बस्नेत नेशनल हाईड्रोपावर कम्पनीमा एनबी समूहको प्रतिनिधिको रुपमा सञ्चालक पनि थिए । फाईदाका लागि जे पनि गर्न तयार हुने सांसद बस्नेतले पदको दुरुपयोग गर्दै आफैले बनाएको नीति नियमलाई लत्याउन खप्पिस छन् । स्रोतका अनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बाफियाको भावना विपरीत बस्नेतलाई सञ्चालक नबनाउन एनबी गु्प्रलाई आग्रह गरेका थिए । तर गभर्नर डा. चिरञ्जिवी नेपालको दबाबले सञ्चालक बनेको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: