Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नियम लत्याउँदै एनसीसी बैंकको सञ्चालकमा सांसद बस्नेत

\"\"काठमाडौं, ३ माघ । कानुन विपरीत एनसीसी नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा सञ्चालक नियुक्त गरेको भेटिएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेत एनसीसी बैंकको संस्थापक समूह एनबी ग्रुपको प्रतिनिधित्व गर्दै सञ्चालक भएका हुन् । बस्नेत कांग्रेसका केन्द्रिय सदस्यसमेत हुन् । बैंक तथा वित्तीय संस्था विधेयकमा (बाफियामा) संवैधानिक तथा सरकारी पदमा रहेको कुनैपनि व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने मंसिरमा संसदको अर्थ समितिले पारित गरेको थियो । तर त्यसलाई लत्याउँदै बस्नेत सञ्चालक समितिमा नियुक्ति भएका छन् । उक्त अर्थ समितिको सदस्यसमेत भएका सांसद बस्नेतले आफैंले हस्ताक्षर गरेर पारित भएको बिधेयकलाई लत्याएको भन्दै चौतर्फि बिरोध हुन् थालेको छ । नेपाल राष्ट्र बैंकले २ वर्षदेखि व्यवस्थापन सम्हालेको एनसीसी बैंकमा ऐन विपरीत सांसदलाई सञ्चालक बनाएको हो । बैंकिङ कसुर र ठगीको मुद्धा झेलिरहेका व्यापारीहरु जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको प्रतिनिधित्व गर्दै उक्त बैंकमा सांसद बस्नेत नियुक्ति भएका हुन् । सांसद बस्नेत बैंकको संस्थापक सेयरधनी नभएपनि एनबी समूहले बनाएको विभिन्न कम्पनीमा सञ्चालक छन् । बिवादास्पद व्यापारीहरुलाई साथ दिने सांसद बस्नेत नेशनल हाईड्रोपावर कम्पनीमा एनबी समूहको प्रतिनिधिको रुपमा सञ्चालक पनि थिए । फाईदाका लागि जे पनि गर्न तयार हुने सांसद बस्नेतले पदको दुरुपयोग गर्दै आफैले बनाएको नीति नियमलाई लत्याउन खप्पिस छन् । स्रोतका अनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बाफियाको भावना विपरीत बस्नेतलाई सञ्चालक नबनाउन एनबी गु्प्रलाई आग्रह गरेका थिए । तर गभर्नर डा. चिरञ्जिवी नेपालको दबाबले सञ्चालक बनेको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending