माघ ७ गते, २०७३ शुक्रवार 20th January, 2017 Fri०८:०४:१४ मा प्रकाशित
पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ । नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्न । तर, विश्वमा त्यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । केही त्यस्ता देशमा फेसबुकमाथि लागेको प्रतिबन्ध केही समयमा हटाइएको पनि छ । तर, अझै पनि केही देश छन् जहाँ फेसबुक चलाउनै पाइँदैन ।
दक्षिण एसियाली देश पाकिस्तानमा पनि फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । सन् २०१० मा जब फेसबुकमा धार्मिक गुरु पैगम्बर मोहम्मदको नाममा एउटा फेसबुक पेज बन्यो, तब पाकिस्तान सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । खासमा यो प्रतिबन्धचाहिँ त्यो पेज बनेकाले मात्रै लागेको पनि थिएन । त्यो पेजले पैगम्बरको कार्टुन र तस्बिर मागेर एउटा प्रतियोगिता सञ्चालन गरेपछि पाकिस्तान सरकारले यो कदम लिएको थियो । दुई साता लागेको प्रतिबन्ध पाकिस्तानले फुकुवा त गर्यो, तर अहिले पनि धार्मिक पेज वा तस्बिर केही पाकिस्तानबाट सञ्चालन गरेको पाइयो भने त्यो तुरुन्त ब्लक गरिन्छ ।
त्यस्तै, उत्तर कोरियाले पनि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । यसमाथि प्रतिबन्ध लगाउनुको कारणबारे उत्तर कोरियाले भनेको छ– देशको गोप्यता बाहिर नजाओस् भनेर यस्तो निर्णय गरिएको छ ।
उता, इरानमा पनि सन् २००९ मा फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यहाँ भएको निर्वाचनलगत्तै लागेको यो प्रतिबन्ध ४ वर्षपछि हटाइयो । तर, इरान सरकारले फेसबुकमाथिको प्रतिबन्ध हटाउँदा कुनै सूचना दिएन । अर्को देश भियतनाममा पनि फेसबुकविरुद्ध प्रतिबन्ध लागेको थियो । सन् २०१६ मा देशमा भएको विरोध र त्यसबारे फेसबुकमा भएको प्रचारका कारण यो प्रतिबन्ध लगाइएको थियो । तर, दुई साता नबित्दै फुकुवा गरिएको थियो । इजिप्टमा पनि राष्ट्रपति मुबारकविरुद्धको आन्दोलनमा फेसबुक प्रयोगकर्ता निकै बढेपछि प्रतिबन्ध लगाइएको थियो ।
राष्ट्रपतिबारे कसैले पनि गलत कुरा वा व्यंग्य नगरोस् भन्ने उद्देश्यले सन् २०१२ को नोभेम्बरमा ताजिकिस्तानले फेसबुकमाथि लगाएको प्रतिबन्ध त निकै लामो समय पनि कायम रहेको थियो । सरकारबारे बारम्बार विरोधका कुरा पोस्ट हुन थालेपछि नेपालको छिमेकी चीनले पनि फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । अहिले चीनमा पर्यटकले मात्र फेसबुक प्रयोग गर्न पाउँछन् ।
क्युबामा चाहिँ फेसबुकमाथि पूर्ण रूपमा प्रतिबन्ध त लगाइएको छैन, तर फेसबुक चलाउन चाहनेले त्यहाँ साइबर क्याफेमै पुग्नुपर्छ । बंगलादेशले पनि केही समयका लागि फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: