Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि सुस्त

\"\"काठमाडौं, ९ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् । तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ । आजको नयाँ पत्रिकामा खबर छ– त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने घोषणा गरेको छ । अब एक महिनाभन्दा केही दिन बढी रहँदासम्म उसले चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन । त्रिविले कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनका पदाधिकारीले आलोचना गर्न थालेका छन् । प्रधानमन्त्रीको प्रतिक्रिया पर्खंदै त्रिवि त्रिविले स्ववियु चुनावका लागि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा केन्द्रीय निर्वाचन कमिटी गठन गरिसकेको छ। स्ववियु चुनावका लागि त्रिविसमेत सक्रिय भएको उनको भनाइ छ । उनले स्ववियु चुनावको मितिको अनुमोदन र कार्यतालिकाका विषयमा प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग छलफल गरी सार्वजनिक गर्ने बताइन् । ‘हामीले कार्यतालिका पनि तयार पारेका छौँ,’ उनले भनिन्, ‘चुनावको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्‍यौँ, उहाँले अरू दलका शीर्ष नेतासँग छलफल गर्ने भनेकाले पर्खेका हौँ ।’ चुनावका लागि सुरक्षालगायतको विषयमा गृहमन्त्रीसँग छलफल गरी त्रिविले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । चुनावको कार्यतालिका ल्याउन ढिलाइ भएकोमा असन्तुष्टि त्रिविले कार्यतालिका सार्वजनिक गर्न ढिलाइ गरेकामा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आश्चर्य व्यक्त गरिन् । ‘हामी विद्यार्थी संगठन चुनावमा होमिएका छौँ, विश्वविद्यालयले कार्यतालिका ल्याउन किन ढिलाइ गरेको हो, अचम्म लाग्यो,’ उनले भनिन् । त्रिविका पदाधिकारीहरू धेरै विदेश उडेकाले ढिलाइ भएको उनको आरोप छ । नेविसंघमा २८ वर्षे उमेर हदबन्दीमा केही नेताको गुनासो रहे पनि संगठनले चुनावमा जाने तयारी गरेको छ । संघका अध्यक्ष नैनसिंह महरले अहिलेकै अवस्थामा पनि चुनावमा जाने बताए । संघका महामन्त्री कुन्दन काफ्लेले २८ वर्षे उमेर हदबन्दीमै चुनावमा जाने भन्दै शनिबार विज्ञप्ति जारी गरेका छन् । ०६५ पछि चुनाव हुँदै त्रिविमा ०६५ यता स्ववियु चुनाव हुन सकेको छैन । लामो समयसम्म समय थप्दै काम गर्ने जिम्मा पुरानो कमिटीलाई दिएपछि सर्वोच्च अदालतले कुनै पनि काम गर्न नदिन त्रिविलाई आदेश दिएको थियो । अहिले त्रिवि स्ववियुविहीन भएको छ । त्रिविमा पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ । स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ । यस्तो छ ठूला तीन संगठनको तयारी अनेरास्ववियु नवीना लामा, अध्यक्ष, अनेरास्ववियु
  • स्ववियु चुनावको तयारीका लागि उपाध्यक्ष महेश बर्तौलालाई जिम्मेवारी दिएका छौँ । आन्तरिक रूपमा गृहकार्य गर्दै छौँ।
  • १३ माघमा बसेको विस्तारित बैठकले निर्वाचनसम्बन्धी रणनीति बनाएको छ ।
  • चुनावको तयारीका लागि सबै कमिटीलाई बैठक राख्न निर्देशन दिइएको छ, विद्यार्थीको स्वागत कार्यक्रम गर्दै छौँ ।
  • केन्द्रमा ठूलो भेला गर्ने तयारी गरेका छौँ ।
  • प्रचारप्रसारका लागि रत्नराज्य क्याम्पस तोकेका छौँं ।
नेपाल विद्यार्थी संघ नैनसिंह महर, अध्यक्ष, नेविसंघ
  • स्ववियु निर्वाचनका लागि अध्यक्षको अध्यक्षतामा सात हजार एक मूल तयारी समिति गठन गरिएको छ ।
  • ६० वटा आंगिक क्याम्पसमा पठाउने गरी नेताको सूची तयार गर्दै छौँ ।
  • स्ववियु चुनावको घोषणापत्र तयार गर्दै छौँ ।
  • प्रचारप्रसारका लागि पार्टी र जिल्ला नेविसंघको नेतृत्वसँग समन्वय गर्दै काम भइरहेको छ ।
अनेरास्ववियु क्रान्तिकारी नरेन्द्र न्यौपाने, अध्यक्ष, अनेरास्ववियु क्रान्तिकारी
  • पदाधिकारीलाई क्याम्पसकेन्द्रित कार्यविभाजन गरेका छौँ ।
  • स्ववियुकेन्द्रित रणनीति बनाउन सातवटै प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेका छौँ ।
  • क्याम्समा जाडो बिदाभरि संगठनको आन्तरिक काम हुँदै छन् । खुलेपछि क्याम्पसकेन्द्रित हुने रणनीति छ ।
  • घोषणापत्र तयार भएको छ, केही दिनमै सार्वजनिक गर्छौँ ।
  • १ फागुनमा सभापतिका उम्मेदवार सार्वजनिक गर्छौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending