Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

एयरमार्सल राख्न चाहने अन्तर्राष्ट्रिय वायुसेवालाई बाटो खुला

\"\"काठमाडौं, ९ माघ । नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ। नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो। नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर सुरक्षाकर्मी राख्न पाइन्छ। नियमावली कार्यान्वयनमा आइसकेको छ। आजको नयाँ पत्रिकामा खबर छ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने विमानस्थल व्यवस्थापनलाई जानकारी गराएर कुनै पनि विमानले एयरमार्सल राखेको जानकारी नभएको बताएका छन्। ‘अहिले त्रिभुवन विमानस्थलमा रातमा रोकिने जेट एयरवेज नै हो,’ एक अधिकारीले भने, ‘तर, त्यहाँ चालक दलका सदस्यबाहेक अन्य व्यक्ति बाहिरिने गरेको पाइएको छैन।’ नेपाल सरकारले अहिलेसम्म कुनै पनि वायुसेवालाई एयरमार्सल राख्न अनुमति नदिएको ती अधिकारीको दाबी छ। भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत उडान गर्ने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र वायुयानमा छिर्न दिन्छन्। विमानस्थल सुरक्षाको जाँच प्रक्रिया पूरा गरी जहाज चढ्नेवेला यात्रुको शरीर तथा ह्यान्डब्याग खानतलासी भने हुँदै आएको विमानस्थल स्रोतको भनाइ छ। २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेपछि विमानस्थलमा सेकेन्डरी सुरक्षा जाँच प्रारम्भ भएको विमानस्थल अधिकारीहरू बताउँछन्। कसरी खुल्यो एयरमार्सलको रहस्य ? भारतसँग पुस पहिलो साता नयाँदिल्लीमा भएको वार्तामा नेपालले एयरस्पेस, इन्ट्रीप्वाइन्ट, एयररुटलगायत एजेन्डा लगेर गएको थियो। बैठक सुरु हुनासाथ भारतीय पक्षले जेट एयरवेजका एयरमार्सलको विषयमा छलफल हुने भए मात्र अन्य एजेन्डामा छलफल गर्न सकिने अडान लिएको थियो। नेपाली पक्षले भने नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ अनुसार प्रक्रिया पूरा गरी आउन आग्रह गरेपछि मात्र बैठक अन्य एजेन्डामा प्रवेश गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले संसद्को विकास समितिलाई जानकारी गराएका थिए । भारतीय जहाजमा एयरमार्सल रहेको खुलासा जेट एयरवेजलगायत कतिपय कम्पनीले इन्फ्लाइट सेक्युरिटी अफिसर राख्दै आएका थिए। तर, त्यो सार्वजनिक भएको थिएन। पुस पहिलो साता दिल्लीमा सम्पन्न नेपाल–भारतका अधिकारीहरूको नागरिक उड्डयनसम्बन्धी वार्तामा भारतले जेट एयरवेजमा आउने इनफ्लाइट सेक्युरिटी अफिसरलाई रातको समयमा होटेलमा बस्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए। त्यसवेलादेखि नै भारतीय जहाजमा एयरमार्सल आउने गरेको पुष्टि भएको थियो। पर्यटन मन्त्रालयको उच्च स्रोतका अनुसार अहिले पनि जेट एयरवेजको कतिपय उडानमा इन्फ्लाइट सेक्युरिटी अफिसर आउँछन्। उनीहरूले आफ्ना हतियार विमानस्थलस्थित सुरक्षा निकायमा बुझाएर अध्यागमन प्रक्रिया पूरा गरी होटेलमा गएर बस्ने गरेका छन्। नेपालले पनि राख्न पाउँछ एयरमार्सल पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार आफ्नो जहाज र यात्रुको सुरक्षाप्रति जोखिम महसुस गरेको अवस्थामा नेपालले पनि इन्फ्लाइट सेक्युरिटी अफिसर राख्न पाउँछ। ‘यसका लागि सम्बन्धित मुलुकको नागरिक उड्डयनसम्बन्धी ऐन–कानुन भने पालना गर्नुपर्छ,’ विकास समितिले बिहीबार गरेको बैठकमा आचार्यले भने, ‘यसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि स्वीकृति दिएको छ।’ उनका अनुसार एयरमार्सल विमानभित्रै रहनुपर्छ। उनीहरू सादा पोसाकमा हुन्छन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending