Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सिद्धान्त मिल्नेसँग संघीय समाजवादीले एकता गर्ने

\"\"काठमाडौं, ९ माघ । संघीय समाजवादी फोरम नेपालले पार्टीको नीति, विचार र सिद्धान्त मिल्ने दलसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको राजनीतिक समितिको बैठकले संघीयता, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वशासन र स्वायत्तताको प्राप्तिका लागि पार्टी एकीकरण आवश्यक रहेको निर्णय गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग पार्टी एकीकरण गर्नेबारेमा छलफल तीव्र भइरहेका वेला फोरमले यस्तो निर्णय गरेको हो । १३ मंसिरमा भट्टराई र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकीकरणको औपचारिक अभ्यास गरेका थिए । त्यसयता घनीभूत छलफल नभए पनि अनौपचारिक छलफल भने भइरहेको छ । संशोधन विधेयक परिमार्जन आवश्यक फोरमले संसद्मा प्रस्तुत संशोधन विधेयक परिमार्जन आवश्यक रहेको निर्णय गरेको छ । मधेसी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष निकाल्दै सहमतिमा परिमार्जन भए स्वीकार गर्ने बताएको छ । ‘संघीयता, समावेशीता, समानुपातिक समावेशी र पहिचानको मुद्दाहरू सम्बोधन नगर्ने विधेयकलाई आन्दोलनरत पक्ष संघीय गठबन्धन र मधेसी मोर्चाको सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन भए मात्र स्वीकार गर्न सकिनेछ,’ बैठकको निर्णय सुनाउँदै फोरम नेपालका अध्यक्ष यादवले भने । उनले जसका लागि संविधान संशोधन गर्न खोजिँदै छ, उसैको माग, मुद्दा र सहमतिलाई सरकारले बेवास्ता गरेपछि परिमार्जनविना संशोधन विधेयकको कुनै औचित्य नभएको बताए । मोर्चा–गठबन्धनलाई विस्तार गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनलाई सशक्त बनाउन विस्तार गर्ने फोरमको निर्णय छ । संघीयता र पहिचान पक्षधरहरू एकठाउँमा उभिनुपर्ने निष्कर्ष निकाल्दै बैठकले मुद्दा मिल्ने दल वा संगठनसँग सहकार्य, मोर्चाबन्दी र कार्यगत एकता गरी अघि बढ्ने निर्णय गरेको हो । न्यायाधीशको नियुक्ति असमावेशी उच्च अदालतमा ८० जना न्यायाधीशहरूको नियुक्ति गैरलोकतान्त्रिक र असमावेशी रहेको फोरमले टिप्पणी गरेको छ । न्यायाधीश नियुक्ति असमावेशी, विभेदकारी र राजनीतिक भागबन्डा र जातीय तथा समुदायिक पूर्वाग्रहका आधारमा गरिएको भन्दै बैठकले अदालतको गरिमा र स्वतन्त्र न्यायालयको अवधारणामाथि गम्भीर प्रहार भएको निष्कर्ष निकालेको छ । स्थानीय तहको प्रतिवेदन अस्वीकार फोरमले स्थानीय तह पुनर्संरचना आयोगले तयार गरेको सात सय १९ वटा स्थानीय तहको संख्यासहितको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । मधेसको समस्या समाधान नभई प्रतिवेदन तयार भएको भन्दै फोरमले प्रतिवेदन अस्वीकार गर्ने उल्लेख गरेको हो । आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । फोरमले प्रादेशिक क्षेत्राधिकारका विषयहरू स्थानीय निकायलाई गाउँपालिका, नगरपालिका, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरूलाई पूर्ण रूपमा प्रादेशिक क्षेत्राधिकारभित्र राख्नुपर्ने माग गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy