Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

लिभरपुलमाथि स्वायन्साको रोमान्चक जित : युनाईटेड सिटी रोकिए

\"\"काठमाडौं, ९ माघ । इङ्लिस प्रिमियर लिगमा बलियो क्लब मानिएको लिभरपुलमाथि अंक तालिकाको पुच्छरमा रहेको स्वायन्सा सिटीले ३–२ को जित निकालेको छ । शनिबार राति भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरी खेलेका लिभरपुल र स्वायन्साले दोस्रो हाफमा आक्रामक खेल पस्केका थिए । दोस्रो हाफको ४८ औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो गोल गरेको ४ मिनेटभित्रै अर्थात ५२ औं मिनेटमा उनै फर्नान्डो लोरेन्टेले अर्को गोल थपेर स्वायन्सालाई २–० ले अघि बढाए । ५५ औं मिनेटमा लिभरपुलका लागी फिरमिन्होले गोल फर्काएर खेलमा फर्कने संकेत गरे । उनैले ६९ औं मिनेटमा अर्को गोल थपेर खेललाई बराबरीमा ल्याए तर ७४ औं मिनेटमा सिगुर्डसनले स्वायन्साका लागी अर्को गोल थपे । दोस्रो हाफमा मात्रै ५ गोल भएको खेलमा अरु गोल पनि हुने अनुमान लगाईरहेका दर्शक त्यतिबेला निराश भए जतिबेला रेफ्रीले समय सकिएको जनाउ गरे । यो पराजयसँगै लिभरपुलको उपाधि दावी करिबकरिब सकिएको छ । \"\"यसैगरी शनिबार राति नै भएको खेलमा म्यानेचेष्टर युनाईटेड स्टोक सिटीसँग बराबरीमा रोकिएको छ भने आफ्नो किर्तिमानि गोलमा पराजयको नजिक पुगेको युनाईटेडलाई कप्तान वायन रुनीले जोगाएका छन् । म्यानेचेष्टर युनाईटेडका लागी रुनीले स्टोक सिटीसँगको खेलमा इन्जुरी समयमा गरेको बराबरी गोल युनाइटेडका लागि गरेको दुई सय ५० औं गोल हो । रुनीले सन बबी चार्लटनको कीर्तिमान तोडेका हुन् । चार्लटनले दुई सय ४९ गोल गर्दै कीर्तिमान बनाउनुभएको थियो । रुनीले गरेको दुई सय ५० औं गोल प्रिमियर लिगको यो सिजनमा दोस्रो गोल हो । सन् २००४ मा १८ वर्षको उमेरमा एभर्टनबाट आएका रुनी युनाइटेडको इतिहासमा सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका हुन् । तर यसअघि युनाईटेडका हुआन माटाले खेलको १९ औं मिनेटमा गरेको आत्मघाति गोलले युनाईटेड पराजयको नजिकै पुगेको थियो । यसैगरी अर्को खेलमा म्यानेचेष्टर सिटीले टोटनह्यामसँग २–२ को बराबरी खेलेको छ । बराबरीसँगै दुबै टोलीको उपाधि दावेदारी कमजोर बनेको छ । दोस्रो हाफको ४९ औं मिनेटमा साने र ५४ औं मिनेटमा ब्रुनेले गरेको दुई गोलको अग्रता सिटीले जोगाउन नसक्दा बराबरीमा पुगेको हो । टोटनह्यामका लागी डेली अलिले ५८ औं मिनेटमा र सन ह्युङ मिनले ७७ औं मिनेटमा गरी २–२ को बराबरी गरेका थिए । \"\"लिभरपुलको पराजय, युनाईटेड, सिटी र टोटनह्यामको बराबरीले शिर्ष ४ भित्र रहनका लागी यि टोलीहरुबिच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ भने शिर्ष टोली चेल्सीलाई अंक तालिकामा सहज भएको छ । तेस्रो स्थानमा रहेको आर्सनलको ४४ अंक छ । आइतबार हुने खेलमा जित निकालेको खण्डमा आर्सनल दोस्रो स्थानमा उक्लने छ । टोटह्यामको ४६, लिभरपुलको ४५, सिटीको ४३, युनाईटेडको ४१ र एभर्टनको ३६ अंक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy