Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

लिभरपुलमाथि स्वायन्साको रोमान्चक जित : युनाईटेड सिटी रोकिए

\"\"काठमाडौं, ९ माघ । इङ्लिस प्रिमियर लिगमा बलियो क्लब मानिएको लिभरपुलमाथि अंक तालिकाको पुच्छरमा रहेको स्वायन्सा सिटीले ३–२ को जित निकालेको छ । शनिबार राति भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरी खेलेका लिभरपुल र स्वायन्साले दोस्रो हाफमा आक्रामक खेल पस्केका थिए । दोस्रो हाफको ४८ औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो गोल गरेको ४ मिनेटभित्रै अर्थात ५२ औं मिनेटमा उनै फर्नान्डो लोरेन्टेले अर्को गोल थपेर स्वायन्सालाई २–० ले अघि बढाए । ५५ औं मिनेटमा लिभरपुलका लागी फिरमिन्होले गोल फर्काएर खेलमा फर्कने संकेत गरे । उनैले ६९ औं मिनेटमा अर्को गोल थपेर खेललाई बराबरीमा ल्याए तर ७४ औं मिनेटमा सिगुर्डसनले स्वायन्साका लागी अर्को गोल थपे । दोस्रो हाफमा मात्रै ५ गोल भएको खेलमा अरु गोल पनि हुने अनुमान लगाईरहेका दर्शक त्यतिबेला निराश भए जतिबेला रेफ्रीले समय सकिएको जनाउ गरे । यो पराजयसँगै लिभरपुलको उपाधि दावी करिबकरिब सकिएको छ । \"\"यसैगरी शनिबार राति नै भएको खेलमा म्यानेचेष्टर युनाईटेड स्टोक सिटीसँग बराबरीमा रोकिएको छ भने आफ्नो किर्तिमानि गोलमा पराजयको नजिक पुगेको युनाईटेडलाई कप्तान वायन रुनीले जोगाएका छन् । म्यानेचेष्टर युनाईटेडका लागी रुनीले स्टोक सिटीसँगको खेलमा इन्जुरी समयमा गरेको बराबरी गोल युनाइटेडका लागि गरेको दुई सय ५० औं गोल हो । रुनीले सन बबी चार्लटनको कीर्तिमान तोडेका हुन् । चार्लटनले दुई सय ४९ गोल गर्दै कीर्तिमान बनाउनुभएको थियो । रुनीले गरेको दुई सय ५० औं गोल प्रिमियर लिगको यो सिजनमा दोस्रो गोल हो । सन् २००४ मा १८ वर्षको उमेरमा एभर्टनबाट आएका रुनी युनाइटेडको इतिहासमा सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका हुन् । तर यसअघि युनाईटेडका हुआन माटाले खेलको १९ औं मिनेटमा गरेको आत्मघाति गोलले युनाईटेड पराजयको नजिकै पुगेको थियो । यसैगरी अर्को खेलमा म्यानेचेष्टर सिटीले टोटनह्यामसँग २–२ को बराबरी खेलेको छ । बराबरीसँगै दुबै टोलीको उपाधि दावेदारी कमजोर बनेको छ । दोस्रो हाफको ४९ औं मिनेटमा साने र ५४ औं मिनेटमा ब्रुनेले गरेको दुई गोलको अग्रता सिटीले जोगाउन नसक्दा बराबरीमा पुगेको हो । टोटनह्यामका लागी डेली अलिले ५८ औं मिनेटमा र सन ह्युङ मिनले ७७ औं मिनेटमा गरी २–२ को बराबरी गरेका थिए । \"\"लिभरपुलको पराजय, युनाईटेड, सिटी र टोटनह्यामको बराबरीले शिर्ष ४ भित्र रहनका लागी यि टोलीहरुबिच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ भने शिर्ष टोली चेल्सीलाई अंक तालिकामा सहज भएको छ । तेस्रो स्थानमा रहेको आर्सनलको ४४ अंक छ । आइतबार हुने खेलमा जित निकालेको खण्डमा आर्सनल दोस्रो स्थानमा उक्लने छ । टोटह्यामको ४६, लिभरपुलको ४५, सिटीको ४३, युनाईटेडको ४१ र एभर्टनको ३६ अंक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: