Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बढ्दो उमेरसँगै छाला विग्रिन नदिन यस्ता उपाय अपनाउनुहोस

काठमाडौं, ९ माघ । स्वस्थ शरीरका लागि विभिन्न पोषण चाहिएजस्तै स्वस्थ छालाका लागि पनि पोषण र केयर आवश्यक पर्छ । छालामा पानीको मात्रा ब्यालेन्समा राखेर छालाको जवानी कायम राख्नुपर्छ । बढ्दो उमेरसँगै छालाको सौन्दर्यलार्य कसरी बचाईराख्ने भन्ने सन्दर्भमा व्युटिसियन कल्पना शाक्यले दिएका केही टिप्सहरु तपाईलाई हामी दिन गइरहेका छौ ।  कतिपय ठान्छन, मेकअप गरेको छाला चाँडै बूढो हुन्छ । तर, यो होइन । फेस स्किनका लागि मेकअप आवश्यक पर्छ । तर, मेकअप प्रोडक्ट, लगाउने तरिका तथा वेलैमा रिमुभ र मेकअप रिमुभपछि लगाउनुपर्ने क्रिमबारे ख्याल गर्नुपर्छ । सफा गर्दा स्किनको प्रकृतिअनुसारको क्लिन्जिङ मिल्क या काँचो दूध प्रयोग गर्नुपर्छ । यसले छाला बिग्रिन दिँदैन । २५–३० वर्षको उमेरपछि छाला चाउरिने प्रक्रिया सुरु हुन थाल्छ । यसलाई रोक्न छालामा पोषणको ब्यालेन्स मिलाउनुपर्छ । स्किन प्रोफेसनल तथा सौन्दर्यविद्सँग छालाको हेरविचार गर्ने तरिकाबारे ज्ञान लिनुपर्छ । छालामा कुनै समस्या आएमा देखासिकीको भरमा उपचार सुरु गर्नु गम्भीर गल्ती हुन्छ । आफ्नो छालाको प्रकारअनुसार मात्रै उपचार गर्नुपर्छ । छालाअनुसार नै आवश्यक प्रोडक्ट प्रयोग गर्नुपर्छ । छालाको जवानी खुइल्याउने प्रमुख तत्व घाम हो । घामको असरबाट छाला जोगाउनैपर्छ । अल्ट्राभाइलेट किरणका कारण छालामा विभिन्न समस्या निम्तिन्छ । त्यसैले उच्च गुणस्तरको सन प्रोटेक्सन क्रिम घरभित्र बस्दा या बाहिर निस्किँदा नियमित लगाउनैपर्छ । चिसो हावा र धुवाँ—धुलोले पनि छालालाई रुखो बनाउन भूमिका खेल्छ । रुखो छाला चाँडै बिग्रिन्छ । त्यसैले स्किनअनुसारको मोस्चराइजर नियमित प्रयोग गर्नुपर्छ । आन्तरिक स्वास्थ्यले छालाको स्वास्थ्यमा प्रभाव पार्छ । विभिन्न आन्तरिक रोग तथा समस्याले छालामा पनि असर पार्छ । आन्तरिक रोग निम्त्याउन धुम्रपान र मद्यपानको ठूलो भूमिका हुन्छ । त्यसैले धुम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ । ब्यालेन्समा पानी सेवन गर्नाले छालाको चमक कायम राख्न भूमिका खेल्छ । स्वस्थ छालाका लागि हरेक जवान व्यक्तिले दैनिक कम्तीमा आठ गिलास पानी पिउनैपर्छ । हप्तामा एकपटक फेसियल छालाका लागि जरुरी पर्छ । फेसियलले छालाको डेड सेल्स हटाएर सफा राख्न मद्दत गर्छ भने पोषण पनि पूर्ति गर्छ । फेसियल गर्दा हुने मसाजले फेसमा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँछ । तर, फेसप्याक छालाअनुकूलको हुनुपर्छ भने फेसियल गर्ने तरिका सही हुनुपर्छ । नियमित शारीरिक व्यायामले शरीर र छाला स्वस्थ राख्छ । मानसिक तनावबाट पनि मुक्त हुनुपर्छ । मानसिक तनावले हर्मोनहरूमा गडबडी ल्याउने र छालामा पनि असर निम्त्याउने गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending