Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

निर्वाचन नभए ०१७ को भन्दा भयानक दुर्घटना : प्रधानमन्त्री

\"\"काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका छन् । निर्वाचनसँग सम्बन्धित सबै विधेयक १५ माघभित्र पारित गरिने उनको दाबी छ । प्रमुख तीन दलबीच शनिबार भएको छलफलपछि परिस्थिति सकारात्मक दिशातर्फ अघि बढेको प्रचण्डको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ– ‘प्रमुख दलका नेतासँग भएको शनिबारको छलफलपछि परिस्थिति सकारात्मक दिशामा अघि बढेको छ,’ संसदीय मामिला पत्रकार समाजले आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘यही १५ गतेभित्र निर्वाचनसँग सम्बन्धित सबै विधेयक पारित गरेर निर्वाचन आयोगलाई दिएपछि निर्वाचनको घोषणा गरिनेछ, २५ देखि ३० वैशाखभित्र कुनै दिन तोकेरै निर्वाचनको मिति घोषणा हुने सम्भावना बढेको छ ।’ प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए । ‘निर्वाचन हुन सकेन भने मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा छ, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ,’ उनले भने, ‘नेपाल राष्ट्रको एकतालाई भत्काउने प्रयास भइरहेका वेला मधेसी, पहाडी, हिमाली सबै एक भएर जुध्नुको विकल्प छैन ।’ निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितालगायतका सबै उपलब्धि धरापमा पर्ने भन्दै मधेसी मोर्चासहित सबै दललाई जिम्मेवार बन्न उनले आग्रह गरे । संविधान संशोधनका लागि तीन विकल्प प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन टुंग्याएर निर्वाचनमा जान तीनमध्ये कुनै एक विकल्पका लागि मधेसी मोर्चा र एमाले तयार हुनुपर्नेमा पनि जोड दिए । ‘सकभर सबैको सहमतिमा, सहमति नभए प्रक्रियाबाट संशोधन टुंग्याउन सकिन्छ, त्यसबाट पनि निर्वाचनलाई असर पर्छ भने अर्को तरिका अपनाउन सकिने मधेसी मोर्चाका नेता र अरू पार्टीका नेताहरूलाई भनेको छु,’ तेस्रो विकल्पमा छलफलका लागि प्रस्ताव गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘अहिलेको संशोधन प्रस्तावमाथि प्रक्रिया बढाउँदै अर्को तरिकाबाट मुद्दा सम्बोधन हुनेगरी संशोधन गर्न सकिन्छ, त्यसबाट मधेसी, थारूलगायत सबैको मुद्दा सम्बोधन गर्न सहयोग गर्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy