माघ १० गते, २०७३ सोमवार 23rd January, 2017 Mon०७:३६:१५ मा प्रकाशित
काठमाडौं, १० माघ । कैलालीको बेद उप्रेती ट्रष्टले टर्किस एयरबाट खरिद गरेको एयरबस विमानको बडीलाई सिनामंगलमा राखिने भएको छ । कैलालीको धनगढीमा रहेको ट्रष्टलाई नागरिक उड्डयन प्राधिकरणले वार्षिक ५४ लाख भाडा तिर्ने सर्तमा सिनामंगलमा रहेको खाली जग्गा उपलब्ध गराएको छ ।
आजको कान्तिपुरमा खबर छ– यो खाली जमिनमा ट्रष्टले कम्तीमा ६ करोड लगानीमा विमान संग्रहालय स्थापना गर्दै छ । संग्रहालयका लागि ३ हजार वर्ग मिटर जमिन प्रयोग हुने छ । प्राधिकरणले संग्रहालयलाई हाल ५ वर्षका लागि सिनामंगलको खाली जमिन उपलब्ध गराएको हो ।
२०७१ फागुन १९ गते साँझ इस्तानबुलबाट उडेको यो विमान २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमै दुर्घटना भएर चौरमा धस्सिएको थियो । नौ महिना मात्रै उडेको यो विमान काठमाडौंमै मर्मत गर्दा आर्थिक व्ययभार जहाजको मूल्य हाराहारी पुग्ने भएपछि गत कार्तिकमा टर्किसले ट्रष्टका कार्यकारी प्रमुख क्याप्टेन बेद उप्रेतीलाई जहाजको बडी बिक्रि गरेको थिए ।
विमानको विक्री मूल्य भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । तर ब्रान्ड न्यू खरिद गर्दा यो विमानको बजार मूल्य कम्तीमा २३ अर्ब रुपैयाँ हाराहारी हुन्छ ।
विमानस्थलको पूर्वी भागमा राखिएको यो जहाजलाई १० वटा टुक्रा बनाई लरीमा राखेर सिनामंगल ल्याइएको हो । ‘हरेक रात १२ बजेदेखि ३ बजेसम्म लरीमा राखेर ल्याउँदा ५ दिन लाग्यो,’ क्याप्टेन उप्रेतीले भने । उनका अनुसार, अबका ६ महिनाभित्र संग्रहालय तयार भइसक्ने छ ।
सिनामंगल ल्याइएका टुक्राहरु जोड्न टर्कीबाटै ४ जना इन्जिनियर र प्राविधिकहरु काठमाडौं आएका छन् । यो विमानसँगै एउटा फिस्टेलको लाङटाङमा दुर्घटनामा परेको हेलिकप्टर पनि राखिने छ ।
यो एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाई १ सय ९७ फिट छ ।
‘विश्वमै एयरबसको ए–३३० विमान संग्रहालयमा राखिएको छैन, दुर्घटनामा जहाज परिहाले प्रायस् ध्वस्त नै हुन्छन् नेपालका लागि यो घटना दु:खद भएपनि एयरबसको ए ३३० विमान संग्रहालयमा प्रयोग हुनु दुर्लभ हो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने । उनका अनुसार, ठूलो विमानमा चढ्ने मौका नपाएका नेपालीहरुका लागि यो राम्रो पर्यटकीय तथा सिकाईको गन्तव्य हुनसक्छ ।
यो संग्रहालयसँग प्राधिकरणले पनि सहकार्य गरेको छ । प्राधिकरणले संग्रहालय मुलुकभरका सबै माध्यामिक र उच्च माध्यामिक तहका विद्यार्थीका लागि निःशुल्क अवलोकन गर्न सकिने ट्रष्टसँग सम्झौता गरेको छ ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले विश्वभर संचालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम ९एनग्याप० अन्र्तगत यो संग्रहालय संचालन गरिने प्राधिकरणले सम्झौतामा उल्लेख गरेको छ ।
‘विश्वभर हवाई क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेकाले आइकाओले जारी गरेको आगामी पुस्तालक्षित कार्यक्रमको मोडल अनुरुप यो संग्रहालय संचालनमा ल्याउन लागेको क्याप्टेन उप्रेतीले बताए । उनले नेपाली हवाई उद्योगमा पनि क्याप्टेनरप्रशिक्षक पाइलट लगायतको अभाव बढ्दै गइरहेकाबेला यो कार्यक्रमले उड्डयन विषय पढ्ने विद्यार्थीको संख्या बढाउन सघाउने बताए ।
हाल इन्डोनेसियाको लायन एयरमा एटीआर विमान उडाउँदै आएका उप्रेतीले दुई वर्षअघि धनगढीमा डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम त्यस भेगमा लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरी ट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम हेर्न भारतको उत्तर प्रदेश र उत्तराखण्डबाट पनि पर्यटकहरु पुग्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: