माघ १२ गते, २०७३ बुधवार 25th January, 2017 Wed०६:४६:०९ मा प्रकाशित
काठमाडौं, १२ माघ । मेलम्चीको पाइप बिछ्याउन सडक खनिएपछि चाबहिल र गौशाला क्षेत्र पनि हप्तौँदेखि अस्तव्यस्त छ । बिहानदेखि बेलुकीसम्मै त्यहाँ जाम हुन्छ र धुलोले सडक कुहिरीमण्डल हुँदा मोटरसाइकलचालक नचिनिने हुन्छन् । कतिपय ठाउँमा पानी चुहावटले हिलो पनि भएको छ । सोमबार दिउँसो एउटा ट्रक जयबागेश्वरीनजिक यस्तै खाल्डोमा पर्यो । चालकले निकाल्न जोड गर्दा चक्का झन् धसिएर अगाडिको भाग ढिकीजस्तै उचालियो । ट्रक फसेपछि ट्राफिक व्यवस्थापन झन् अस्तव्यस्त भयो ।
अाजको नयाँ पत्रिकामा खबर छ– तर, मंगलबार बिहान मात्र ट्रक निकाल्न सम्भव भयो । ‘पाइप बिछ्याइएको खाल्डामा लोड गरिएको ट्रक फस्यो । सोमबार दिनभर ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले भने, ‘तत्काल हटाउन सकिएन । मंगलबार बिहान बल्लतल्ल हटाइयो ।’ आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले पुरानो पाइपबाट रसाएको पानीले ट्रक फसेको, तर तत्काल निकाल्न नसक्दा जनताले दुःख पाएको बताए ।
मोटरसाइकल खाल्डोमा
शनिबार बिहान झिसमिसेमै मर्निङवाकमा निस्किएका हिमाल आरोही सञ्जय पण्डितले कोटेश्वरनजिकै खाल्डोमा एउटा मोटरसाइकल खसेको देखे । त्यसअघि यही खाल्डोमा कार खस्दा केही व्यक्ति घाइते भएका थिए । तर, कार र मोटरसाइकल दुर्घटनापछि पनि त्यो सडक बनाउने त परै जाओस्, ट्राफिक संकेत राख्नेसम्म काम भएको छैन । यस्तो लापरबाहीले काठमाडौंमा दुर्घटना बढेका छन् । यो सडकखण्ड बन्न थालेको भुइँचालोअघि नै हो । तर, काम सुस्त हुँदा यात्रु र चालकले धुलो खाने मात्र होइन, ज्यानको जोखिमसमेत मोल्नुपरेको छ ।
खन्नेले नै पिच गर्नुपर्ने हो तर, कारबाही कसले गर्ने ?
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले खनिएका सडक कालोपत्रे नहुँदा धुलो बढेको स्विकारे । ‘पाइप बिछ्याएलगत्तै सडक कालोपत्रे गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौता हो । तर, उनीहरूले गरेका छैनन् । जसले गर्दा उपत्यकाका सडकमा जताततै खाल्डाखुल्डी छन् र धुलोले समस्या छ,’ उनले भने । तापक्रम अनुकूल नभएकाले सडक कालोपत्रे गर्न समस्या भएको उनको भनाइ छ ।
अनुगमन र कारबाही कसले गर्ने भन्ने जिज्ञासामा ढकालले भने, ‘अनुगमन गर्ने जिम्मा निर्देशनालयकै हो । उनीहरूसँग बुझ्दा चिसोका कारण कालोपत्रे नगरेको भन्दै आएका छन् । कालोपत्रे गर्न निश्चित तापक्रम पुग्नुपर्छ । केही तातो हुनसाथै कालोपत्रे थाल्ने उनीहरूको भनाइ छ ।’
सडकको दुरावस्थाले राजधानीमा दुर्घटना बढ्दै
चक्रपथ सडकअन्तर्गत बालकुमारी–कोटेश्वर सडकखण्डका ठेकेदार बेपत्ता भएपछि सडक निर्माण अलपत्र छ । सडकको बीचमै ठुल्ठूला खाल्डा छन्, जसका कारण दैनिकजसो दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । सोमबार कोटेश्वरको ताजमहल रेस्टुरेन्टअगाडिको खाल्डोमा बा.९च ५३१३ नम्बरको कार खस्यो । चालक शिव घले घाइते भए । उक्त खाल्डोमा पटक–पटक मोटरसाइकल र साइकलसमेत खसिसकेको महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । सडक निर्माणका ठेकेदार बेपत्ता हुँदा उक्त सडकखण्ड अस्तव्यस्त भएको उनी बताउँछन् । खाल्डोमा गाडी पर्ने र ‘ब्याक’ भएर अर्को गाडीसँग ठोक्किने घटना दैनिक हुने गरेका छन् ।
धुलोका कारण दिउँसै अन्धकार
ताजमहलअगाडिको खाल्डोमा पटकपटक सवारीसाधन खसेपछि खाल्डो पुर्न ठेकेदार फेला नपारेपछि प्रहरीले त्यसको वरिपरि डिभाइडर राख्ने तयारी गरेको छ । राजधानीमा पहिलेदेखि नै सडक अवस्था खराब रहेकोमा पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले सडक भत्काउने र लामो समयसम्म नबनाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । कहिले धुलोको कारण त कहिले हिलोको कारण दुर्घटना हुने गरेका छन् । ‘धुलोको कारण दिउँसै अन्धकार हुन्छ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्की भन्छन्, ‘कहिले धुलोले बाटो नदेखिएर सवारीसाधन ठोक्किने गरेका छन्, कहिले धुलो हटाउन पानी हाल्दा हिलोमा चिप्लिएर मोटरसाइकल दुर्घटनामा परेका छन् ।’
गौशालामै केही दिनअघि धुलो कम गर्न बाटोमा पानी छ्याप्दा सडक हिलाम्मे भई मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यस्तै, मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएका खाल्डोमा परेर पनि धेरै दुर्घटना भएका छन् । खाल्डो खनेका ठाउँबारे कुनै संकेतसमेत राख्ने गरिएको छैन ।
सडकले ज्यान लिँदै
गत १८ मंसिरमा ना५ख ९०१४ नम्बरको ट्रकले नैकापमा बा.४६प ४३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नैकाप घर भएकी निर्मला विकको मृत्यु भयो । सडकको खराब अवस्थाका कारण उक्त दुर्घटना भएको थियो । सडकको खाल्डोमा परेर मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि बसेकी महिला लडेकी हुन् । सडककै कारण बल्खु तथा कलंकी क्षेत्रमा दुर्घटना बढेको कालिमाटी वृत्तका डिएसपी नवराज अधिकारी बताउँछन् ।
बल्खुको सडकमा रहेको खाल्डोकै कारण सर्वोच्च अदालतका शाखा अधिकृत राजाराम बिडारीले गत २४ कात्तिकमा श्रीमतीलाई गुमाउनुपर्यो, आफू पनि घाइते भए । घरबाट अफिस जाने क्रममा बल्खु चोकमा पुगेपछि मोटरसाइकल खाल्डोमा पर्यो । अनियन्त्रित भएर दाहिनेतर्फ पल्टिएपछि ट्रकले ठक्कर दिँदा बिडारीकी श्रीमतीको मृत्यु भएको थियो । जडीबुटीमा पनि गत कात्तिकमा सडकको खाल्डोमा खसेर एक साइकलयात्रीको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: