Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

राप्रपाले संशोधनमा समर्थन नगर्ने

काठमाडौं, १३ माघ । संविधान संशोधन विधेयकमा प्रमुख विपक्षी दल एमालेलाई एक्ल्याउन भगीरथ प्रयत्न गरेका प्रधानमन्त्री प्रचण्डका लागि सत्ता गठबन्धनभित्रैबाट गम्भीर चुनौती देखापरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– राप्रपा र राप्रपा नेपालको एकीकरणपछि संसद्मा ३७ सांसदसहितको तेस्रो ठूलो संसदीय दल राप्रपाले प्रस्तावित विधेयकलाई राष्ट्रहितविपरीत भन्दै यसलाई सहयोग र समर्थन नगर्ने घोषणा गरेपछि प्रचण्डलाई चुनौती थपिएको मात्र होइन, मतदानमा विधेयक राखियो भने त्यो पारित नहुने अहिलेको गणितीय समीकरणले देखाएको छ । सरकारमा सहभागी चौथो ठूलो दल राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रहितविपरीत रहेको निष्कर्ष निकाल्दै यथास्थितिमा त्यसका पक्षमा नजाने निर्णय गरेको छ । ‘संशोधन विधेयकमा रहेको नागरिकता, भाषा, सीमांकनलगायत विषय राष्ट्रहितअनुकूल नभएको ठहर गर्दै राप्रपा विधेयकलाई संसद्मा रहेका दल तथा सम्बद्ध पक्षसँग सहमति कायम गर्न आग्रह गर्छु, राप्रपाको निर्णयमा भनिएको छ । बैठकले राप्रपा सत्तासीन भए पनि परामर्शबिना ल्याइएको विधेयक परिमार्जन नगरिए समर्थन नगर्ने निर्णय गरेको प्रवक्ता राजाराम श्रेष्ठले बताए । मधेसकेन्द्रित दलको माग पूरा गर्ने नाममा संशोधन प्रस्तावले मधेसकेन्द्रित दललाई नै सन्तुष्ट पार्न नसकेको निष्कर्ष बैठकले निकालेको छ । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि संविधान कार्यान्वयनमा ठोस गति नलिएको भन्दै सरकारको शैलीप्रति राप्रपाले असन्तुष्टि प्रकट गरेको छ । त्यसैगरी बैठकले स्थानीय तहलगायत निर्वाचन सम्पन्न गर्न मधेसका जायज माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । परामर्श नै नगरी ल्याइएको विधेयक परिमार्जन नगरिए समर्थन नगर्ने निर्णय राप्रपाले गरेको छ । आगामी माघभित्र सबै तहको निर्वाचन गरिसक्नुपर्ने भएकाले अविलम्ब स्थानीय निर्वाचन घोषणा गर्न बैठकले सरकारसँग माग गरेको छ । केही समययता राष्ट्रिय अखण्डता तथा एकतामा आँच आउने काम भइरहेको भन्दै त्यसप्रति पार्टी गम्भीर भएको बैठकले ठहर गरेको छ । राष्ट्रिय अखण्डता, स्वतन्त्रता र राष्ट्रिय सार्वभौमकितालाई चुनाती दिँदै मधेसका नाममा भइरहेको गतिविधि संविधान र राष्ट्रिय हितविपरीत भएको निष्कर्ष पार्टीले निकालेको छ । यस्तो गतिविधि सानो भनेर तत्काल समाधान नभए पछि गम्भीर सुरक्षा खतरा बन्ने भन्दै उक्त पार्टीले सजग गराएको छ । राप्रपासँग एकताका लागि अखण्ड पार्टी नेपालले औपचारिक निर्णय गरेको भन्दै बैठकले त्यस विषयमा गृहकार्य गर्न कार्यदल गठन गरेको छ । पार्टीका उपाध्यक्ष दीपक बोहोराको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्ष राजीव पराजुली र कार्यसम्पादन समिति सदस्य हेमजंग गुरुङ छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy