Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

जात्रालाई शान्तिपूर्ण बनाउन सबै संयन्त्र प्रयोग गर्ने

भक्तपुर, यस वर्षको बिस्केट जात्रामा महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभर खुलारुपमा रक्सी बिक्री वितरण गर्ने भट्टीपसलहरु पूर्णरुपमा बन्द गराउने भएको छ । शान्ति बिथोल्न खोज्नेलाई पहिचान गरी पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले चोक–चोकमा सिसी क्यामरा जडान गर्ने भएको छ ।

छ्याङ (एक प्रकारकाे रक्सिकाे परिकार) नेवार जातिकाे सगुनकाे रूपमा लिइन्छ ।

प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवालासमेतको बैठकले यस्तो निर्णय गरेको हो ।

विगतका जात्रामा घर बाहिर खुला रुपमा बिक्री गरिने रक्सी र बजार क्षेत्रमा सञ्चालन भएका भट्टी पसलमा रक्सी खाएर जात्रामा आउनेले ढुङ्गा हानेर जात्रालाई हिंसामा परिणत गराउने गरेको पाइएकाले यस वर्ष जात्रा अवधिभर यस्ता पसल एवम् मदिरा बिक्री वितरण बन्द गराइने भएको हो ।

जात्रालाई भयमुक्त बनाउन स्थानीय क्लब, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि एवम् कार्यकर्तालाई जात्रामा स्वयम्सेवकका रुपमा परिचालन गरिने भएको छ ।

जात्रामा कडा सुरक्षा व्यवस्था गर्न नेपाल प्रहरी ७५० जना र सशस्त्र तथा अन्य गरी कम्तीमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ ।

रथ तान्ने र लिङ्गो उठाउने तथा ढाल्ने दिनमा जात्रा हुने क्षेत्रमा विद्युत् भार कटौती नगर्ने, खानेपानीको व्यवस्था गर्ने, सडक बत्ती र सरसफाइ गर्ने, दमकललाई तयारी अवस्थामा राख्ने भएको छ ।

चैत २७ गते सुरु भई वैशाख ५ गते सम्पन्न हुने बिस्केट जात्राका लागि तलेजुमा विशेष पूजा सम्पन्न गरेपछि तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले निकालेको साइतअनुसार जात्रा सुरु हुने जोशीले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE