Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

माओवादी केन्द्र दाङले गर्यो स्थानीय तहअनुसार कार्यक्षेत्र विभाजन

\"\" दाङ, १३ माघ ।  नेकपा (माओवादी केन्द्र) दाङले स्थानीय तह पुनर्संरचना आयोगले सिफारिस गरेबमोजिमको स्थानीय तहअनुसार पार्टी संरचना बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको घोराहीमा सम्पन्न जिल्ला सचिवालय समितिको बैठकले स्थानीय तहअनुसार पार्टी संरचना बनाउने निर्णय गर्दै कार्यक्षेत्रसमेत विभाजन गरेको छ । जसअनुसार घोराही उपमहानगरपालिकाको इन्चार्जमा नारायणी शर्मा ‘प्रतीक्षा’ र संयोजकमा भीमकुमारी बाँठा ‘निशाना’लाई तोकेको छ भने तुलसीपुर उपमहानगरपालिकामा रामजी चौधरी ‘मिलन’लाई इन्चार्ज र रामबहादुर दहित ‘अञ्जान’लाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै, लमही नगरपालिकाको इन्चार्जमा इन्द्रजीत थारु ‘ब्राइन’, संयोजकमा अमर कँवर ‘नवीन’ र सहसंयोजकमा बसन्त शर्मा ‘बिक्रान्त’लाई तोकिएको छ । त्यस्तै, गढवा गाउँपालिकाको इन्चार्जमा लुमाकान्त न्यौपाने ‘सागर’, सहइन्चार्ज विश्वास शर्मा र संयोजकमा भक्तु चौधरी रहनुभएको छ भने राजपुर गाउँपालिकाको इन्चार्जमा इन्द्रजीत थारु र संयोजकमा श्यामबहादुर झाँक्री रहेका छन् । त्यस्तै, राप्ती गाउँपालिकाको इन्चार्जमा लुमबहादुर कार्की ‘बद्री’ र संयोजकमा रणबहादुर पूजाली ‘राजेन्द्र’ रहनुभएको छ भने बंगलाचुली गाउँपालिकाको इन्चार्जमा सुवास पुन, सहइन्चार्जमा सन्तोष बुढा र संयोजकमा प्रमोद मगर रहेका छन् । त्यस्तै, दंगीशरण गाउँपालिकाको इन्चार्जमा हिरालाल चौधरी ‘बज्र’, सहइन्चार्जमा मनिराम चौधरी ‘जेहेन्दार’ र संयोजकमा भीमबहादुर ओली ‘महेश’ रहनुभएको छ भने शान्तिनगर गाउँपालिकाको इन्चार्जमा नेबबहादुर ओली ‘स्टार’ र संयोजकमा खड्कबहादुर सुनार रहनुभएको छ । त्यस्तै, बबई गाउँपालिकाको इन्चार्ज भीमबहादुर ओली ‘ड्राइभर’ र संयोजकमा सुशील क्षेत्रीलाई जिम्मेवारी दिइएको छ । बैठकले आगामी फागुन ५ गतेसम्म सबै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाहरुमा पार्टीका सम्मेलन सम्पन्न गर्ने र फागुन १० गते जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको जिल्ला इन्चार्ज जीवन गौतमले जानकारी दिनुभयो । गौतमले जिल्ला सम्मेलन उद्घाटनका लागि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड दाङ आउने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: