माघ १४ गते, २०७३ शुक्रवार 27th January, 2017 Fri०६:२९:५३ मा प्रकाशित
काठमाडौं, १४ माघ ।प्रधानमन्त्रीज्यू, तपाईं पनि गरिबीका लागि सशस्त्र क्रान्ति गरेर आउनुभयो । क्रान्तिमा लाग्दा टाउकाको मूल्यसमेत तोकिएको थियो । म पनि गरिबीका लागि लड्न खोज्दै छु,’ सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले केही दिनअघि प्रधानमन्त्री प्रचण्डसँग गुनासो पोखे, ‘मन्त्रालय एकातिर छ, कार्यक्रम अर्कैतिर । कसरी गरिबी निवारण हुन्छ ?’
आजको कान्तिपुरमा खबर छ– गरिबसँग जोडिएका कार्यक्रमलाई मन्त्रालयमातहत ल्याउन उनले मन्त्री भएको सात दिनबाटै प्रयास गरे । मन्त्रिपरिषद्मा प्रस्ताव लगे । प्रधानमन्त्रीलाई भेटेरै तीन पटकसम्म आग्रह गरे । हार मान्दै थानी भन्छन्, ‘गरिबी मन्त्रालय किन झुन्डाउने ? अब खारेज गरिदिए हुन्छ ।’
तत्कालीन बाबुराम नेतृत्वको सरकारले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरू एकद्वार प्रणालीमा सञ्चालन गर्ने गरी ०६९ जेठ ५ गते सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेको थियो । मन्त्री थानीका अनुसार गरिबसँग अन्तरसम्बन्धित ४९ वटा कार्यक्रम छन्, ती १४ वटा मन्त्रालयबाट परिचालित हुँदा गरिबी मन्त्रालयमा एउटा पनि कार्यक्रम छैन । ‘क्याबिनेटमा धेरै पटक कुरा उठाउँदा पनि सुनुवाइ भएन । सरकारसँग गरिब प्राथमिकतामा छैन भन्ने कुरा प्रमाणित भयो,’ थानी भन्छन्, ‘मन्त्रालय मात्रै गठन गरेर गरिबी अन्त्य हुन्न ।’
मन्त्रालय गठन भएपछि एउटा प्रगति भने भएको छ– ३ लाख ९५ हजार गरिबीको रेखामुनि रहेका परिवारको पहिचान । विभिन्न सूचकांकको आधारमा १२ लाख ४० हजार घरधुरीमा गरिएको अनुसन्धानबाट यो पहिचान गरिएको हो । जसमा अति गरिब १ लाख ९० हजार छन् । गरिब १ लाख ८० हजार छन् भने सीमान्तकृत ८४ हजार छन् । प्रधानमन्त्री प्रचण्ड उनीहरूलाई परिचयपत्र दिने योजनामा छन् । तर, मन्त्री थानी सामाजिक सुरक्षाका कार्यक्रम समावेश नभएसम्म परिचयपत्र वितरण गर्न नहुने पक्षमा छन् । उनले गरिबीका रेखामुनि रहेका परिवारलाई शिक्षा, स्वास्थ्य, खाद्यन्नलगायतका क्षेत्रमा सुविधा दिनुपर्ने योजना अघि सारेका छन् ।
‘परिचयपत्र वितरण गर्न चासो छ । तर उनीहरूलाई सुविधा दिनुपर्छ भन्ने विषयमा कसैको चासो छैन,’ मन्त्रीले भने, ‘कार्यक्रमबिना परिचयपत्र दिनु भनेको गैरसरकारी संघसंस्थालाई कमाउ धन्दा गर्न लाइसेन्स दिनु हो ।’ मन्त्रालयले पास गरी मन्त्रिपरिषदबाट पारित गरेपछि मात्रै परिचयपत्र बनाउने प्रक्रिया अघि बढ्छ । परामर्शदाताबाट परिचयपत्र बनाउन ३५ करोड रुपैयाँको बजेट विनियोजनसमेत भइसकेको छ । तर, परिचयपत्रसँगै सामाजिक सुरक्षाका कार्यक्रम दिने तय नभएसम्म मन्त्री वितरण नगर्ने अडानमा छन् ।
गरिबीको नाममा बर्सेनि अर्बौं खर्च गर्ने गरिबी निवारण कोष प्रधानमन्त्री कार्यालयमातहत छ । त्यस्तै युवा स्वरोजगार कार्यक्रम अर्थ मन्त्रालयसँग छ । गरिबसँग विश्वेश्वर कार्यक्रम स्थानीय विकास मन्त्रालयसँग छ । वास्तविक गरिबी निवारणका लागि भन्दा पार्टीका कार्यकर्ता र शुभेच्छुक पोस्नै बजेट दुरुपयोग हुँदै आएको छ ।
कतिपयले मन्त्री थानीलाई अर्बौंको बजेटमा हालीमुहाली गर्न नपाएका कारण गुनासो पोखेको आरोप लगाउने गरेका छन् । ‘नाम अनुसारको काम हुनुपर्छ भन्ने हो । तर, मैले हालीमुहाली गर्नकै लागि भन्ने ठानिएको हो भने प्रधानमन्त्रीकै अध्यक्षतामा विज्ञसहितको बोर्ड गठन गरेर त्यसैमार्फत कोष सञ्चालन गरौं भन्ने प्रस्ताव पनि गरेको छु,’ उनले भने ।
प्रधानमन्त्रीले कुरा नसुन्ने हो भने गरिबी मन्त्रालय हटाउन आफूले आग्रह गरेको समेत उनले सुनाए । ‘कि कार्यक्रम दिनुहोस्, कि तपाईंले गरिबी मन्त्रालयसमेत लैजानुहोस् भन्दिएको छु,’ तर सुनुवाइ भएको छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: