Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

२२ हजार गरगहना जोखिममा

काठमाडौं, १४ माघ । बाइस हजार थान गरगहना राखिएको वसन्तपुर गद्दी बैठकमुन्तिरको ढुकुटी जोखिममा छ । गृह मन्त्रालयअन्तर्गत समारोह प्रबन्ध फाँट प्रमुख मणिराम पौडेलका अनुसार भूकम्पले गद्दी बैठक भत्काएर तहसनहस पारिसक्दा पनि यसै बैठकमुन्तिर रहेको ढुकुटीलाई कसैले चासो दिएन । आजको गोरखापत्र दैनिकमा खबर छ– ढुकुटीमा सुन, हीरा, जवाहरात, देवी देवताका आभूषण, प्रशस्त असर्फी छन् । प्रमुख पौडेलले भने, ‘‘ढुकुटीमा रहेका अमूल्य गरगहनाको संरक्षणार्थ पनि गद्दी बैठकको पुनःनिर्माण जतिसक्यो छिटो हुन जरुरी छ । गद्दी बैठकमुन्तिरको सामान्य छिँडीमा थन्क्याइएका यी गरगहना कतै भग्नावशेषमा नपुरिऊन् भन्ने पिरलो छ । ’’ गुठी संस्थान केन्द्रीय लगत कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार ढुकुटीको साँचो केन्द्रीय लगत कार्यालयमै छ तर ढुकुटीमा लगत कार्यालय एक्लैको पहुँच छैन । २०६८ सालमा सेतो मच्छिन्द्रनाथको गहना झिक्ने राख्ने क्रममा ढुकुटी खोलिएयता ढुकुटी सामुन्ने कोही पुगेका छैनन् । उनका अनुसार सरकारका विभिन्न निकायको रोहवर नभई ढुकुटीमा केही गर्न सकिन्न । उति बेला ढुकुटी राम्रै हालतमा पाइएको हो, भूकम्पपछि के अवस्था छ, थाहा छैन, दाहालले भने । उनले लगत कार्यालय नै भत्किएर कर्मचारी पुरिएलान् भन्ने पीर त कसैले लिएन ढुकुटीतिर कसले ध्यान देला भन्दै जोड दिए, ‘ढुकुटीभन्दा लगत कार्यालय रहेको भद्रकालीको भवन पुनःनिर्माण हुनुपर्छ । जोखिम ढुकुटीको हैन, भत्कन लागेको भवनमा काम गरिरहेका कर्मचारीको छ । ’ ढुकुटीमा मानदेवदेखि त्रिभुवनकालीन असर्फी, मणिमाणिक्य, सुनका घण्ट, शङ्ख मुरली, सुनैका देवताका मूर्ति, सुनका पादुका लगायत प्रशस्त सुन तथा हीराका हार रहेको र ती हारलाई २०४७ सालमा रुजु गरिएको अभिलेख छ । समारोह प्रबन्ध फाँट प्रमुख पौडेलका अनुसार ढुकुटी र आसपासका भग्नावशेष हेर्दा अत्यासलाग्दो अवस्था छ । फाँटमा रहेका सयौँ गैँडाका खाग र खुर भने तत्कालीन फाँट प्रमुख भगवानप्रसाद ढुङ्गानाको कार्यकालमा गृह मन्त्रालयलाई बुझाइएको छ । ढुकुटी भने यसै अलपत्र छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy